पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडाैं | फागुन १०, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले आफूलाई अपहरण गरेको भन्दै गैरआवासीय नेपाली ज्ञानेन्द्र खड्काले बुधवार विज्ञप्ति जारी गरेपछि यो विषयले तरंग उत्पन्न भयो ।
‘डन’ पृष्ठभूमि भएपनि पछिल्लो समय राजनीतिमा मात्रै सक्रिय देखिएका लामाले अपहरण गरेको भन्ने विषय निकै गम्भीर पनि थियो । आफूले यस विषयमा प्रहरीमा समेत उजुरी दिएको खड्काले उल्लेख गरेका थिए ।
बुधवार सार्वजनिक भए पनि घटना भने पुस २३ गतेको रहेछ । लामाले अपहरण गरेर २० करोड रुपैयाँ मागेको भन्दै खड्काले प्रहरीमा उजुरी दिएका रहेछन् ।
लामाविरुद्ध उजुरी परेपछि अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सकी प्रतिवेदन समेत बुझाइसकेको पाइएको छ ।
अपहरण नभएको निष्कर्षसहित वारदातस्थल रहेको ललितपुर प्रहरीलाई फाइल बुझाइएको एक अनुसन्धान अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
‘हामीले अनुसन्धान गर्दा कुनै पनि तथ्यले अपहरण नदेखिएकाले ललितपुरलाई मिलापत्रका लागि पठाएका हौं,’ अनुसन्धानमा खटिएका ती अधिकारीले लोकान्तरसँग भने ।
प्रहरी अनुसन्धानमा लामा र खड्का ललितपुरमा रहेको लण्डन हाउस होटलमा बसेको भेटियो ।
‘होटलमा उनीहरू करिब ७ घण्टा बसेको पाएका छौं । त्यहाँ दुवैजना हाँसीखुशी बसेको र २ पटक खाजा खाएको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले लोकान्तरसँग भने ।
प्रहरीले होटलका साहु र कामदारहरूसँग पनि बयान लिएको थियो । उनीहरूले दुवैजना हाँसीखुशी नै बसेर गएको बयान दिएका छन् ।
लामा र खड्का होटलबाट बाहिर निस्किँदा सौहार्दपूर्ण वातावरणमा निस्केको सीसीटीभी फूटेजमा देखिएको प्रहरीले जनाएको छ ।
प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले अनुसन्धान कार्यालयले बुझाएको प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन भइरहेको बताए ।
‘फाइल हामीकोमा आएको छ । त्यो प्रतिवेदन अध्ययन गर्दैछौं,’ एसएसपी खनालले लोकान्तरसँग भने ।
यता गणेश लामाले भने २०७१ असोज ३० मा खड्काकी श्रीमतीलाई पास गरेर दिएको धुलिखेलको जग्गाको पैसा मागेको बताएका छन् ।
‘२०७१ सालमा नै मैले जग्गा पास गरिदिएको हुँ । त्यसपछि उहाँ फरार रहँदै आउनुभएको थियो । मैले उहाँसँग सम्पर्क भएपछि पैसा मागेको हुँ,’ लामाले लोकान्तरसँग भने ।
लामाका अनुसार छ महिनाभित्र पैसा चुक्ता गर्ने भनेर काठमाडौं महानरपालिका– १० को कार्यालयमा २ पक्षबीच सहमति समेत भएको थियो । तर, पनि पैसा चुक्ता गरेपछि कागज गराएको उनको भनाइ छ ।
यो विषयलाई भेरिफाइ गर्न सम्बन्धित वडाध्यक्षलाई बोलाएर सोधपुछ समेत गरिएको प्रहरीले जनाएको छ ।
उता, खड्काले भने लामा र उनका साथी सहदेव कक्षपतिले आफूलाई बन्धक बनाएर कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरेका थिए ।
‘मेरो गाडी छेकी मास्क र टोपी लगाएर मलाई त्यहाँबाट अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलको रूममा लगेर ८ घण्टाभन्दा धेरै बन्धक राखी तँसँग २००/३०० करोड पैसा उठाउनु छ, हामीसँग पुलिस, सीआईबी सबै मिलेको (छन्) सम्म भनेर धम्की दिएर तँसँग क्रिप्टो र बिटक्वाइन छ भनेर मेरो मोबाइल र ल्यापटपसमेत कब्जा गरेका हुन्,’ उनले विज्ञप्तिमा भनेका छन् ।
क्रिप्टो र बिटक्वाइन नभेटेपछि जबरजस्ती २० करोडको कागज गराइएको उनको आरोप थियो ।
स्रोतका अनुसार गणेश लामाकी श्रीमती र ज्ञानेन्द्र खड्काकी श्रीमतीले संयुक्तरूपमा व्यापार गर्दै आएका थिए ।
त्यही क्रममा उनीहरूले पैसाविनै जग्गा पास गरेको देखिएको छ । लामाले अहिले त्यही जग्गाको पैसाका लागि खड्कालाई दबाब दिँदै आएको स्रोतको दाबी छ ।
हेर्नुहोस्, सम्बन्धित जग्गाको पुर्जा:
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...