मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
प्रायः भन्ने गरिएको सुनिन्छ अध्यात्म भनेको के हो र आध्यात्मिक हुन के गर्नुपर्छ ? अध्यात्म शब्द नै कर्मकर्म तथा यज्ञअनुष्ठाको परिभाषामा रूढ भएको, गरिएको अवस्थामा यस्तो लाग्नु स्वाभाविक हो तर अध्यात्म आफैँमा यति मात्र चाहिँ होइन र आध्यात्मिक हुन त्यति धेरै काम गर्नु पनि पर्दैन । हो अध्यात्मको क्षेत्र ठूलो छ । समग्र जीवन र जगत नै यसैभित्र समेटिएको छ । तथापि सङ्क्षेपमा यति नै भन्न सकिन्छ कि अध्यात्म भनेको मानिसलाई मानिस बनाउने सूत्र हो । अनि आध्यात्मिक हुनु भनेको मानिसले मानिस बन्ने प्रयास गर्नु हो, जसलाई सकारात्मक सोच, चिन्तन, बुद्धि, विवेक र व्यवहारले निर्देशित गरेको हुन्छ ।
कुरा सुन्दा आश्चर्य लाग्न सक्छ मान्छेलाई मान्छे बनाउने भन्ने कुरा, मान्छेले मान्छे बन्ने भन्ने कुरा । झट्ट हेर्दा, सुन्दा वा पढ्दा सबैलाई लाग्ने त्यस्तै हो तर त्यो रूपमा मात्र हो सारमा होइन । सारमा त यही हो कि मान्छे मान्छे बनेकै छैन । अर्थात्, मान्छेले मान्छे बन्न अझै धेरै बाँकी छ । किनभने कतिपय कुरामा मानिसको स्थान अझै पशुपंक्षीभन्दा तल छ । श्रद्धेय स्वामी खप्तड बाबाले कहाँसम्म भनेका छन् भने बाघजस्तो हिंस्रक जीवबाट समेत मान्छेले सिक्नुपर्ने धेरै पाठ छन् । सबैलाई थाहा भएकै कुरा हो पशुपक्षीले अभिनय गर्न जानेको छैन । उसले अभिनय गर्दैन । अभिनय गर्दैन र त ऊसँग राख्ने र फार्ने कुरा हुँदैन । न ऊसँग खाने र देखाउने दाँत नै अगलत हुन्छ ।
दोस्रो कुरा उसले विभेद गर्दैन । विभेद गर्न जानेको छैन । उसको साम्राज्यमा ठूलोसानो उचनिच, धनीगरीब भन्ने हुँदैन । तेस्रो कुरा झुट बोल्दैन, झुट बोल्न जानेकै छैन । चौथो कुुरा उसले अनावश्यक सञ्चित गरेर प्रकृतिको प्रसादलाई दुरुपयोग गर्दैन । गर्न जानेको छैन । उसलाई आफ्नो भनेको पेटमा गएको जति मात्र हो, त्यो पनि पचाउन सकेको जति मात्र भन्ने पनि थाहा छ । बढी खान खोज्दा खानै नपाइने दिन आउन पनि सक्छ भन्ने पनि थाहा छ यस्तो अवस्थामा कुनै तरिकाले जसको हो उसैले फिर्ता लिएर जान्छ भन्ने पनि थाहा छ । त्यसैले आफूलाई तत्काल चाहिने जति लिन्छ र बाँकी जस्ताकोतस्तै राखिदिने गर्छ । पाँचौँ कुरा प्रकृति सबैको साझा हो, सबैले बस्न र खान पाउनुपर्छ भन्ने कुरा पनि उनीहरूलाई राम्ररी थाहा छ ।
