माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडाैं | पुस २३, २०८०
गएको असार २८ गते राष्ट्रिय सभामा एउटा लज्जास्पद घटना भएको थियो– नेपालको संसदीय इतिहासलाई नै गिज्याउने खालको । राष्ट्रिय सभामा कति योग्य मान्छे गएका छन् भनेर हेर्नका लागि त्यो दिनको उदाहरण काफी हुन्छ ।
त्यस दिन ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल (अर्थात्, सैद्धान्तिक छलफल) गर्ने कार्यसूची थियो । अहिले चलिरहेको ‘अनलाइन शपिङ’लाई व्यवस्थित गर्नका लागि सरकारले राष्ट्रिय सभामा विधेयक दर्ता गरेको थियो ।
तर, राष्ट्रिय सभाका हुस्सु सांसदले गरिदिए विद्युत् व्यापारको बहस । विधेयकमा हुँदै नभएको विषयमा छलफल गरेर उनीहरूले भारत र बंगलादेशमा बिजुली बेच्दाका नाफाघाटाको कुरा गरे । सत्ता प्रतिपक्षका सांसदले एक स्वरमा विद्युत् व्यापारको कुरा गरे । भावनामा बहकिएर उनीहरूले भारत र बंगलादेशमा बिजुली बेच्ने हावादारी कुरा गरे ।
यतिसम्म कि विभागीय मन्त्री रमेश रिजालले समेत सांसदको भाकामा लय मिलाएर प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत् खरिद बिक्रीको कुरा भएको भनेर संसदमा जवाफ दिए । १७ दिन पहिले संसदमा दर्ता भएको विधेयक पढ्दै नपढी सांसदहरूले आफ्नो विज्ञता परीक्षण गराए । विधेयक दर्ता गराएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अक्षमता पनि त्यहीँ प्रकट भयो ।
सांसदहरूले उठाएका विषय र मन्त्रीले दिएको जवाफलाई नै आधिकारिक मानेर राष्ट्रिय सभामा छलफल टुंग्याइयो । राष्ट्रिय सभा अध्यक्षले ‘यो विद्युत् व्यापारसम्बन्धी विधेयक नभई विद्युतीय व्यापारसम्बन्धी विधेयक भएको कुरा म स्मरण गराउन चाहन्छु,’ भनेर छलफल टुंग्याइदिए ।
त्यसलगत्तै राष्ट्रिय सभा अध्यक्षले विधेयक स्वीकृतिका लागि पेश गरे । सर्वसम्मतले विधेयक स्वीकृत भयो । सांसदले बोलेको कुरा इतिहासमा रेकर्ड भयो । राष्ट्रिय सभाको भर्बेटियममा सांसदहरूले बोलेको कुरा जस्ताकोतस्तै उतारिएको छ ।
राष्ट्रिय सभामा कस्ता जनप्रतिनिधि पुगेका छन् र उनीहरूले कानून निर्माणमा कस्तो भूमिका खेलिरहेका छन् भन्ने जान्नका लागि २०८० असार २८ गतेको बैठक स्मरणयोग्य छ । ‘विद्युतीय व्यापार’लाई ‘विद्युत् व्यापार’को रूपमा परिस्कृत गरिदिने कतिपय प्रकाण्ड विद्वानहरू राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।
त्यही विद्वत सभामा जानका लागि अहिले दौडधूप छ । प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा हारेर अनुभव बटुलेकाहरू त्यही विद्व सभामा जान लामबद्ध भएका छन्, जसले देशको माथिल्लो सदनको इज्जत र गरिमा बचाइदिने छन् ।
कृष्ण सिटौला जसले लगातार पछिल्ला दुई चुनाव हारे, उनी पनि जित्ने सजिलो बाटोबाट राष्ट्रिय सभामा जाँदैछन् । संविधानको मस्यौदा लेखन समितिको सभापति रहिसकेका सिटौलालाई थाहा नभएको होइन, प्रतिनिधि सभाको चुनाव हारेको व्यक्ति त्यो कार्यकाल बाँकी रहुञ्जेल राष्ट्रिय सभामा जानु अनैतिक हुन्छ । तर, ‘टप सिक्स’ पदमा पुग्ने अवसर सिटौलाले किन गुमाउँथे ?
