बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडाैं | माघ ४, २०८०
आइतबार दिनभरजसो इसेवा ठप्प रह्यो । इसेवाको माउ कम्पनी एफवनसफ्टले बनाएका अन्य बैंकका मोबाइल वालेट पनि चलेनन् ।
बैंकमा पैसा छ भनेर ढुक्कसँग बसेका सेवाग्राही त्यतिबेला निराश बने, जतिबेला कुनै कारोबार हुन सकेन ।
पूर्व जानकारीविना अकस्मात मोबाइल वालेट एप चल्न छाडेपछि राजस्व संकलनमा पनि असर पर्यो । पुसको अन्तिम दिन सरकारी कर र राजस्व तिर्नेहरूले अनलाइनबाट पैसा तिर्न पाएनन्, जबकि त्यो दिन धेरै राजस्व र कर संकलन हुने गर्छ ।
'प्राविधिक समस्या देखाएर राजस्व संकलन प्रभावित पार्ने नियत राखेको देखिन्छ,' आन्तरिक राजस्व विभागका एक कर्मचारीले भने, 'यसबारे हामीले नियामकीय निकाय (राष्ट्र बैंक) सँग छलफल गर्दैछौं ।'
अनलाइन कारोबारमा उल्लेख्य उपस्थिति जनाएका इसेवालगायत मोबाइल वालेटको विश्वसनीयता पछिल्लो समय घट्दै गइरहेको छ । जतिबेला पनि ठप्प हुन सक्ने जोखिमसहित गोपनीयता र विश्वसनीयता दुवैमा कमजोर देखिएका मोबाइल वालेट प्रयोग गर्ने प्रयोगकर्ताहरू ढुक्क हुने स्थिति बन्न सकेको छैन ।
राष्ट्र बैंकमा इसेवाको गोपनीयता र विश्वसनीयतालाई लिएर दर्जनभन्दा बढी उजुरी परेका छन् । स्रोतका अनुसार एफवनसफ्टले बनाएको इसेवा, फोनपेलगायत अन्य कतिपय बैंकका वालेटमाथि राष्ट्र बैंकले विशेष निगरानी समेत गरिरहेको छ ।
९० प्रतिशत अनलाइन कारोबार आफू र भगिनी संस्थाहरूमार्फत भएको दाबी गर्ने एफवनसफ्ट पछिल्लो समय लापरवाह हुन थालेको फिनटेक (फाइनान्सियल टेक्नोलोजी)का विज्ञहरू बताउँछन् ।
'कुनै पनि क्षेत्रमा एउटै कम्पनीको मोनोपोली भएमा स्वतः क्वालिटीमा कम्प्रमाइज हुने गर्छ,' प्रविधि विज्ञ चिरञ्जिवी अधिकारीले भने, 'फिनटेक क्षेत्रलाई कसरी स्वस्थ र प्रतिस्पर्धी बनाउने भन्ने विषय नियामकीय निकाय राष्ट्र बैंककै हो ।'
उनले राष्ट्र बैंकले एफवनसफ्ट र अन्य पेमेन्ट नेटवर्कको सुरक्षा र गोपनीयताको विषयमा निरन्तर अनुगमन गरिरहनुपर्ने बताए ।
'राष्ट्र बैंकले यी र यस्ता अनलाइन कारोबार गर्ने कम्पनीको निरन्तर मोनिटर र सेक्युरिटी एसिस्मेन्ट गरिरहनुपर्छ,' उनले भने ।
राष्ट्र बैंकमा परेका उजुरीहरूले एफवनसफ्टमा गम्भीर समस्या देखिन थालेको पुष्टि गर्छन् । राष्ट्र बैंकका एक कर्मचारीले भने, 'जोखिमको अवस्था मोनिटर गर्दैछौं । उजुरीहरू आएका छन् र कतिपय उजुरीउपर कारबाही पनि भएका छन् । यसबारे हामीले कुनै कम्परमाइज नगरी एक्सन लिइरहेका छौं ।'
राजधानीका अधिकांश पेट्रोल पम्प, सानो कारोबार हुने होटल/रेस्टुरेन्ट र अन्य व्यवसायीहरूले पनि इसेवा लागायतका वालेटबाट पैसा ट्रान्सफर नहुने, भए पनि समय लाग्ने र विश्वसनीयता नहुने कारण देखाउँदै अनलाइनबाट पैसा लिन गाह्रो मान्ने गरेका छन् ।
इसेवा र फोनपेबाट बैंकमा पैसा पठाउँदा तत्काल नजाने, कतिपयको पछि फिर्ता हुनेजस्ता गुनासो इसेवाकै फेसबूक पेजमा कमेन्टको रूपमा समेत आउने गरेका छन् ।
इसेवाको फेसबूक पेजमा कमेन्ट गर्दै सुष्मा मल्ल ठकुरी लेख्छिन्, 'अझै कति टाइम लाग्छ ? नेटमा पैसा हाल्नुपर्ने, जहिल्यै यस्तै हुन्छ ।'
यस्तै अर्का इसेवा प्रयोगकर्ता सिद्धार्थ ठाकुर लेख्छन्, 'मसँग १० हजार छ, तर जम्मा १ हजार देखाइरहेको छ । कसरी समाधान होला यो समस्या ?'
