×

NMB BANK
NIC ASIA

सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : नेता पौडेल

काठमाडाैं | चैत २८, २०८०

NTC
Premier Steels

 नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताएका छन् ।
      
नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताए । 
      
“नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो”, उनले भने ।
     
नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको उल्लेख गरे  । उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न आग्रह गरे । “जुन सङ्गठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन”, नेता पौडेलले भने।
      
नेविसङ्घका पूर्वअध्यक्ष समेत रहेका पौडेलले शैक्षिक मुद्दालाई नेविसङ्घले आफ्नो एजेण्डामार्फत सूत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताए । 
      
नेवि सङ्घका केन्द्रीय सदस्य सन्तोष गुरुङले गण्डकी प्रदेशभित्र सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए । कार्यक्रममा नेविसङ्घका नेताहरु सुवास पौडेल, पुजन गन्धर्व, डा कला पन्त, सुदीप अधिकारी, सुवास घिमिरेलगायतले नेविसङ्घलाई विद्यार्थीको हक, हित र अधिकारमा प्रयोग गर्दै नयाँ ढङ्गले सङ्गठन अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x