×

NMB BANK
NIC ASIA

गीत–संगीतमा नयाँ प्रतिभाको खोजी

‘भाइरल प्रतिभा’लाई कसरी आउँछ गीत रेकर्डिङको अफर ?

काठमाडाैं | माघ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

युट्युबमा अन्तर्वार्ता दिएर सामाजिक सञ्जालमा भाइरल भएको केही दिनमै बागलुङकी सिम्रन परियारको जीवनले नयाँ मोड लियो । यसपछि त उनका एकपछि अर्को गीत युट्युबमा आउन थाले । उनले छोटो समयमै दर्जनौं गीतमा आफ्नो स्वर भरिन् । युट्युबमा खोज्ने हो भने उनका थुप्रै गीतले युट्युबमा लाखौँ भ्युज पाएका छन् । 

Muktinath Bank

यस्तै दैलेखकी अञ्जु विश्वकर्माका गीत दिनहुँजसो युट्युबमा सार्वजनिक भइरहेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल भएको दुई सातामात्रै भएको छ । भाइरल भएको केही दिनमै उनका एकपछि अर्को गीत आउन थालेका हुन् । उनले दुई दर्जन बढी गीतमा स्वर दिइसकेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्धुलीकी बेनिशा शंकरले युट्युबमा अन्तर्वार्ता दिएको दुई साता पनि भएको छैन । उनले अन्तर्वार्ताका क्रममा केही गीत गाएकी थिइन् जसमा उनको स्वरको धेरैले प्रसंशा गर्दै प्रतिक्रियाहरू दिएका छन् । त्यसयता उनको स्वरमा थुप्रै अफिसियल गीत सार्वजनिक भइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

यी पछिल्लो समयका केही उदाहरण हुन् । युट्युबका लागि दिएको अन्तर्वार्ताका कारण सामाजिक सञ्जालमा भाइरल भएपछि सांगीतिक क्षेत्रमा उदाउने प्रतिभाहरू थुप्रै छन् । भाइरल हुनासाथ केही दिनमै उनीहरूसामु कसरी पुग्छ गीतको अफर ? 

Vianet communication
Laxmi Bank

बेनिशा शंकरलाई गीत रेकर्डिङको पहिलो अवसर दिएका गायक एवं संगीतकार सन्तोष सुनारले भने, ‘भोजराज थापाजीले लिएको अन्तवार्ता हेरिरहँदा बहिनीको स्वर राम्रो लाग्यो । मसँग भएको कम्जोजिसन बहिनीलाई सुट गर्छजस्तो लाग्यो । त्यसपछि भोजराजजीलाई ‘कन्ट्याक’ गरेर गीतको अफर गरेर रेकर्ड गराएँ । गीत राम्रो पनि भयो ।’ 

सर्जक एवं गायक श्रीधर अधिकारीले सिम्रन परियारसँग थुप्रै गीतमा सहकार्य गरेका थिए भने अञ्जु विश्वकर्मासँग पनि उनले सहकार्य गरिसकेका छन् । उनी पनि जसले लिएको अन्तर्वार्ताका कारण प्रतिभाहरू भाइरल भए, उनीहरूकै माध्यममार्फत आफूले गीतको अफर गरेको बताउँछन् । 

श्रीधरले भने, ‘भाइरल प्रतिभामध्ये कतिपय निकै राम्रो स्वर भएकाहरू हुनुहुन्छ । उहाँहरूका अन्तर्वार्ता दर्शकले राम्रो मानेर हेरिरहनुभएको हुन्छ । उहाँहरू दर्शकको नोटिसमा भएका कारण गायनको अवसर दिँदा सम्बन्धितलाई पनि राम्रो होला, र गीत पनि व्यावसायिक रुपमा राम्रो होला भन्ने अपेक्षा हुन्छ ।’ 

भाइरल प्रतिभाले गाएका गीतहरू युट्युबमा पनि छोटो समयमै सार्वजनिक हुने गरेका छन् । छोटो समयमै गीत तयार भएर सार्वजनिक हुन कसरी हुन्छ सम्भव ? गायक श्रीधरका अनुसार भाइरल भएका प्रतिभाले गाएका गीत कतिपय पहिल्यै तयार हुने गरेको र कतिपय नयाँ बनाउने गरिएको छ । 

‘प्रायः सर्जकहरूसँग केही गीत स्टकमा पनि रहेका हुन्छन् । बनेर बसिसकेका गीतमा स्वर गर्ने भएकाले पनि छिटो तयार हुन्छन्,’ उनले भने, ‘कतिपयले चाहिँ नयाँ प्रतिभाहरूकै लागि भनेर पनि तयार पार्ने गरेका हुन्छन् । मैले अञ्जुसँग सहकार्य गरेको गीत उनकै लागि भनेर तयार पारेको हुँ ।’ पछिल्लो समय यो प्रतिभा भाइरल छ भनेर रातारात गीत तयार पार्ने परिपाटी देखिन्छ । गायक सन्तोष पनि त्यसरी गीत तयार हुने गरेको आफूले पनि पाएको बताउँछन् । यद्यपि, आफूले भने भाइरल भएकै भरमा काम नगरेको उनले प्रष्ट्याए । 

‘बेनिशा बहिनीसँग मेरो सहकार्यको गीत आएपछि अरु थुप्रैले उनीसँग सहकार्य गर्नुभएको छ । त्यसमध्ये कतिपयले अहिले बहिनी भाइरल छिन् भनेर सहकार्य गरेको पनि हुनसक्छ’ सन्तोषले भन्छन्, ‘यद्यपि, सम्बन्धित प्रतिभालाई गीत म्याच हुन्छ कि हुँदैन, गाउन सक्छन् कि सक्दैनन् ? भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ ।’ 

सन्तोषले सिम्रनको स्वरमा आफ्नो हिट गीत ‘छमक छमक’को फिमेल भर्सन ल्याएका थिए । उक्त गीत पनि सिम्रनलाई सुट हुने देखेर ल्याएको उनले बताए । यतिबेला एकजना अर्की नयाँ प्रतिभासँग गीतमा सहकार्य गरेका उनी भाइरलको आडमा मात्रै काम गर्न खोज्नु आफ्ना लागि अर्थहीन रहेको बताउँछन् । 

गीत गाएर ‘भाइरल’ भएर केही समयमै हराएका उदाहरणहरू पनि विगतमा थुप्रै छन् । तसर्थ उनीहरू टिकिरहन र सांगीतिक क्षेत्रमा भविष्य बनाउन संगीतका सुरसँग खेल्न प्रशिक्षणको आवश्यकता रहेको संगीतकर्मीहरू बताउँछन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x