×

NMB BANK
NIC ASIA

प्रहरीको फन्दामा शृङ्खलाबद्ध चोरी गर्ने ‘फाखेल समूह’

६ महिनामा ६ जनाले लुटे पूर्वका २४ सहकारीको ५० लाख

विराटनगर | बैशाख १२, २०८१

NTC
Premier Steels

६ महिनाको अवधिमा ६ जनाको गिरोहले झापा र मोरङमा २४ वटा  सहकारी लुटपाट गरेको खुलेको छ । २४ सहकारीबाट उनीहरूले झण्डै ५० लाख रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुमान छ । झापामा मात्रै १२ वटा सहकारीबाट ३० लाख १६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

मोरङमा पनि त्यही समूहले करिब १२ वटा सहकारी लुटेको प्रहरीको अनुमान छ । मोरङका सहकारीबाट करिब २० लाख लुटिएको प्रहरीले जनाएको छ । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङ ल्याएर पुनः प्रहरीले अनुसन्धान गर्ने तयारी गरेको छ । झापा प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा अभियोग दर्ता गरेपछि मोरङमा ल्याएर पुनः अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको अनुसन्धानबाट झापा र मोरङको दुई दर्जन सहकारी लुटपाट गर्ने समूह एउटै रहेको खुलेको हो । ६ महिनाको प्रयासपछि चोरीमा संलग्न ६ जनालाई प्रहरीले गत शुक्रबार सुनसरीको इटहरीबाट पक्राउ गरेको थियो । 


Advertisment
Nabil box
Kumari

पक्राउ पर्नेमा ‘फाखेल समूह’ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङतान उर्फ सुनिल, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङतान, २८ वर्षका अजय राना मगर र  २६ वर्षीय सुजन स्याङ्तान छन् । उनीहरूलाई वैशाख ७ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Vianet communication

null

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ फाखेल घर भएका आरोपीहरूले सहकारीलाई मात्रै टार्गेट गरेर चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । समूहले ‘गुगल म्याप’ सेट गरेर सहकारी पत्ता लगाउने र  सर्भिलेन्स (निगरानी) गरेर चोर्ने गरेको पाइएको अनुसन्धानमा खटिएका प्हरी अधिकारी बताउँछन् । 

आरोपीहरूले राति १२ बजेदेखि २ बजेको बिचमा सहकारी फुटाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले बताए । उनीहरूले मंगलबार, बिहीबार र शुक्रवार सहकारीमा चोर्न गरेको देखिएको उनले बताए । मास्क र टोपी लगाएर चोर्ने गरेको गरेको सीसीटीभी फुटेजमा देखिएको छ । 

कहाँ-कहाँ भयो चोरी ?
प्रहरीका अनुसार उनीहरूको समूहले गत मंसिर २६ गते दमकस्थित काबेली साना किसान सहकारी संस्थामा चोरीको पहिलो प्रयास गरेको थियो । त्यहाँ केही फेला नपरेपछि समूहले गत पुस २६ गते मध्यरातमा झापाको हल्दीबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्था फोडेर साढे ३ लाख रुपैयाँ चोरी गरेका थिए । दमक, हल्दिबारी हुँदै त्यसपछि जिल्लाका विभिन्न पालिकामा रहेका सहकारी संस्थाहरूमा श्रृङ्खलाबद्ध चोरीमा उनीहरूको संलग्नता रहेको देखिएको डीएसपी चन्दले बताए । उनीहरूले माघ १७ गते हल्दीबारी–४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्र एकै पटक चोरी गरेका थिए । नगद एक लाख २५ हजार चोरी गरेका थिए भने दूध सङ्कलन केन्द्रबाट नगद २६ हजार चोरी गरेको प्रहरीको भनाइ छ ।  

चैत २१ गते झापाको गौरादह ५ मा एकै रातमा तीन वटा सहकारीबाट ६ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको चोरी गरे ।  उनीहरूले जनहित साकोसबाट ५ लाख, महारानी साकोसबाट ८५ हजार ५०० र साना किसान सहकारीबाट ५४ हजार चोरी गरेका थिए । 

चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी गरेका थिए । चैत २० गते कचनकवल गाउँपालिका–२ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र साना किसान सहकारी संस्थामा चोरी गरेका थिए । 

मोरङको बेलबारी–१० नारायण चोकस्थित झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर ३५ हजार पाँच सय रुपैयाँ चोरी भएको थियो ।  बेलबारी ३ सहकारी मार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो । त्यस्तै पुस १२ गते कानेपोखरी ७ स्थित जनमुखी बचत तथा ऋण सहकारीबाट ४ लाख १४ हजार ८०१ रुपैयाँ, माघ २९ गते राति कानेपोखरी–६ स्थित आदर्श बचत तथा ऋण सहकारीबाट ९३ हजार ९६० रुपैयाँ, फागुन २ गते पथरीशनिश्चरे ८ स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारीबाट चार लाख ७६ हजार १६६ रुपैयाँ चोरी भएको थियो । 

त्यसैगरी फागुन १५ गते राति लेटाङ–२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारीबाट १२ लाख ८१ हजार ३० रुपैयाँ, खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५८५ रुपैयाँ र गोदावरी सेवा केन्द्रबाट ८ लाख ९० हजार ४४५ रुपैयाँ चोरी भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x