कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती शुरू गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिवारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती शुरू गरेको हो ।
त्रिनगर भन्सार सीमास्तम्भबाट शुरू भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए ।
उनले त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट पैदल गस्ती शुरू भएर सीमास्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर समापन गरिने बताए ।
भारतसँग जोडिएको एक सय एक (१०१) किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्ने उनको भनाइ छ ।
पैदल गस्तीमा सीमास्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको जनाइएको छ ।
सो क्रममा सीमास्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिने भएको छ ।
सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा शुरू भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीति दलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग अन्तरक्रिया गर्ने जनाइएको छ ।
तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रहरी उपरीक्षक पाण्डेले आठ दिनसम्म गस्ती टोलीले दिन र रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने जानकारी दिए ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...