कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
बोआओ– यस वर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले अहिले सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता र सहकार्यका लागि चीनले आह्वान गरेको छ ।
चीनको अगुवाइमा शुक्रवार सम्पन्न यस सम्मेलनमा चीनले थप खुलापन र साझा विकासका आकाङ्क्षा परिपूर्तिका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
चीनले पछिल्ला वर्षहरूमा उच्च—गुणस्तरयुक्त विकास समेतका सबै मोर्चामा तीब्र विकास गरिरहेको जनाउँदै यसबाट विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने तथा सबै देशको समतामूलक विकासका लागि बढीभन्दा बढी अवसर सिर्जना हुने अपेक्षा पनि गरेको छ ।
वार्षिक सम्मेलनको उद्घाटनका अवसरमा सम्बोधन गर्दै चीनका वरिष्ठ सांसद झाओ लेजीले समतामूलक यस विकास प्रयासबाट एसियाली छिमेकी मुलुकहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
साझा विकास प्रतिबद्धता
हाल विश्वले नै कमजोर आर्थिक पुनरुत्थान र क्षेत्रीय द्वन्द्व समेतका गम्भीर चुनौती सामना गरिरहेको छ । यी विषयलाई सम्बोधन गर्न र आफू अनुकूलका परिणामहरू हासिल गर्न देशहरूबीच ऐक्यबद्धता र सहयोग अत्यावश्यक भइसकेको छ ।
नेसनल पिपल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओले एसियाली मुलुकहरूलाई तटस्थ रहन, एकता मार्फत शक्ति सञ्चय गर्न, एकात्मकतालाई अस्वीकार गर्न तथा कुनै एक पक्षमा आबद्ध नहुन तथा एसियालाई भूराजनीतिक प्रतिस्पर्धाको क्षेत्र हुनबाट रोक्न आह्वान गरे ।
झाओले भने, ‘चीनले समान र नियमबद्ध बहुध्रुवीय विश्वको पक्षमा वकालत गर्दछ । साथै उहाँले विश्वले समान रुपमा लाभ प्राप्त गर्ने तथा समतामुलक आर्थिक वैश्वीकरणको पक्षपोषण गर्ने बताउँदै ध्रुवीय विवादको पश्चगामी मानसिकताबाट माथि उठ्न र सही अर्थको बहुपक्षीयता अभ्यास गर्न तथा खुला विश्व अर्थतन्त्रका लागि मिलेर अघि बढ्न सबै मुलुकसँग आग्रह गर्छु ।’
चीन साझा विकास लक्षप्रति प्रतिबद्ध रहेको बताउँदै झाओले भने, ‘चीन अहिले विश्वका १४० भन्दा बढी देशसँग मुख्य व्यापारिक साझेदार रहेको छ । साथै, धेरै मुलुकमा लगानीको मुख्य स्रोतका रुपमा चीन रहेको छ र विश्वका अधिकांश मुलुकका लागि महत्वपूर्ण लगानी गन्तव्यका रुपमा स्थापित छ ।’
मानवताको साझा भविष्य निर्माण गर्नेतर्फ प्रस्ताव गरिरहेको चर्चा गर्दा झाओले अगाडि भने, ‘विश्वका सबैजसो मुलुकमा राम्रो भविष्यका लागि चिनियाँ शैलीको समाधान अगाडि बढाइएको छ ।’
वर्षौंदेखि चीनले अघि बढाएका बेल्ट एन्ड रोड कार्यक्रम (बीआरआई), ग्लोबल डेभलपमेन्ट कार्यक्रम (जीडीआई), ग्लोबल सेक्युरिटी कार्यक्रम (जीएसआई) र ग्लोबल सिभिलाइजेसन कार्यक्रम (जीसीआई)ले समृद्धि र स्थायित्वमा महत्वपूर्ण योगदान गरिरहेको छ ।
विश्वप्रसिद्ध औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकाका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरिओटले सिन्ह्वासँग कुरा गर्दै अर्थतन्त्रलाई बढावा दिन, नवप्रवर्तन प्रविधिलाई अगाडि लैजान तथा अर्थतन्त्रको खुलापनका लागि गरिएका प्रयासमा चीन सरकारको प्रस्ट योजनाबाट आफू निकै प्रभावित बनेको बताए ।
खुलापनका लागि प्रतिबद्धता
चीनले विकास पथमा विश्वलाई नै डो—याउन प्रतिबद्धता व्यक्त गरेको छ । झाओले आफ्नो सम्बोधनमा विश्वकै लागि चीनले आफ्नो ढोका खुला राखेको बताए । उनले भने, चीनले उच्चस्तरको अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमहरूलाई आत्मसात गरेको छ र व्यवसाय—मैत्री वातावरण निर्माण गरिएको छ जुन बजारमुखी, कानून आधारित र विश्वस्तरीय छ ।’
चीनले विदेशी लगानीलाई सहज तुल्याउन नकारात्मक सूचीलाई थप साँघुरो बनाएको छ भने उत्पादन क्षेत्रको पहुँचमा रहेका सबैजसो अवरोधलाई हटाई सकेको छ, झाओले भने ।
