×

NMB BANK
NIC ASIA

न लाठीचार्ज, न प्रतिवाद : खुलायो कास्की प्रहरीले अवरुद्ध बाटो

पुस २६, २०७४

NTC
Premier Steels

पोखरा, २६ पुस– पोखराको पृथ्वीचोक–लखनचोकमा बुधबार बिहानैदेखि ट्याक्सी चालकहरु प्रहरी–प्रशासनकाविरुद्ध नाराबाजी गर्दै उफ्रिरहेका थिए । उनीहरुले आफ्ना ट्याक्सीलाई चोकमा तेस्र्याएर बाटो अवरुद्ध गरिरहेका थिए । उनीहरु यति आक्रोशित थिए कि युद्धमा गोलाबारी चलिरहँदा पनि रोक्न नपाइने एम्बुलेन्सलाई अघि बढ्न दिईरहेका थिएनन् ।

Muktinath Bank

एम्बुलेन्सहरु जताबाट आयो उतै फर्किएर वैकल्पिक बाटो खोज्न वाध्य थिए । सैयौंको संख्यामा परिचालित प्रहरीहरु ट्वाल्ल परेर हेर्न वाध्य थिए । कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री ट्याक्सी चालकहरुलाई आ–आफ्नो ट्याक्सी हटाएर बाटो खोल्न अनुरोध गरिरहेका थिए । तर उनको अनुरोधलाई कसैले सुनेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखराको पृथ्वीचोक–लखनचोकमा ठूलै घटना हुने हो कि भनेर सबै त्रसित बनिरहेका थिए । सबैले बाटो खुलाउन नमान्ने ट्याक्सी चालकहरुलाई लाठीचार्ज गराएरै भएपनि प्रहरीले बाटो खुलाउने अनुमान सबैले गरिरहेका थिए ।
यस्तो अवस्था देखेका बाटो हिंड्ने बटुवा अनि सर्वसाधारण कास्की प्रहरीको निरीहताको कटु रुपमा आलोचना गरिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

यस्तो आलोचना सामाजिक सञ्जालहरुमा पनि देखिन थालेको थियो । त्यस्तै करीब साढे १२ बजेतिर आफूलाई हिन्दी सिनेमाको हिरो सिंघमका रुपमा चिनाउन चाहने कास्की प्रहरी प्रमुख एसपी अशोकसिंह भीडमा पुगे । त्यतिबेलासम्म चोकमा संयौंको संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु तैनाथ भैसकेका थिए । उनीहरु आवश्यक परे भीड नियन्त्रण गर्न लाठी चार्ज गर्न तमतयार भएर बसेका थिए ।

Vianet communication

त्यही तनावका बीचमा भीड छिचोल्दै पृथ्वीचोक–लखनचोकमा पुगेका कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले आफ्ना प्रहरी जवानहरुलाई बाटोमा तेस्र्याइएका ट्याक्सीहरुलाई तत्काल उचालेर भएपनि बाटो खुलाउन निर्देशन दिए ।

उनको निर्देशनसँगै प्रहरी जवानहरुमध्ये कोहीले भटाभट बाटो छेकेर राखेका ट्याक्सीहरुलाई कोही धकेल्न थाले, कोहीले तान्न थाले । प्रहरीले ट्याक्सी हटाउन थालेपछि आक्रोशित ट्याक्सी चालकहरुले प्रतिवाद गर्ने र झडप हुनसक्ने आशंका उपस्थित सबैले गरेका थिए । तर कोही कसैले प्रतिवाद गरेनन् । केही बेर अघिसम्म चर्को आवाजमा प्रहरी प्रशासनको विरोध गर्नेहरु सबै पाखा लागेर बसे ।

प्रहरीले बाटो छेकेर राखिएका केही ट्याक्सीहरुलाई तानेर या धकेलेर बाटो खुलाए । न त्यहाँ लाठी चार्ज भयो, न प्रतिवाद । यसरी झडप हुने आशंकाबीच कास्की प्रहरीले ट्याक्सी चालकहरुलाई हटाएर सवारी साधनहरु बाटो खुलायो ।

बाटो खुलाएपछि मिटरमा चल्न नमानेको आरोपमा हिरासतमा राखिएका १८ जना ट्याक्सी चालकहरुलाई कास्की प्रहरीले आवश्यक कानूनी कारवाहीका लागि गण्डकी अञ्चल यातायात कार्यालय पोखरामा पठाएको छ ।
ट्याक्सीहरु मिटरमा नचलेको गुनासो सुनिएपछि कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा चल्न नमान्ने १८ जना ट्याक्सी ड्राइभरहरुलाई मंगलबार पोखराका विभिन्न ठाउँबाट  समातेर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो ।

उपभोक्ताहरुलाई मनपरी भाँडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएकोमा आवश्यक कानूनी कारवाहीका लागि यातायात कार्यालय पठाइएको  कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x