×

NMB BANK
NIC ASIA

सुन प्रकरण

रूपन्देही प्रहरीको निगरानीमा महरा

काठमाडाैं | चैत ५, २०८०

NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालगायत प्रहरीको निगरानीमा छन् । सुन तस्करी सम्बन्धमा गठित छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका महरा प्रहरीको उच्च निगरानीमा परेका हुन् ।

Muktinath Bank

प्रहरी स्रोतका अनुसार महरा आज रूपन्देही पुगेका छन् । जिल्लामा महरा आएको थाहा पाएपछि रूपन्देही प्रहरीले निगरानी बढाएको हो । रूपन्देही प्रहरी प्रमुख एसपी रन्जित राठोरले महरालाई निगरानीमा राखेको बताए । 'उहाँ(महरा) यहाँ आएको जानकारी आएको छ । हामीले वाच गरिरहेका छौं,' एसपी राठोरले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले पूर्व सभामुख महरा दोषी रहेको ठहर गरेको थियो । चैत १ गते बिहीबार आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । 


Advertisment
Nabil box
Kumari

महरा लगायतलाई तत्काल कारबाही गर्नुपर्ने, सरकारी कर्मचारीलाई विभागीय कारबाही र केही व्यक्तिलाई निगरानीमा राख्न सिफारिश गरिएको छ । 

Vianet communication

आयोगले दोषी ठहर गरेकाहरू भाग्ने आशंकामा प्रहरीले बिहीबारदेखि नै विशेष निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दियो । ‘सुन तस्करीमा जोडिएकाहरू नभागुन् भनेर बिहीबारदेखि प्रहरीलाई अलर्ट राखिएको छ’ गृह स्रोतले लोकान्तरसँग भन्यो, 'आयोगले डामेका सबै निगरानीमा छन्, जुनसुकै बेला पक्राउ पर्न सक्छन् ।’ 

यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिस गरेका कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली लगायतलाई आइतबार गृह मन्त्रालयमा निर्देशन दिँदै उनले कारबाही थाल्न निर्देशन दिएका हुन् ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्राप्त गरेलगत्तै गृहमन्त्री लामिछानेले शुक्रवारदेखि प्रतिवेदन कार्यान्वयन शुरू गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x