कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बिशाम क्षेत्रमा मंगलबार चिनियाँ इन्जिनियरमाथि भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।
पाकिस्तान र चीन दुवैले यो हमलालाई ‘आतंकवादी’ घटना भनेका छन् । पाकिस्तानी अधिकारीहरूले घटनाको कडा निन्दा गरेका छन् । प्रधानमन्त्री शाहबाज सरिफले पनि चिनियाँ कूटनीतिज्ञहरूसँग भेट गरी दुःख व्यक्त गरेका छन् । चीनले आक्रमणको छानबिन गर्न माग गरेको छ ।
स्थानीय प्रहरीका अनुसार हमलामा पाँच चिनियाँ इन्जिनियर र एक पाकिस्तानी चालकको मृत्यु भएको थियो ।
पाकिस्तानमा चिनियाँ इन्जिनियर वा (चीन-पाकिस्तान इकोनोमिक करिडोर) परियोजनासँग सम्बन्धित व्यक्तिहरूलाई अतिवादी संगठनहरूले निशाना बनाएको यो पहिलो पटक होइन । पाकिस्तानमा चिनियाँ अधिकारी वा कामदारलाई कसले र किन निशाना बनाइरहेको छ?
चीनले पाकिस्तानमा ६२ अर्ब डलरको पुँजी लगानी गर्दै आएको छ, जसका कारण देशभर विभिन्न परियोजनामार्फत् सडक, बाँध, पाइपलाइन र बन्दरगाहको काम भइरहेको छ ।
बिशाममा मार्च २६ मा पनि हमला भएको थियो, त्यसपछि बस खाल्डोमा खसेको थियो । आक्रमण हुँदा चिनियाँ इन्जिनियर इस्लामाबादबाट आएर दासु बाँधमा काम गर्न जाँदै थिए ।
अप्रिल २०२२ मा, एक महिला आत्मघाती हमलाकारीले कराँची विश्वविद्यालयको चिनियाँ केन्द्रको अगाडि आफूलाई विस्फोट गराएकी थिइन् । जसमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो ।
सन् २०२१ मा पनि पाकिस्तान र चीनमा प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) सँग सम्बन्धित दासु परियोजना नजिक चिनियाँ इन्जिनियरहरूको बसमा हमला भएको थियो । उक्त हमलामा नौ चिनियाँ नागरिकसहित १३ जनाको मृत्यु भएको थियो । यस मुद्दामा दुई जनालाई मृत्युदण्ड पनि दिइएको छ । बीबीसी हिन्दीको सहयोगमा
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...