×

NMB BANK
NIC ASIA

स्वास्थ्य बीमा पूर्ण रुपमा कार्यन्वय गर्न बजेट प्रमुुख चुनौती : स्वास्थ्यमन्त्री

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २६ असोज– स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा विधेयक कार्यान्वयनमा बजेट प्रमुख चुनौतिको रुपमा रहेको बताएका छन् ।giriraj

बुधबार साँझ स्वास्थ्य मन्त्रालयद्वारा आयोजित अन्तरक्रियामा मन्त्री पोखरेलले स्वास्थ्य बीमा विधेयक सर्वसम्मत पारित हुनु खुसीको कुरा भएपनि यसको कार्यन्वयनमा भने चुनौती रहेको बताए ।

उनले भने,‘ स्वास्थ्य क्षेत्रको लागि सरकारले ४ प्रतिशत मात्रै बजेट छुट्याउदै आएको छ । बीमा कार्यक्रम देशभर कार्यन्वय गर्न नेपालमा बजेटको ठूलो चुनौती छ । यसलाई पूर्ण कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रको बजेट पनि बढाउन आवश्यक छ ।’

यस्तै स्थानीय क्षेत्रमा पर्याप्त अस्पताल नभए पनि यसको कार्यान्वयन गर्न नसकिने भन्दै उनले प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना डाक्टर अनिवार्य गराउनुु पर्ने बताए ।

नयाँ स्वास्थ्य निति बनाउने सन्दर्भमा पनि बजेटको विषयमा छलफल चलिरहेको भन्दै मन्त्री पोखरेलले न्युनतम यति नै बजेट छुट्याउन पर्छ भनेर बाध्यकारी व्यवस्था नगरेसम्म स्वास्थ्य सेवा सरल बन्न नसक्ने जिकिर गरे ।

कैलाली जिल्लाबाट डेढ वर्ष अघिदेखि सुुरु भएको परिवार स्वास्थ्य बीमा कार्यक्रममा हाल २५ जिल्लामा लागू भइसकेको छ । हालसम्म २ लाख ४० हजारले परिवार स्वास्थ्य बीमा गराएका छन् । यसलाई सबै जिल्लामा विस्तार गर्न पनि बजेटको महत्व रहेको मन्त्री पोखरेलको भनाइ छ ।

लामो समयदेखि कार्यक्रमको रुपमा अगाडि बढाएको स्वास्थ्य बीमाको आफ्नो कार्यकालमा ऐन बन्न लागेकोमा उनले खुसी व्यक्त गर्दै उनले भने,‘संसद विघटनको मोडमा छ,हामी मन्त्री रहे पनि नरहेपनि यो कान्वयन गर्ने दायित्व हामी सबैको हो ।’

मंगलबार व्यवस्थापिका संसदबाट पारित भएको स्वास्थ्य बीमा विधेयकको बुधबारबाट नियमावाली बन्ने क्रममा रहेको छ । दुई साता पछि राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐन कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।








Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x