केही वर्षदेखि चीनले खुलापनलाई निरन्तर अघि बढाउँदैछ । यसका लागि चीनले खुला व्यापार क्षेत्रहरु स्थापना गरेको छ भने विदेशी लगानीका लागि कतिपय क्षेत्रहरूको विस्तार गरेको छ । बहुपक्षीयतामा चीनको पूर्ण समर्थन छ, झाओले अगाडि थपे ।
उनले एसियाली मुलुकहरूले व्यापारिक संरक्षणवादको खुलेर विरोध गर्न तथा सबै प्रकारका अबरोध हटाउनेतर्फ सामूहिक आवाज उठाउन आह्वान पनि गरे ।
चीनको आर्थिक दृष्टिकोण सम्बन्धमा भएको छलफलमा बीएफए सल्लाहकार परिषद्का सदस्य एवं फ्रान्सका पूर्व प्रधानमन्त्री जीन पियरे राफेरिनले एकात्मक ढाँचाको नीतिले अर्थतन्त्रको बृद्धिमा सहयोग नगर्ने बताउँदै गत वर्ष ५ प्रतिशतभन्दा बढी देखिएको खुला चिनियाँ अर्थतन्त्र विश्वकै लागि सुखद समाचार हो भने ।
‘तपाईंसँग धेरै युवा जनशक्ति छ, राम्रा विश्वविद्यालय छन्, सुविधासम्पन्न अनुसन्धान केन्द्रहरू छन्, र धेरै मानिसले काम पाइरहेका छन्,’ राफेरिनले भने । उनले चीनको नवप्रवर्तन अभियान विश्वकै लागि महत्वपूर्ण योगदान रहेको बताए ।
पछिल्ला वर्षहरूमा, भूमण्डलीकरण र व्यापार बहुपक्षवादले केही देशहरूमा व्याप्त सुस्त अर्थतन्त्र र घरेलु राजनीतिको प्रभावका कारण केही अबरोध देखा परेको छ, जसको फलस्वरुप व्यापार संरक्षणवादलाई जन्म दिएको छ ।
‘यदि सबै मानिसले बन्द कोठाभित्र बसेर बजारको खोजी गर्छन् भने त्यसबाट हामी समृद्धि र विकासको चाहना पूरा गर्न सक्दैनौं, र अवश्य पछि पर्नेछौं,’ चाइना एन्ड ग्लोबलाइजेसन सेन्टरका अध्यक्ष वाङ हुइयाओले भने ।
चीनमा अवसरहरू
विगत दशकहरूमा, चीनको बलियो आर्थिक वृद्धि र विशाल बजार संरचनाले विश्वका लागि महत्वपूर्ण अवसर प्रदान गरेको थियो । विश्वव्यापी आर्थिक वृद्धिमा चीनले सबैभन्दा ठूलो योगदान गरेको थियो ।
झाओले १ अर्ब ४० करोड हाराहारीको जनसंख्या भएको चीनको विशाल बजारको सम्भावनालाई दृष्टिगत गरी लगानी बढाउनु भविष्यकै लागि लगानी गर्नु सरह रहेको पनि बताए । उनले अगाडि भने, ‘चीन हरित विकासका लागि वार्षिक रुपमा १० ट्रिलियन युआनको लगानी र उपभोग बजार सिर्जना गर्न तयार रहेको छ ।’
‘चीनको विकासको “एक्सप्रेस ट्रेन” मा सवारी हुन र शान्तिपूर्ण विकास, पारस्परिक लाभकारी सहयोग र सबैका लागि समृद्धि सहितको विश्वव्यापी आधुनिकीकरणको लागि काम गर्न सबै देशहरूलाई हार्दिक स्वागत छ,’ झाओले भने ।
‘चिनियाँ बजार हाम्रो लागि महत्वपूर्ण छ,’ अमेरिकी परामर्श साझेदारमा आबद्ध चाल्र्स डल्लाराले भने । ‘हामी हाम्रो लगानीको सफलताबाट धेरै खुसी छौं,’ उनले थपे ।
चीनसँग उन्नत प्रविधि र हरित ऊर्जा भएको यसले घरेलु र विश्वभरि वातावरणीय समस्यालाई कम गर्न योगदान पुर्याइरहेको उनले दाबी गरे ।
‘मलाई लाग्छ चीन हामीलाई अझ वातावरणीय रूपमा सुरक्षित संसारमा ल्याउन विश्वव्यापी नेता बन्न तयार छ । हामीलाई चीन र एसियाको बाँकी भागमा हाम्रो समूहको भविष्यमा विश्वास छ । यो एक गतिशील क्षेत्र हो । चीनसँग ठूलो मात्रामा श्रमशक्ति मात्र होइन, दक्ष जनशक्ति पनि छ । तपाईंले इन्जिनियर र वैज्ञानिकहरूको राम्रो नेतृत्व पाउनु हुनेछ । प्राविधिक विकासको अग्रपंक्तिमा, र हामी चीनमा लगानी जारी राख्ने सम्भावनाहरूको बारेमा धेरै उत्साहित छौं,’ उनले थपे ।
अष्ट्रेलियामा मुख्यालय रहेको फोर्टेस्क मेटल्स समूहका प्रमुख कार्यकारी अधिकृत डिनो ओट्रान्टोले सिन्ह्वासँग कुरा गर्दै फोट्र्सक्कले बोआओसँग फोरमसँग १८ वर्षदेखि दीर्घकालीन साझेदारी कायम राखेको बताउँदै विगत २० वर्षमा कम्पनीले फलामको व्यापार गरिरहेको र त्यसमध्ये ९० प्रतिशत उत्पादन चिनियाँ बजारमा जाने गरेको छ भने ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...