×

NMB BANK
NIC ASIA

एमाले सचिवालय बैठक

कांग्रेस 'शक्ड', रविमाथि राजनीतिक प्रतिशोध – एमाले

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहकारी मुद्दामा नेपाली कांग्रेस एकोहोरो गृहमन्त्री रवि लामिछानेमाथि खनिनु राजनीतिक प्रतिशोध भएको बताएका छन् ।

Muktinath Bank

आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबारे सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै उनले अहिले बनेको नयाँ सत्ता समीकरण देखेर कांग्रेस शक्ड भएकोसमेत बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपाली कांग्रेसका साथीहरूले बेला मौकामा हसाउनुहुन्छ,' उनले भने, 'कांग्रेसले जे माग लिएर सदनमा अवरोध गरेको छ, यो तर्कसंगत भएन ।'


Advertisment
Nabil box
Kumari

उनले सहकारीमा देखिएको समस्या समाधान गर्नुपर्ने विषयमा आफूहरू सहमत भएपनि कांग्रेसले एउटा व्यक्तिलाई निशाना बनाएकोले यसमा राजनीतिक प्रतिशोध देखिएको दाबी गरे ।

Vianet communication

'यसको साङ्गोपाँगो अनुसन्धान गर्ने विषयमा सदनमा रहेका सबै दलहरू सहमत छन्,' उनले भने, 'तर कांग्रेसले एउटा व्यक्तिलाई निशाना बनाएर प्रतिशोध साँधेको छ । आफूले प्रधानमन्त्री प्रस्ताव गर्दा यो माग कहाँ हरायो, अर्को समीकरणमा आउनेबित्तिकै सदन नै चलन नदिने ?'

उनले नेपालको कानूनअनुसार कोही पनि दोषी प्रमाणित नहुने बेलासम्म निर्दोष हुने बताए । 'गृहमन्त्रीलाई सदनमा गएर बोल्छु भन्दा पनि रोक्ने,' उनले भने, 'सरकार डराएर भाग्यो भन्ने कुरा राजनीतिक प्रतिशोध हो ।'

उनले २० वर्षसम्म सत्तामा रहन्छु भनेर आशा गरेको कांग्रेस एकाएक सत्ताबाट हुत्तिनु पर्दा शक्ड भएको प्रतिक्रिया पनि दिए ।

उनले भने, 'सरकारबाट यसरी हटिन्छ भन्ने थाहा थिएन कांग्रेसलाई । २० वर्षसम्म सत्तामा हुने उहाँहरूको आशा थियो । उहाँहरू अहिले शक्ड हुनुहुन्छ ।'

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले आज बसेको सचिवालय बैठकमा संक्षेपमा पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा गरेको बताए ।

'फागुन २१ गते सत्ता समीकरणलाई लिएर पनि हामीबीच छलफल भयो,' प्रवक्ता ज्ञवालीले भने, 'समग्रमा अहिले बनेको गठबन्धन सकारात्मक छ । देश फस्दै गएको थियो, यसले सही दिशातिर ल्याउन सफल भएको छ ।'

उनले अहिलेको गठबन्धनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, भ्रष्टाचारविरुद्ध अभियान प्रभावकारी रूपमा लैजाने अहिलेको निराशालाई चिर्ने गरी काम गरिरहेको दाबीसमेत गरे ।  

'अझ बढी सरकारले जनतालाई विश्वास दिलाउने काम गरोस्, अझ गति लेओस् भन्ने अपेक्षा छ,' उनले भने ।

उनले आगामी वैशाख ८ गते दशौँ महाधिवेशनका प्रतिनिधिहरूको बैठक बोलाइएको बताए । 'दशौँ महाधिवेशनमा सहभागी डेलिगेट्स आउने, ५ वर्षका लागि भ्यालिडेट गर्ने, समीक्षा गर्ने । विधान महाधिवेशन पनि डेलिगेट्सले नै गर्ने निर्णय भएको छ,' उनले भने ।

दशौँ महाधिवेशनमा २१ सय ५३ प्रतिनिधि सहभागी थिए । प्रवक्ता ज्ञवालीले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी काम गर्न लागिएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x