कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बुटवल | बैशाख २, २०८१
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा प्रकरणमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।
झण्डै २ महिना लगाएर अनुसन्धान सकी जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा प्रतिवेदन बुझाएको रुपन्देहीका प्रहरी प्रमुख (एसपी) रञ्जित राठौरले जानकारी दिए ।
प्रहरीले बचतकर्ताको उजुरी र सहकारी प्रतिवेदनका आधारमा यो सहकारी ठगी प्रकरणमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
‘हामीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यक्रममा शुक्रबार बुझाएका छौं’, एसपी राठौरले लोकान्तरसँग भने, ‘अनुसन्धानले २८ जनालाई प्रतिवादी बनाएको छ । अरू बिस्तारै पछि आउँदै जानेछ ।’
‘हामीले अध्यक्ष जीबी राई, सचिव दीपेश पुनसहित सहकारीका पदाधिकारी र पक्राउ परेका सबैलाई प्रतिवादी बनाएर प्रतिवेदन पठाएका छौं,’ एसपी राठौरले थपे ।
सहकारीको रकम हिनामिनामा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई गत चैत २ गते पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याइएको थियो ।
पुनसहित सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव दुर्गा चापागाईंलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
पछि सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीका आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिएको थियो ।
विक्रम संवत् २०७२ फागुनको साधारण सभाबाट सुप्रिमको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र कोषाध्यक्ष दीपेश पुन चयन भएका थिए ।
विक्रम संवत् २०५७ सालमा बुटवलमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर पछि २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।
त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहामा रहेको छ ।
विक्रम संवत् २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए ।
पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको खुलेको छ । राई अहिले फरार छन् ।
बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए ।
पुन नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय महासचिवसमेत हुन् ।
करोडौं रकम सहकारीले हिनामिना गरेपछि बचतकर्ताहरू अहिले बिचल्लीमा छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...