हामीलाई थाहा छ प्रायः पंक्षीहरू मानिस देख्नेबित्तिकै भाग्ने गर्छन् । गुँड पनि त्यस्तो स्थानमा बनाउँछन्, जहाँ सितिमिति मानिसले भेट्न र देख्न सक्दैनन् । कदाचित कसैले देखे भने अन्तै सार्ने गर्छन् । पशुहरूको अवस्था पनि त्यस्तै छ । सितिमिति मानिसको अगाडि पर्न चाहँदैनन् । परिहाले भने बलिया भए जाइलाग्लान् । सिङ्ले हान्लान्, दाह्रााले कोपर्लान्, नङ्ग्राले चिर्थलान् । कमजोर भए भाग्लान् । उदाहरणका लागि कुकुरहरूलाई नै लिऊँ न । मानिस देख्नासाथ सके टोक्न आउँछन् नसके भुक्दै भाग्ने गर्छन् । उनीहरूलाई मानिसको सम्पर्कमा आउन लामो सङ्गत गर्नुपर्छ । त्यो पनि उनीहरूको सङ्गतमा आएका वा उनीहरूले सङ्गत गरेका मानिसको मात्र । अरूका हकमा त माथिकै नियमले काम गरेको हुन्छ ।
यस्तो किन हुन्छ थाहा छ ? किनकि, उनीहरूलाई मानिसमाथि विश्वासै छैन । उनीहरूले मानिसलाई मानिस मानेकै छैनन्, ठानेकै छैनन् । उनीहरूले यही सोचेका हुन्छन् कि मानिसको राख्ने र फार्ने दोहोरो व्यवहार हुन्छ, माया गरेजस्तो पनि गर्छन् आफ्नो फाइदा लिन पनि पछि पर्दैनन् । त्यसैले उनीहरू मानिसमाथि विश्वास गर्दैनन् र आफ्नो सुरक्षाको जोहो आफैँ गर्ने प्रयास गरिरहेका हुन्छन् ।
हुन पनि संसारमा जति पनि समस्या छन् सबै मानव निर्मित समस्या नै हुन् । मानिसहरूको सोच हुन्छ प्रकृति हाम्रो हो, हामीले जे गरे पनि हुन्छ । त्यसैको फल मानिस आफैँ भोगिरहेका हुन्छन् । प्रकृति जेजति दिएको छ सबै स्वच्छ नै हुन्छ । हावा स्वच्छ दिन्छ, पानी स्वच्छ दिन्छ । माटो स्वच्छ दिन्छ तर मानिसकै कारण ती सबै दूषित हुन पुगेका छन् र त्यसको फल चरअचर सबै प्राणीले भोग्नुपरिरहेको छ ।
स्वार्थको पछि लाग्दालाग्दै र स्वार्थको पछि भाग्दाभाग्दै हामी यति पर पुगिसकेका छौँ कि यस्तै अवस्था रहे एक दिन फर्कने बाटो पाउनै मुस्किल पर्नेछ । त्यसैले अध्यात्मतर्फ फर्कनै पर्ने भएको छ । आध्यात्मिक बाटो समाउनै पर्ने भएको छ । अरू नसही कम्तीमा मानिसले मानिस बन्नै पर्ने भएको छ । मानवताको बाटो समाउनै पर्ने भएको छ ।
प्रश्न उठ्न सक्छ आध्यात्मिक बाटो समाउने त समाउने तर कसरी ? उत्तर सहज छ । यसका लागि त्यति धेरै गर्नैै पर्दैन । जो बोलिएको छ त्यही गर्ने, सत्य बोल्ने, मीठो बोल्ने । नमीठो कुरा पनि मीठो तरिकाले नै व्यक्त गर्ने । समग्रमा भन्नुपर्दा जस्तो अरूको बोली र व्यवहार आफूलाई मन पर्दैन त्यस्तो बोली र व्यवहार अरूमाथि नगर्ने । यति मात्र गर्न सके पनि तत्कालका लागि धेरै हुनेछ । बाँकी त्यसपछि आफैँ तय हुँदै जानेछ । यही नै अध्यात्म हो, आध्यात्मिक हुनु हो, अध्यात्म र मानवताको बाटो हो । समग्रमा भन्नुपर्दा मान्छेलाई मान्छे बनाउने सूत्र हो ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...