×

NMB BANK
NIC ASIA

रविको बचाउमा प्रधानमन्त्री

नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड

विराटनगर | चैत २९, २०८०

NTC
Premier Steels

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् । आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए ।

Muktinath Bank

नयाँ समीकरण बन्नुभन्दा अगाडिदेखि नै सहकारीको विषय उठे पनि अहिले आएर मात्रै कांग्रेसले कुरा उचालेको उनले बताए । 'पहिला कांग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो,' उनले भने, 'नयाँ समीकरण फेरिएपछि कांग्रेसले पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउन गरेको हो । त्यो सफल नभएपछि अहिले छानबिनको प्रश्न उठायो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले रविविरुद्ध कुनै प्रमाण नभएको बताइरहेको उनले दोहोर्‍याए । यसअघि संसद्मा पनि उनले रवि निर्दोष रहेको दाबी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

समग्र सहकारीको र रविको विषयमा अलग गरेर छलफल गरे समस्या समाधान हुन सक्ने उनको भनाइ छ । 'मैले सदनमा राजनीतिक कारणको जवाफ दिएको होइन  । अनुसन्धान कर्ताको सुझावअनुसार नै संसद्मा बोलेको हो,' उनले भने । मैले कसैलाई बचाउनु पर्ने कारण छैन । छानबिन गर्दा प्रमाण पुग्यो भने सरकार अनुसन्धानका लागि पछि पर्दैन । तर प्रतिपक्षीले सहकारीभन्दा राजनीतिक  मुद्दा बनाएको छ।'

Vianet communication

संसद्को गतिरोध अन्त्य गर्न छलफल भइरहेको प्रचण्डले बताए । 'सभामुखले पनि छलफल गर्नुभएको छ ।  मैले पनि गरिरहेको छु । यो राजनीतिक सहमतिकै आधारमा समाधान हुन्छ,' उनले भने ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x