×

NMB BANK
NIC ASIA

सप्तरीमा बागी उम्मेदवारले दलहरू हैरान

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

राजविराज, १९ कात्तिक-अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा (एमाले) – नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । 

मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उहाँविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिनुभएको छ । 

वाम गठबन्धनका तर्फबाट सोही क्षेत्रमा पूर्वमन्त्री उमेश यादवले उम्मेदवारी दिनुभएकामा उहाँविरुद्ध माओवादीकै मजदुर नेता केदार देव प्रतिस्पर्धामा उत्रिनुभएको छ । 

यस्तै एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नं १ को (क) बाट प्रदेशसभाको उम्मेदवार बनाए पनि उहाँविरुद्ध एमालेकै जिल्ला कमिटी सदस्य प्रकाश खतिवडाले वागी उम्मेदवारी दिनुभएको हो । खतिवडा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वतमान अध्यक्षसमेत हुन्नुहुन्छ । 

त्यस्तै राजपाबाट माओवादीमा प्रवेश गर्नुभएका शशि यादवलाई क्षेत्र नं ४ को (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले वागी उम्मेदवारी दिनुभएको हो । 

राजपाका महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरी २ नं क्षेत्रको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेपछि उहाँविरुद्ध उहाँकै पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव पनि वागी उम्मेदवार बन्नुभएको छ । सुमनविरुद्ध संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदवारी दिनुभएको छ । यादव यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदमा राजपाका शम्भु यादवसँग पराजित हुनुभएको थियो । 

त्यसैगरी राजपा र फोरम गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजपाका केन्द्रीय उपाध्यक्ष नवकिशोर साहविरुद्ध पनि वागी उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेशसभा (ख)बाट उम्मेदवारी दिनुभएका राजपाका केन्द्रीय उपाध्यक्ष साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा उम्मेदबार बन्नुभएको उक्त कार्यालयले जनाएको छ । 

यस्तै मधेशी दलको गठबन्धनबाटै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका राजपाका नेता मृगेन्द्रसिंह यादवविरुद्ध उहाँकै आफ्नै भाइ फोरमका सप्तरी इन्चार्ज अनिरुद्ध सिंह यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

राजपा फोरम गठबन्धनबाट क्षेत्र नं ३ को (ख)बाट उम्मेदवारी दिनुभएका विन्देश्वर यादवविरुद्ध फोरम नेपालले वागी उम्मेदवार उभ्याएको छ । यादवविरुद्ध फोरम नेपालले जिल्ला सचिव उपेन्द्र यादवलाई वागी उम्मेदवार बनाएको हो । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीका चार वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना र आठ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x