×

NMB BANK
NIC ASIA

अक्षम अर्थमन्त्री

देशको अर्थतन्त्रमा महतको खेलबाडः संसद्लाई ढाटेर ठूलो बजेट, फेल भएपछि 'सरेन्डर' !

काठमाडाैं | फागुन १, २०८०

NTC
Premier Steels

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार सवा २ अर्बले घटाएपछि उनको क्षमतामाथि प्रश्नचिह्न उठेको छ ।

Muktinath Bank

गत जेठ १५ गते आफैंले ल्याएको बजेट 'खर्च हुन नसकेको' बताएर अर्धवार्षिक समीक्षामा २ खर्ब २१ अर्ब ५ करोडले बजेटको आकार कम गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत जेठमा उनले ल्याएको बजेटमा भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले संसद्मा भनेका थिए, 'सरकारले प्राथमिकता निर्धारण जनताका आवश्यकताका आधारमा गर्ने हो । बजेट नाराका लागि होइन, कार्यान्वयन हुने गरी आएको म स्पष्ट पार्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक र आन्तरिक ऋण, राजस्व संकलनको अवस्था, कोरोना महामारी र रुस-युक्रेन युद्धको असरले पुर्‍याएको प्रभावलगायत सबैलाई स्वीकार गरी आफूले बजेट निर्माण गरेको बताएका थिए । 

Vianet communication

उनले त्यतिबेला अर्थतन्त्रका सबै समस्या एक–एक गरी समाधान गर्नेगरी बजेट निर्माण गरेको दाबी गरेका थिए । तर, बजेट कार्यान्वयन भएको ६ महिनामै उनले बोली फेरेका छन् ।

कति घट्यो बजेट ?

सोमबार अर्थमन्त्रालयमा अर्धवार्षिक समीक्षा गर्दै मन्त्री महतले चालू आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँमा खुम्च्याएका हुन् ।

गत वर्ष जेठ १५ गते संसद्मा मन्त्री महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेटलाई आफैंले अर्धवार्षिक समीक्षामार्फत १२.६२ प्रतिशत (२ खर्ब २१ अर्ब ५ करोड रुपैयाँ) ले घटाएका छन् ।

लक्ष्य अनुरूप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाउनु परेको उनको भनाइ थियो । चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँमा ८८.८४ प्रतिशत खर्च हुने सरकारको संशोधित अनुमान छ । यस्तै पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोडमा ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोडमा ८७.३९ प्रतिशतम मात्र खर्ब हुने संशोधित अनुमान छ ।

एकातिर गल्ती स्वीकार,अर्कातिर कर सुधार समितिलाई दोष

सोमबार बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले भने, 'लक्ष्यअनुरूप आम्दानी नहुने अवस्था देखिएपछि र जति सुधार गर्दा पनि खर्च गर्न नसकेपछि बजेटको आकार घटाइएको हो ।'

उनले विभिन्न शीर्षक तथा क्षेत्रमा कर छुट दिँदा लक्ष्यअनुसार राजस्व उठ्न नसकेकाले त्यसको असर बजेटमा परेको स्वीकार गरे ।

उनले बजेट घटाउने निर्णय कर सुधार समितिको सुझावअनुसार नै गरिएको बताएर आफ्नो असक्षमतालाई चलाखीपूर्ण रूपमा लुकाउने प्रयाससमेत गरेका छन् ।

सोमबारको कार्यक्रममा उनले आम्दानी र खर्चका सूचकमा सुधार नभएकाले नै बजेटको आकार घटाइएको बताए । आगामी दिनमा अर्थतन्त्र चलायमान भई अर्थतन्त्र बढ्ने दाबी गरेका मन्त्री महतले सबै सूचकहरू सबल अवस्थामा रहेको समेत बताउन भ्याए ।

उनले वर्षौं पहिले घोषणा भएका कार्यक्रमको दायित्व धेरै रहेको, त्यसलाई सिस्टममा ल्याउन समय लाग्ने भएकाले पनि बजेटमा असर पारेको प्रष्टीकरण दिए ।

'सूचकहरू सकारात्मक छन् । यसमा सन्तोष मान्नुपर्छ । कर्जा प्रवाह हुन सकेन भनेर चिन्ता थियो । ब्याजदर घटेसँगै आन्तरिक कर्जा प्रवाह २.६ प्रतिशतले बढेको छ। आगामी दिनमा अझै बढ्दै जान्छ,' उनले भने ।

अर्थमन्त्रीको इमान्दारितामा प्रश्न - अर्थविद्

अर्थविद् डा. जगदीश पोखरेलले समीक्षाको नाममा बजेटको आकार छेडछाड गर्नुले अर्थमन्त्रीको इमान्दारितामाथि प्रश्न उब्जिएको टिप्पणी गरे ।

लोकान्तरसँग कुरा गर्दै उनले भने, 'शुरूमा ठूलो आकारको बजेट देखाएर सबै क्षेत्र समेटेको जस्तो गर्ने, अनि नियतवश ६ महिनापछि समीक्षाको नाममा खर्च हुन नसकेको भन्दै बजेटको आकार घटाउने प्रवृत्तिले अर्थमन्त्री एवं सरकारको नियत र इमान्दारितामा प्रश्नचिह्न खडा गर्छ ।'

उनले चालू खर्च कुनै हालतमा कम नहुने तर पूँजीगत खर्चमा ठूलो दबाब पर्ने बताए । 'जम्मा ३ खर्बको पूँजीगत खर्च छ बजेटमा, त्यसमा पनि दुई खर्ब बढी निकालेपछि देश कसरी विकास हुन्छ ?' उनको प्रश्न छ ।

अर्थविद डा. चन्द्रमणि अधिकारीले बजेट कार्यान्वयनको बीचमा आएर आकार घटाउनु बीच बाटोमा सरकारले आत्मसमर्पण गर्नुजस्तै रहेको टिप्पणी गरे ।

डा. अधिकारीले लोकान्तरसँग भने, 'वित्तीय उत्तरदायित्व ऐनले अन्य सरकारी संस्थाहरूलाई फागुनसम्म बजेट खर्च गर्न नसके आत्मसमर्पण गर भन्छ, तर अर्थ मन्त्रालय स्वयं बीच बाटोमा आएर बजेटको आकार कम गर्छ, यो कहाँको उत्तरदायीपन हो ?'

अहिले बजेट खर्च गर्न सक्दिन भन्नु संविधान र संसदलाई पनि ढाँट्ने काम भएको उनको भनाइ छ ।

'संविधान र संसद्लाई पनि ढाँटेको देखियो,' डा. अधिकारीले भने, 'संसद्ले नीति, अनुसन्धान, स्रोत र साधनको उपलब्धताका आधारमा यसरी बजेट कार्यान्वयन गर भनेर दिएको कार्यादेशमाथि नै धोका भएको छ । यो अत्यन्तै नालायकी, गैर-इमान्दार र असक्षमताको पराकाष्ठा हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x