मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ ।
कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।
कामपाको शिक्षा विभाग प्रमुख सरस्वती पोखरेलले अङ्ग्रेजी नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सार्वजनिक सूचना दिनुका साथै विद्यालयमा पत्र बुझाइएको जानकारी दिँदै भनिन्, “पत्र पठाइएकामध्ये करिब दुई सयजति सम्पर्क राख्न आएका छन् ।” उनका अनुसार करिब सवा सय विद्यालयले अटेर गरिरहेका छन् । “सम्पर्कमा आएकाले आफू नाम सच्याउन तयार रहेको बताएका छन्,” उनले भनिन्, “कतिपयले नयाँ नामकरणका लागि प्रस्ताव पनि ल्याइसकेका छन् ।” गोरखापत्रमा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...