×

NMB BANK
NIC ASIA

‘हात्तीछाप’ कस्तो फिल्म हो ? यसो भन्छन् दयाहाङ र उपासना

काठमाडाैं | माघ १९, २०८०

NTC
Premier Steels

माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’लाई लिएर अभिनेता दयाहाङ राई उत्साहित देखिएका छन् । 

Muktinath Bank

सञ्चारकर्मीसँगको कुराकानीमा उनले फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यसका निर्देशक सिमोस सुनुवारसँग काम गर्न पाउँदा खुशी लागेको समेत बताए ।


Advertisment
Nabil box
Kumari

यो फिल्मबाट आफू सन्तुष्ट रहेको दयाहाङ बताउँछन् । 

Vianet communication

उनले भने – ‘यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दाम्मी बनेको छ । यसैले, म उत्साहित छु ।’ 

दयाहाङसँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उपासनाले भनिन् –‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’ 

फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भूकम्पको कथा नै भन्न खोजेको हो या अरू के हो भन्ने प्रश्नमा दयाहाङले भने – ‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भूकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’ 

उपासनाले फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्ने बताइन् । ‘यसलाई व्यावसायिक फिल्मको रुपमा मात्र हेर्नु हुँदैन । सबै नेपालीहरूले भोगेको विषयलाई लिएर कथा बनाइएको छ’ – उनले भनिन् । 

फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाहाङले बताए । 

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x