बैशाख ८, २०८१
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
यही आगामी वैशाख १६ र १७ गते सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । लगानी आवश्यक लगानीयोग्य आयोजनाहरु तयारी गर्न गठित उपसमितिले आफ्नो तयारीलाई तीव्रता दिएको छ ।
यो लगानी सम्मेलनमा सरकारले पूर्वाधार निर्माणलाई विशेष चासो दिएर आयोजनाहरू छनौट गरिरहेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत उपसमितिले छनौट गरेको सोकेस आयोजनाहरूमाथि थप छलफल गरी अन्तिम रुप दिन व्यस्त छन् ।
सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको छ ।
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ ।
लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।
सम्मेलनका लागि पूर्व तयारीका काम भइरहेका छन् । लगानी बोर्डको कार्यालयले दुई हप्ता अगाडि नेपालमा लगानी सम्भाव्यता पहिचान र आर्थिक विकासका लागि समन्वयात्मक रणनीति शीर्षकमा कार्यशाला आयोजना गरेको थियो ।
आसन्न लगानी सम्मेलन र पूर्वाधार विकास बैंक (निफ्रा)लाई हुने फाइदा
रिटेल बैंकिङ नभई पूर्वाधारमा लगानी उद्देश्य लिएको खोलिएको नेपाल पूर्वाधार विकास बैंकले आगामी तेस्रो लगानी सम्मेलनमा आएका लगानीकर्ताहरूसँग नेटवर्किङ, बिजनेस टू बिजनेस डाइलग र पूर्वाधार आयोजनाहरूको मार्केटिङ गर्न सक्ने अवसर रहेको अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए ।
सरकारको तर्फबाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधि गरेका उनले पूर्वाधार निर्माणमा निफ्राले संसारकै उत्तम अभ्यास गर्न सक्ने गरी कानूनी बाटाहरू खोलिएको पनि दाबी गरेका छन् । लोकान्तरसँगको कुराकानीमा उनले भने, 'निफ्राले आफ्नै ब्यालेन्स शीटको क्षमता देखाएर अफशोर बोन्डसमेत जारी गर्न सक्छ । लगानीका अन्य इन्स्ट्रुमेन्टहरू खोज्न सक्छ । आगामी लगानी सम्मेलनलाई निफ्राले सदुपयोग गर्न सक्नुपर्छ ।'
लगानी सम्मेलनका लागि आएका विदेशी लगानीकर्तासँग निफ्राले पूर्व-सम्मेलन छलफल गर्न सक्ने र सम्मेलन सकिएपछि पनि छलफल गरेर केही लगानी आफूमार्फत रियलाइजेसन हुने गरी काम गर्न सक्ने सञ्चालक समिति सदस्य नेपालले लोकान्तरलाई बताए ।
त्यस्तै निफ्राका उप-प्रबन्ध निर्देशक सूर्य तामाङले विश्वव्यापी रूपमा लगानीको क्षेत्र कहाँबाट कहाँ सिफ्ट हुँदैछ भन्ने विषय जान्न लगानी सम्मेलनले आफूलाई सहयोग पुर्याउने बताए ।
उनले लोकान्तरसँग भने, 'लगानी सम्मेलनमा मल्टीनेसनल इन्स्टिच्युसनहरू आउँछन् । ग्लोबल स्पेसमै पूर्वाधार विकासमा देखिएको इन्ट्रेस्ट कता सिफ्ट हुँदैछ भनेर उनीहरूको छलफलबाट हामीले थाहा पाउन सक्छौं । नेपालको ट्रेन्ड कतातिर छ, त्यो पनि हामीले उनीहरूको आँखाबाट हेर्न पाउँछौं ।'
उनले भारत, बंगलादेश, श्रीलंका र अन्य देशहरूमा पनि पूर्वाधार निर्माणका लागि छुट्टै वित्तीय संस्था खडा गर्ने गरिएको र त्यसलाई सरकारले उचित दिशानिर्देश गर्ने गरेको उदाहरण दिए ।
लगानी बोर्डका सीईओ सुशील भट्टले निफ्रा पूर्वाधार विकासका लागि फाइनान्स गर्ने एउटा संस्था भएकाले निश्चित रूपमा लगानी सम्मेलनबाट केही लाभ लिने र सिक्ने अवसर पाउने बताए ।
'पूर्वाधारमा लगानी गर्ने विशिष्टिकृत उद्देश्यले निफ्राको स्थापना भएको हो,' उनले भने, 'तर लगानी बोर्डमार्फत भित्रिने लगानी र परियोजनाका सन्दर्भमा फाइनान्सियल इन्स्टिच्युटले भन्दा पनि सरकार र यसको आधिकारिक निकाय बोर्ड नै उत्तरदायी हुन्छ ।'
तर लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्ताहरूबाट निफ्राले विदेशमा कसरी पूर्वाधार आयोजनाको छनोट हुन्छ र बैंकहरूले त्यसमा कसरी लगानी गर्न सक्छन् भन्ने बुझ्न सक्ने भट्टको भनाइ छ ।'
सीईओ भट्टले बोर्डले गैर-ऊर्जा क्षेत्रमा ६ अर्ब भन्दा बढीको लगानी र ऊर्जा क्षेत्रमा २ सय मेगावाट माथिको लगानी मात्र हेर्ने भएकाले अरू पूर्वाधारको छनोट र लगानी विशिष्टिकृत संस्था निफ्राले नै गर्न सक्ने र त्यसका लागि राज्यका जिम्मेवार निकायको साथ रहने बताए ।
के हो निफ्रा बैंक ?