कतिपय प्रयोगकर्ताले इसेवालाई आफूले बहिष्कार गरेर अन्तैबाट कारोबार गर्न शुरू गरेको समेत बताएका छन् ।
आइतबार दिनभरजसो समस्या आएपछि इसेवाले प्राविधिक सेवाहरू अवरुद्ध हुन पुगेकोमा क्षमाप्रार्थी रहेको प्रतिक्रिया दिएको छ । तर, कस्तो समस्या आयो र कसरी समाधान भयो भन्नेबारे कम्पनीकै सफ्टवेयर इन्जिनियरबीच पनि मतैक्य छैन ।
नाम उल्लेख नगर्ने शर्तमा एक इन्जिनियरले लोकान्तरसँग भने, 'कहिले–कहिले प्राविधिक समस्या आउने त सामान्य कुरा हो, आइतबार दिनभर इसेवा सटडाउन भयो, यो भन्दा अगाडि उतिखेरै समाधान हुन्थ्यो ।'
उनले कसैको नियतले सेवा ठप्प पारिएकोतर्फ इंगित गर्न खोजे ।
इसेवा, फोन पे र एफवनसफ्टले बनाएका अधिकांश मोबाइल एपहरू बन्द भएको आइतबारको घटना नौलो होइन । त्यसअघि पनि हप्तामा कम्तीमा एकपटक समस्या देखिने गरेको एफवनसफ्टकै कर्मचारीहरू स्वीकार्छन् ।
पछिल्लो समय फोनपे नेटवर्कमा धेरै समस्या आउन थालेपछि बैंकहरूले पनि आफ्ना ग्राहकको सुरक्षा र गोपनीयतामा बढी ध्यान दिन थालेका छन् । अहिले केही वाणिज्य बैंकहरूले आफ्नै स्विच विकास गरिरहेका छन् ।
नेपालमा डिजिटल भुक्तानी सेवा वालेटका प्रयोगकर्ता बढ्दो क्रममा देखिएको भएपनि एफवनसफ्टको गम्भीर लापरवाहीका कारण प्रयोगकर्ताहरू हच्किन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८० मंसिरको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेटको प्रयोगकर्ता २ करोड ८ लाख २७ हजार ९९४ पुगेको देखिन्छ। गत वर्ष यही समयमा जम्मा डेढ करोड प्रयोगकर्ता थिए ।
प्रयोगकर्तासँगै वालेटमार्फत हुने भुक्तानी रकम पनि बढेको छ।
गत वर्ष मंसिरमा वालेटमार्फत १७ अर्ब ७३ करोड भुक्तानी भएकोमा अहिले २३ अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ।
नेपालमा डिजिटल कारोबारलाई एक कदम अघि बढाउने भन्दै २० वर्ष अगाडि एफवनसफ्ट खोलिएको थियो ।
स्थापनादेखि नै विवादित कम्पनीले राजनीतिक र अन्य शक्तिकेन्द्रको आडमा आफ्नो साम्राज्य विस्तार गरेको र प्रयोगकर्ताको डाटामा अनधिकृत पहुँच पुर्याएको आरोप खेप्दै आएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा इसेवाका पूर्व सीईओ असगर अलीमाथि आफ्नोबारेमा लेखिएको समाचार अनधिकृत र गैर-कानूनी ढंगले डिलिट गरेको आरोप लागेको थियो ।
'समाचार डिलिट गर्नेले मोबाइलमा भएको पैसा सबै चोरिदियो भने के हुन्छ ?' भनेर आजभोलि पनि सामाजिक सञ्जालमा प्रतिक्रिया समेत आउने गरेको छ ।
अली अहिले एफवनसफ्ट र अन्य भगिनी कम्पनीको सक्रिय जिम्मेवारीमा छैनन् । तर, उनकै हालिमुहाली छ । उनीपछि नेतृत्वमा बसेकाहरूले पनि प्रयोगकर्ताको डाटामा छेडखानी गर्ने गरेको आरोप लाग्दै आएको छ ।
यसबारे कुरा गर्न खोज्दा एफवनसफ्टका अध्यक्ष विश्वास ढकाल र समूहका रणनीतिक निर्देशक डेनियल श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।
इसेवाका एक कर्मचारी निशान्त अधिकारीले इसेवा एफवनसफ्टको भगिनी कम्पनी भएपनि छुट्टै म्यानेजमेन्टमा चलिरहेकाले एफवनसफ्टबारे आफूले केही नबोल्ने बताए ।
'इसेवामा पनि समस्या आएको थियो नि !' भन्ने प्रश्नमा उनले त्यो प्राविधिक समस्या भएको र त्यतिबेलै हल गरिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...