×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेस कोशीमा बबन्डरदेखि सुदूरपश्चिममा सोडारीलाई चुनौतीसम्म

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Muktinath Bank

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८०औं सचिवालय बैठकले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेका कतिपय नेताहरु अनिच्छुक रहेको बताइएको छ भने नागरिक उन्मुक्ति पार्टी पनि एकमत नरहेकाले अन्योलता कायमै छ।  सबै विषय मिलाएर मुख्यमन्त्री बन्न सोडारीलाई चुनौती छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो । 
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा बबन्डर भएको छ । मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच बुधवार हात हालाहालको अवस्था आएको हो ।


Advertisment
Nabil box
Kumari

राईलाई कुट्न मुख्यमन्त्री कार्की सुर्किएर गएका थिए । त्यसपछि राईले पनि उसै गरेर मुख्यमन्त्री कार्कीमाथि जाइलाग्न खोजे । तर उनलाई अरुले छेकेकाले कुटाकुट हुन नपाएको एक सांसदले बताए ।

Vianet communication
Laxmi Bank

बिहान १० बजे बोलाएको बैठक १२ बजेपछि मात्रै बसेको थियो । मुख्यमन्त्री कार्की कुम्भ मेलामा गएर आएपछि बैठक लम्बिएको  थियो । यसले गर्दा उनी दिउँसो साढे ३ बजेतिर बैठकमा गएका थिए । बैठकमा कार्की नेतृत्वको सरकार बचाउनु हुँदैन भन्ने आवाज संस्थापन  र कृष्णप्रसाद सिटौला पक्षका सांसदले गरेका थिए । यसको जवाफ मुख्यमन्त्री कार्कीले दिन थालेपछि हात हालाहालको स्थिति आएको एक सांसदले बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको उपनिर्वाचनमा धेरै पैसा खर्च नगर्न प्रतिस्पर्धी दललाई सुझाव दिएका छन् ।

इलाममा सत्ता गठबन्धनका साझा उम्मेदवार सुहाङले जित्ने उनले दाबी गरे । इलामको मंगलवारेमा बुधवार चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुवास नेम्वाङले पटक पटक चुनाव जितेको क्षेत्रमा जनता झुक्याउन नभई विकासको एजेन्डा लिएर आएको बताएका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

००००
नेपाल विद्यार्थी सङ्घ आरआर क्याम्पस इकाईले बुधवार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । सो क्रममा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला दहन तथा मार्सल जुलुससमेत निकालेका थिए । 
 

गृहमन्त्री लामिछानेले राजीनामा नदिएसम्म आन्दोलनको कार्यक्रम जारी रहने विद्यार्थीहरूको भनाइ छ ।
००००
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।  उनको साथबाट स्रोत नखुलेको केही रकम समेत बरामद भएको छ । 

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।
००००
ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । 

ललितपुरका एसएसपी शेखर खनालले सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको छ । फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ । ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ ।
००००
नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन सारेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधवार बसेको ८०औं सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको  पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने तय भएको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारिएको हो ।
००००
पाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ ।
 पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बुधवार विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् ।
००००
ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणका खेलमा नेपालले लगातार चौथो खेलमा जीत निकालेको छ ।

अल अमरात क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएसँगै ४ खेलमा शतप्रतिशत जीत निकालेको हो ।
००००
लागुऔषध मुद्दामा फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधवार पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई पेप्सीकोलामा गाडीमा सवार रहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
००००
५० करोड रुपैयाँ हाराहारी पुँजीगत बजेट हुने युवा तथा खेलकुद मन्त्रालयमा ५० अर्बभन्दा बढी रकमका योजनाको माग गर्दै निवेदन परेका छन् ।

सभामुखदेखि मन्त्री, सांसद र स्थानीय तहसहित विभिन्न संस्थाका व्यक्तिसम्मले रंगशाला र खेलकुद मैदान निर्माणका लागि अर्बौं बजेट माग गर्दै निवेदन दिएका हुन् ।

 प्रायले रंगशाला, खेलकुद मैदान र कभर्ड हल निर्माण गरिदिन, खेलकुद मैदान स्तरोन्नति गरिदिन र खेलकुद प्रतियोगिताका लागि बजेट छुट्याइदिन भन्दै निवेदन दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x