×

NMB BANK
NIC ASIA

अढाइ वर्षीया बालिका सिलगुढीमा बेचिइन्, भविश्यमा डाक्टर बनाइदिने अभिभावकलाई प्रलोभन

बेचबिखनमा संलग्न एक महिला पक्राउ

काठमाडाैं | बैशाख १३, २०८१

NTC
Premier Steels

अढाइ वर्षकी बालिकालाई भारतको सिलगुढी पुर्याएर बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी घर भएर काठमाडौं जडिबुटीमा डेरा गरीबस्ने उर्मिला भनिने कल्पना विश्वकर्मा छिन् । 

Muktinath Bank

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार विश्वकर्माले आर्थिक अवस्था कमजोर भएकी ती बालिकाको अभिभावकलाई ललाइफकाइ गरेर भारतको सिलगुढी पुर्याएकी थिइन् । गत चैन २९ गते विश्वकर्मा मकवानपुरमै पुगेकी थिइन् । ‘तिमीहरूको आर्थिक अवस्था कमजोर छ, छोरीलाई काठमाडौंमा पढाएर ठूलो मान्छे बनाइदिन्छु, काठमाडौंमा पढाउने संस्थाहरू छन्’ भन्दै विश्वकर्माले बालिकालाई घरबाट लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले ती बालिकालाई ‘डाक्टर र पाइलट बन्छिन्’ भन्दै परिवारलाई फकाएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवारबाट बालिकालाई लिएर गएपछि विश्वकर्माले चार दिनसम्म काठमाडौंस्थित डेरामा ल्याएर राखेकी थिइन् । ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार विश्वकर्माले बालिकालाई बिक्री गर्ने उद्देश्यले भारतको सिलगुढी पुर्याएकी थिइन् । ‘अचम्म कुरा त बालिकालाई विश्वकर्माले सिलगुढीस्थित साथीलाई जिम्मा लगाएपछि उनको परिवारलाई संस्थाले पठाएको भन्दै आईएमई गरेर २० हजार पठाएका पाइयो,’ फुयालले भने,‘ बालिकालाई मकवानपुर प्रहरी र अन्य उद्धार संस्थाको सहयोगमा वैशाख १० गते उद्धार गरियो ।’ 


Advertisment
Nabil box
Kumari

ब्युरोले मानव बेखबिखन तथा ओसारपसार मुद्दामा विश्वकर्माविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट सात दिनको थुना अनुमति लिएको छ । बालिकालाई हाल सुरक्षित आवास गृहमा राखिएको ब्युरोले जनाएको छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x