×

NMB BANK
NIC ASIA

इन्डिगोले एअरबससँग ३० वटा जेट विमान खरिद गर्ने

काठमाडाैं | बैशाख १३, २०८१

NTC
Premier Steels

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न सहमति भएको एयरबसले बिहीबार जनाएको छ ।

Muktinath Bank

“भारतको सबैभन्दा ठूलो एयरलाइन कम्पनी इन्डिगोले ३० वटा एयरबस ए–३५०–९०० विमान खरिद्का लागि सहमति भएको एयरबसले पुष्टि गरेको छ,” युरोपियन विमान निर्माण कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी दिनमा हस्ताक्षर हुने र सूची मूल्यमा ९.५ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा भारतीय कम लागतको सेवाप्रवाही बजार शेयरको आधारमा देशको सबैभन्दा ठूलो कम्पनी इन्डिगोले ए–३५० समूहबाट थप ७० विमानहरू किन्ने थप प्रस्ताव पनि गरेको छ ।


Advertisment
Nabil box
Kumari

आफूलाई लामो दूरीको बजारमा एक महत्वपूर्ण सेवा प्रदायकको रूपमा स्थान लिएको इन्डिगोले सन् २०२७ देखि विमान खरिद् सुरु हुने जनाएको छ । 

Vianet communication

इन्डिगोले सन् २०२४ मा १० करोड यात्रु बोकेको थियो ।

पन्ध्र हजार किलोमिटर (नौ हजार ३०० माइल) सम्मको दूरीमा चलाउन मिल्ने ए–३५० विमानको आपूर्तिले इन्डिगोलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सञ्जाललाई थप विस्तार गर्न सहज हुनेछ । 

“इन्डिगोसँगको हाम्रो घनिष्ठ साझेदारीमा यो एउटा रोमाञ्चक नयाँ अध्याय हो,” एयरबसका व्यावसायिक बिक्रीका कार्यकारी उपाध्यक्ष बेनोइट डे सेन्ट–एक्सुपेरीले भन्नुभयो । 
एयरबस र इन्डिगोले गत वर्षको पेरिस एयर शोमा ए–३२० नियो समूहका ५०० विमान खरिद्का लागि सहमति जनाएको १० महिनापछि यो अर्को सम्झौताका लागि सहमति भएको हो । 

उक्त बृहत् सम्झौताको सूची मूल्य ५५ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्छ । यद्यपि, वास्तविकतामा विमानसेवा कम्पनीहरूले यसमा महत्त्व छुट पाउँछन् । 

इन्डिगोका जनरल डाइरेक्टर पिटर एल्बर्सले एक विज्ञप्ति जारी गर्दै यो सम्झौताले ‘विश्व उड्डयनको एक प्रमुख खेलाडीमा रूपान्तरणको अर्को चरण’ लाई सङ्केत गरेको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x