रिटेल बैंकिङ नभई पूर्वाधार विकासमा मात्र लगानी गर्ने गरी स्थापना गरिएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) गत पुस १७ देखि छैठौं वर्षमा प्रवेश गरेको छ । ५ वर्ष अगाडि २०७५ फागुन २२ गतेदेखि कारोवार शुरू गरेको यो बैंक नेपालकै सबैभन्दा ठूलो बैंकका रूपमा परिचित छ ।
पूर्वाधार विकासमा ठूलो फड्को मार्ने उद्देश्यसहित दशक भन्दा बढीको बहस र छलफलपछि तत्कालीन सरकार, राष्ट्र बैंक र निजी क्षेत्रको पहलमा बैंक स्थापना भएको हो ।
सार्वजनिक निजी–साझेदारी मोडलमा स्थापना भएको यो बैंकमा नेपाल सरकारको १०, सर्वसाधारणको ४० प्रतिशत, वाणिज्य बैंकहरूको २० दशमलव ८९ प्रतिशत, बीमा कम्पनीको १८ दशमलव ९७ प्रतिशत, ५ दशमलव १५ प्रतिशत सार्वजनिक र निजी कम्पनीको, ४ दशमलव ९९ प्रतिशत व्यक्तिगत तथा सर्वसाधारणका सेयर रहेको छ ।
४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार क्षेत्रमा लगानी घोषणा गरेको थियो । यातायात, ठूला पुल, सडक, विमानस्थल निर्माणजस्ता पूर्वाधारका क्षेत्रसहित कृषि, उर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधीजस्ता ठूला लगानीका क्षेत्रमा यस बैंकको लगानी रहने बैंकमा तत्कालीन सीईओ अनिल ज्ञवालीले बताएका थिए ।
कहाँ कहाँ छ निफ्राको लगानी क्षेत्र ?
पाँच वर्षमा केही ठूला आयोजना सम्पन्न गरिसक्ने बैंकको त्यतिबेलाको उद्देश्य थियो । बैंकले लगानी गरेका ठूला आयोजनाहरू सम्पन्न त भएका छैनन् तर काभ्रेको पाँचखालमा स्मार्ट सिटी बनाउने प्रक्रिया अघि बढेको छ भने बाराको सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) को ब्लक ‘सी’ र ‘बी’ निर्माण पनि प्रक्रियामा पुगेको छ ।
बैंकको जोखिम व्यवस्थापन विभागका प्रमुख सुवर्ण कुमार सिंह भन्छन्, 'शक्तिखोर औद्योगिक पार्क निर्माणका लागि पनि नेपाल उद्योग परिसंघ (सीएनआई)सँग संयुक्त रुपमा मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । विभिन्न चरणमा छलफल चलिरहेको छ ।'
ठूला पूर्वाधार निर्माणका लागि सीमित स्रोत रहेकाले निजी क्षेत्रसँग मिलेर अगाडि बढ्नुपर्ने रियलाइजेसन सरकारले गरेको उनको भनाइ छ ।
पूर्वाधार निर्माणमा सरकारले बर्षेनी गर्ने खर्च घटाउँदै लागिरहेको छ । पूँजीगत खर्च भन्दा चालू खर्च बढी भएको अवस्थामा देशको आर्थिक वृद्धिदर पनि कम हुन्छ । निफ्राले पूर्वाधार निर्माणतर्फको पाटोमा मात्र लगानी फोकस गर्दा देशको आर्थिक वृद्धिदरसँगै समग्र अर्थतन्त्रले लय समात्न सक्ने सिंहको भनाइ छ ।
बैंकका सीईओ रामकृष्ण खतिवडाले एक अन्तर्वार्तामा भनेका छन्, 'हामीले सार्वजनिक पूर्वाधार र नियमित निजी क्षेत्र फाइनान्सिङलाई रेगुलर दुईवटा पिल्लरका रुपमा लगेका छौं । हाम्रो अनुभव के रह्यो भने सरकारी क्षेत्रमा अब नीति बन्यो, निजी क्षेत्रलाई ल्याउनुपर्छ भन्ने महसुस हुन थालेको छ ।'
तर पनि सरकारी पक्षलाई ठ्याक्कै यो मोडालिटीमा जाने, यस्तो निर्णय गर्ने यो आयोजना दिउँ भन्नेमा फियर फ्याक्टर चाहिँ रहेको उनले बताए ।
पूर्वाधार विकासका परियोजनामा लगानीका लागि स्रोत जुटाउन ‘सेक्टर फन्ड’ स्थापना गर्ने, अन–सोर/अफ–सोर बोन्ड तथा डिबेन्चर जारी गर्ने, दीर्घकालीन निक्षेप संकलन गर्ने एवं विदेशी साझेदारहरूसँग सहकार्य गरी न्यून लागतका रकम प्राप्त गर्नेजस्ता विषयलाई निफ्राले प्राथमिकतामा राखेको छ ।
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...