×

NMB BANK
NIC ASIA

अमेरिकाको १४ सहरमा सन्दीपदेखि भरतमणिसम्मले हँसाए

काठमाडाैं | फागुन १५, २०८०

NTC
Premier Steels

फ्लाइ नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा सम्पन्न कार्यक्रममा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् । 

Muktinath Bank

विनोद अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा भव्य प्रस्तुति दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले जनवरी १२ मा नर्थ क्यारोलिना, १५ मा मिचिगन, २० मा न्यूयोर्क, २१ मा कनेक्टीक्युट, २२ मा बोस्टन, २९ मा रोचेस्टर् न्यूयोर्कमा प्रस्तुति दिएका थिए । यस्तै, फेब्रुअरी २ मा ह्युस्टन, ३ मा डालस टेक्सास, ९ मा लस एन्जल्स, १२ मा सन फ्रान्सिस्को, १६ मा भर्जिनिया, १७ मा ह्यारिसबर्ग पेन्सिलभेनिया, १८ मा वाल्टिमोर, मेरिल्याण्ड र २४ मा कोलम्बस, ओहायोमा आफ्नो धमाकेदार प्रस्तुति दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication

हिउँका कारण प्राय: आवतजावतमै अवरोध हुने समयमा सफलताका साथ दर्शकको खचाखच उपस्थितिमा सम्पन्न कार्यक्रममा अमेरिकन सरकारको तर्फबाट सम्मान समेत प्राप्त गरेको संयोजक अधिकारीले जानकारी दिए । उनका अनुसार जनवरी २० न्यूयोर्क, फेब्रुअरी १६ भर्जिनिया र १८ मा बाल्टिमोर, मेरिल्याण्डमा आयोजित कार्यक्रममा अमेरिकन सरकारी निकायको तर्फबाट सम्मान गरिएको थियो । ‘अमेरिकाको पूर्वदेखि पश्चिमसम्म रहनुहुने नेपाली कहाँ हामी पुग्न सफल भयौँ । उहाँहरूलाई हँसाउन सफल भयौँ । अमेरिकामा यति भव्य रुपमा सम्पन्न हाँस्य कार्यक्रम सम्भवतः यो नै पहिलो हो’, संयोजक अधिकारीले भने ।

उनले नेपालमा सोचे जस्तै अमेरिकामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिँदै चुनौतीका रुपमा स्वीकार गरेको कार्यक्रम अवसरमा बद्लिन सफल भएकोमा हर्ष विभोर रहेको बताए । 

कीर्तिमानी आरोही कामीरिता शेर्पाको सगरमाथा आरोहण सम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रमले परदेशलाई घरदेशसँग जोडेको छ । कोभिड महामारीपछि हामीलाई चाहिएको ताजगी यो कार्यक्रमले पूरा गरेको छ ।’ 

उनले आउँदो समयमा फ्लाइ नेपामार्फत यस्तै मनोरञ्जनात्मक कार्यक्रम गर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x