मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
नेपाली फिल्ममा एक्सन अभिनेताका रुपमा अत्यधिक रुचाइएका निखिल उप्रेतीले ‘भैरव’ फिल्ममार्फत निर्देशनमा डेब्यू गरे ।
८ वर्षअघि प्रदर्शनमा आएको फिल्मको शीर्ष भूमिकामा उनी स्वयंमले अभिनय गरे । फिल्मलाई लिएर चर्चासमेत राम्रो भयो । यद्यपि फिल्मले व्यापार भने औसत मात्रै गर्यो ।
त्यसपछि निखिलले आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ घोषणा गरे । फिल्मको छायांकन पनि शुरू भयो । तर छायांकन पूरा नहुँदै फिल्म रोकियो ।
नेपाली फिल्म क्षेत्रमा ‘एक्सन किङ’ भनेर चिनिएका निखिलले यतिबेला शिक्षाको विषयवस्तुमा केन्द्रित रहेर नयाँ फिल्म बनाउने तयारी गरेका छन् ।
आफ्नै कन्सेप्ट र लेखनमा बन्ने फिल्मलाई उनी स्वयंमले निर्देशन गर्ने सम्भावना बलियो रहेको निखिल बताउँछन् । अहिले फिल्म प्रि–प्रोडक्सनमा रहेको बताउँदै उनले बाँकी कुरा भने खुलाउन चाहेनन् ।
पछिल्लो समय आध्यात्मिक गतिविधिमा व्यस्त उनलाई दर्शकले फिल्ममा नदेखेको भने धेरै भइसकेको छ । ‘राधे’, ‘रुद्र’, ‘पिंजडा ब्याक अगेन’ जस्ता फिल्महरू असफल भएपछि उनी पर्दामा देखिएका छैनन् ।
एक्सन अभिनेताका रुपमा रुचाइएका अर्का अभिनेता विराज भट्टले ४ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यू गरे । नेपाली मात्र नभएर भोजपुरी फिल्ममा पनि निकै रुचाइएका विराजले आफ्नै शीर्ष भूमिकामा एक्सन जनरामा ‘साङ्लो’ बनाएका थिए । यो फिल्मबाट पूर्व मिस नेपाल निकिता चण्डकले समेत नेपाली रजतपटमा डेब्यू गरिन् । फिल्मलाई लिएर प्रदर्शनअघि चर्चा पनि राम्रै भयो । यद्यपि फिल्मले अपेक्षित व्यापार भने गर्न सकेन ।
त्यसयता अन्य नेपाली फिल्ममा नदेखिएका उनले फेरि आफ्नै निर्माण र निर्देशनमा अर्को फिल्म बनाउने घोषणा गरेका छन् ।
‘१२ गाउँ’ नाममा निर्माण हुन लागेको उक्त फिल्ममार्फत विराजले आफ्नो छोरा समीर भट्टलाई नेपाली रजतपटमा डेब्यू गराउने घोषणा गरिसकेका छन् ।
यतिबेला यो फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको विराजले बताएका छन् । उनले एक्सन जनरामा बनाउन लागेको यो फिल्मलाई आफ्नो करिअरकै महत्वकांक्षी प्रोजेक्टका रुपमा व्याख्या गरेका छन् ।
एक समय फिल्ममा रुचाइएका अर्का अभिनेता रमित ढुंगाना पनि निर्देशक बन्ने तयारीमा छन् ।
उनले आफ्नो निर्माण एवं निर्देशनमा बनाउन लागेको फिल्म ‘नमेटिने घाउ’को केही दिनअघि मात्रै घोषणा गरिएको छ । एसिड आक्रमण पीडितको कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने निर्माण टिमले जानकारी दिएको छ । पूर्व प्रधानमन्त्री र सांसदले फिल्म खेल्ने खबरलाई लिएर पनि ‘नमेटिने घाउ’ थप चर्चामा छ ।
फिल्ममा रमितले केमियो भूमिकामा अभिनय समेत गर्नेछन् । केही दिनमा फ्लोरमा जाने तयारीमा रहेको फिल्मको एसिड आक्रमण भएका ठाउँहरूमा नै छायांकन गरिने रमितले जानकारी दिए ।
उसो त निखिल, विराज र रमितभन्दा अघिल्लो पुस्ताका चर्चित अभिनेता भुवन केसी पछिल्ला वर्षमा निर्देशक पनि भए । ‘ड्रिम्स’ उनको निर्देशन रहेको फिल्म हो, जुन सफल मानिन्छ ।
निर्माताका रुपमा भने उनी पहिल्यैदेखि सक्रिय थिए । अर्का चर्चित अभिनेता राजेश हमालले आफ्नो निर्देशनमा फिल्म बनाउने भनेको धेरै वर्ष भइसक्यो । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि फिल्म निर्देशनमा जुट्ने उनको भनाइ थियो ।
उनले पहिलोपटक निर्देशनमा हात हाल्न लागेको कारण उक्त फिल्म कस्तो बन्ला भन्ने चासो र चर्चा फिल्मवृत्तमा छ । यद्यपि उनले निर्देशन गर्ने भनिएको फिल्मको काम भने अगाडि बढ्न सकेको छैन ।
निर्देशन आफूलाई अहिले पनि जटिल र जिम्मेवार विधा हो जस्तो लाग्ने राजेशले बताउँदै आएका छन् । सोहीकारण पनि उनले निर्देशनमा होमिइहाल्ने आँट नगरेको हुनसक्ने उनीनिकट रहेकाहरू बताउँछन् ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...