राष्ट्रिय सभाको गरिमा जोगाउन तम्सिएका कांग्रेसका अर्का नेता हुन्, जीतजंग बस्नेत । तरुण दलको अध्यक्ष बनेका बस्नेतको खुवी र विज्ञता भनेकै शेरबहादुर देउवालाई रिझाउनु हो । जीतजंगलाई उम्मेदवार बनाउन आइतबार सानेपामा मध्यरातसम्म कांग्रेसको बैठक चल्यो ।
आनन्द ढुंगानाले पनि मधेश प्रदेशबाट राष्ट्रिय सभामा जाने सौभाग्य पाए । पटक–पटक अवसर पाएका उनमा त्यस्तो के विज्ञता थियो ? त्यसै पनि समानुपातिक समावेशीको विरोधी भनेर आरोप लागेको नेपाली कांग्रेसले मधेश प्रदेशमा कुनै मधेशी अनुहार फेला पार्न नसकेर हो ? यसको मूल्य उसले आगामी चुनावमा चुकाउने नै छ ।
ढुंगानाको उम्मेदवारीसँगै कांग्रेसले समावेशीपनको पनि भद्दा मजाक उडाएको छ । जीतजंग र आनन्द ढुंगानालाई न्याय गर्दा कांग्रेसमा गोपालमान श्रेष्ठहरूलाई भने अन्याय भएको छ ।
विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तिको सूचीमा जीतजंगमात्र होइन झक्कु सुवेदीहरू पनि छन् । २०६४ सालमा माओवादीको भेलबाढी आएको समयमा माधव नेपाललाई पराजित गर्नुबाहेक उनले त्यस्तो के योगदान दिएका छन् र उनी रोजिए ?
हुनतः प्रालिजस्तो बन्दै गएका पार्टीमा दलका नेताका परिवारका सदस्य, भाइभतिजा र साला–सालीको कोटा भरिएपछि बल्ल अन्य कार्यकर्ताले पाउने हुन् । माओवादीमा अहिले त्यही भइरहेको छ, टिकट नपाउनेहरूको रुवाबासी । पार्टीमा कुनै मापदण्ड र सिद्धान्त भएको भए उम्मेदवारी वितरण यस्तो हुने थिएन । ल्ह्यार्क्याल लामादेखि रवीन्द्रप्रताप शाहसम्म पुग्दा जनयुद्ध लडेका माओवादी कार्यकर्ताले विगतमै न्याय पाइसकेका हुन् ।
विज्ञ र योग्यभन्दा पनि दलहरूले ‘पार्टीमा अवसर नपाएका’हरूलाई राष्ट्रिय सभामा लैजाने मापदण्ड बनाएपछि त्यही नतिजा आउँछ, जुन असार २८ गते भएको थियो । पहिलो संविधान सभाको कार्यकालमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एक सांसदले देशलाई ‘विखण्डन हुन दिन्न’ भन्नुपर्नेमा ‘अखण्ड रहन दिन्न’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
यसअघि ‘अवसर नपाएका’हरूलाई एकैपटक राष्ट्रिय सभामा पुर्याएपछि हुने त्यही हो, विद्युतीय व्यापार विधेयकमाथिको छलफलमा विद्युत् बेच्ने कुरा । जे होस्, राष्ट्रिय सभा कार्यकर्ता व्यवस्थापन गर्ने उपयुक्त ‘डम्पिङ साइट’ बनेकै छ । प्रत्यक्ष चुनाव लड्न नपरी ६ वर्ष सांसद बन्ने र उस्तै परे मन्त्री पड्काउन पाइने यो व्यवसाय फस्टाउँदै जाओस् ।
तुलनात्मक रूपमा राम्रा र समावेशी उम्मेदवार नेकपा एमालेले सिफारिश गरेको छ । चुनावमा हार्ने निश्चित भएकाले मात्र उनीहरूले उम्मेदवार बन्ने अवसर पाएका हुन् । चुनाव जित्ने निश्चित भएको भए एमालेमा पनि ‘एकनाथ ढकाल, राज्यलक्ष्मी गोल्छा र मोतीलाल दुगड’हरूकै बोलबाला चल्ने थियो ।
६ वर्षको समीक्षा– परिपक्व हुन चुकेको सभा
नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रिय सभाले पहिलो कार्यकाल (यो स्थायी सदन हो, यो निरन्तर रहन्छ, तर चिठ्ठामा ६ वर्ष परेका सांसदको हकमा) पूरा गरेको छ ।
६ वर्षे कार्यकालको समीक्षा गर्दा राष्ट्रिय सभाले आफूलाई ‘माथिल्लो सभा’को भूमिमा स्थापित गर्न सकेको छैन । केबल प्रतिनिधि सभाले पारित गरेका विधेयक भटाभट पारित गर्ने ‘रबर स्टाम्प’को रूपमा राष्ट्रिय सभाले पहिलो ६ वर्ष गुजारेको छ ।
प्रतिनिधि सभाले पारित गरेर पठाएका विधेयक राष्ट्रिय सभाले खुरुखुरु पारित गर्यो । कतिपय अवस्थामा त सरकारले प्रतिनिधिसभामा नभई राष्ट्रिय सभामा लगेर विधेयक पारित गराउने उल्टो र सहज बाटो रोज्यो ।
नियमावलीमा जस्तो व्यवस्था गरिए पनि कानून निर्माणको सुल्टो बाटो भनेको प्रतिनिधि सभाले पारित गरेको विधेयक राष्ट्रिय सभाले ‘रिभ्यु’ गर्नुपर्ने हो ।
राष्ट्रिय सभाको नालायकी प्रतिनिधि सभा विघटनको समयमा पनि देखियो । केपी शर्मा ओलीले गैर संवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेको समयमा राष्ट्रिय सभाले आफ्नो भूमिका देखाउन सकेन । संविधान र संसदीय व्यवस्थाले गरेको परिकल्पना त्यस्तो निरीह माथिल्लो सभा होइन, जो कार्यकारीको छाया होस् । भारतमा हेर्यौं भने पनि राज्यसभा सरकारप्रति यति लाचार देखिँदैन ।
नेकपाको दुईतिहाइको सरकार रहेको समय (२०७४–२०७७) मा प्रतिनिधि सभा कम्युनिस्ट छायाँ झल्किने खालको थियो । सरकारलाई सन्तुलन र नियन्त्रण गर्नुपर्ने प्रतिनिधि सभाका सभामुखहरू सरकारप्रति अनुग्रहित देखिन्थे । जस्तो कि तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदीय समितिको काम सरकारलाई निर्देशन दिने होइन भनेर समितिलाई पंगु बनाउने काम गरेका थिए ।
६ वर्षको कार्यकालमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना नेकपा एमालेको कार्यकर्ताभन्दा माथि उठ्न सकेनन्, जसरी माओवादीका दुई सभामुख महरा र अग्नि सापकोटा प्रचण्डको आदेशपालक कार्यकर्ताको रूपमा रहेका थिए । महरा र सापकोटाले बहुचर्चित अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अड्काएर राखेका थिए ।
राधेश्याम अधिकारीजस्ता संविधान र संसदीय व्यवस्था बुझेका केही सांसद थिए पहिलो कार्यकालमा, तर उनीहरू पनि खरो उत्रिन सकेनन् । परशुराम मेघी गुरुङहरूले पनि कुनै छाप छाड्न सकेनन् । आफ्नो कार्यकालमा रामनारायण बिँडारीले सभालाई जीवन्त राख्नेगरी आफ्ना कुरा राखे । कम्तीमा बिँडारी बोल्दा कोही सांसद निदाउन पाएनन् ।
राष्ट्रिय सभाको औचित्य केवल राजनीतिक दलका नेता व्यवस्थापनमा मात्र देखिएको छ । जनतामा आशा जगाउने काम केही गर्न सकेको देखिँदैन, बरु प्रदेश संरचनाजस्तै राष्ट्रिय सभा पनि देशलाई कंगाल बनाउने सेतो हात्ती हो भन्ने भाष्य सृजित हुँदै गइरहेको छ ।
पढ्नुहोस् यो पनि :
राष्ट्रिय सभालाई प्रतिनिधि सभाको रबर स्ट्याम्प बनाउने कि, परिपक्व सदन ?
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...