चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २४, २०७४
पाकिस्तान र नेपाल मिलेर सार्क प्रक्रियालाई पुनरुत्थान गर्ने सहमति गर्दा नयाँ दिल्लीमा खतराको घन्टी बजाएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई काठमाडौंमा भेटे अनि उनले नेताहरूलाई सार्क अध्यक्षका रूपमा नेपालले इस्लामाबादमा सकेसम्म छिट्टो सम्मेलनको पहल गर्न आग्रह गरे ।
अब्बासीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरे र काठमाडौंस्थित सार्क सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरे ।
अब्बासी र ओलीले १९औं सार्क सम्मेलन इस्लामाबादमा आयोजना गरेर नयाँ दिल्लीलाई कुना पार्ने योजना बनाएका छन् । सन् २०१६ मा उक्त सम्मेलन स्थगित भएको थियो । भारतको उरी, जम्मु कश्मीरस्थित सैन्य अड्डामा आतंकवादी आक्रमण गरिएपछि सबै सार्क मुलुकले भारतसँग एक्यबद्धता जनाउँदै सम्मेलन बहिष्कार गरेका थिए ।
नेपालले सार्क अध्यक्षका रूपमा सम्मेलन बहिष्कार गर्न त सकेको थिएन तर इस्लामाबादमा सम्मेलन आयोजना गराउन अस्वीकार गरेको थियो ।
सार्कको वर्तमान अध्यक्ष नेपालले नयाँ प्रधानमन्त्री पाएको छ । स्रोतहरूका अनुसार, नेकपा एमालेका अध्यक्षले भारतको अधीनमा रहेको यो क्षेत्रीय संगठनमा चीनलाई पनि सदस्यका रूपमा जोड्न चाहेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जारी गरेको वक्तव्यमा दुई प्रधानमन्त्रीले क्षेत्रीय विकासलाई प्रवर्द्धन गर्ने विषयमा छलफल अनि सार्कलाई थप प्रभावकारी संगठन बनाउनका लागि अन्य पहलकदमीहरू गर्ने कुरा उल्लेख छ । यसले यी दुई देश चीनलाई सार्कमा भित्र्याएर भारतलाई एक्ल्याउन चाहन्छन् भन्ने पत्ता लाग्छ ।
इस्लामाबाद र काठमाडौंले सुषुप्त अवस्थामा रहेको सार्कलाई पुनरुत्थान गर्ने प्रयासलाई अन्य दक्षिण एसियाली मुलुकको पनि समर्थन रहनेछ । पाकिस्तानका सबै कदमलाई यतिखेर माल्दिभ्सले समर्थन गर्न सक्छ किनकि अहिले माले र नयाँ दिल्लीबीचको द्विपक्षीय सम्बन्ध सबभन्दा न्यूनतम विन्दुमा छ ।
विगतमा बंगलादेशी कूटनीतिज्ञहरूले नयाँ दिल्लीसँग भन्दा बेइजिङसँग धेरै कुरा पाउन सफल भएका थिए । एसियाका दुइ ठूला शक्तिबीच सन्तुलनको खेल खेल्न अनि दुवैबाट अधिकतम फाइदा लिनका लागि उनीहरू पनि सार्कमा चीनलाई स्वागत गर्नेछन् ।
अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले पाकिस्तानसँग सम्बन्ध सुधार्न चाहेका छन् र उनले तालिबानसँग शक्ति बाँडफाँट गर्ने इच्छा पनि देखाएका छन् । उनी पनि इस्लामाबादमा हुने सार्क सम्मेलनमा भाग लिन चाहन्छन् ।
यसरी पाकिस्तानतिर सन्तुलन ढल्केपछि श्रीलंका र भुटान पनि यस समूहबाट बाहिर रहन चाहँदैनन् र उनीहरूले इस्लामाबादमा हुने १९औं सार्क सम्मेलनमा भाग लिनेछन् ।
भारतलाई शक्तिहीन बनाउनका लागि चीन पनि सार्कमा जोडिन चाहन्छ र उसले स्ट्रिङ अफ पर्ल्स तथा पेटी सडक परियोजनाअन्तर्गत विशाल लगानीको अफर गरिरहेको छ । भारतको हातबाट नियन्त्रण गुम्दै जाँदा विदेश मन्त्रालयका अधिकारीहरूले सार्कलाई सुषुप्त अवस्थामा राखिरहने निर्णय गर्दा नयाँ दिल्लीका लागि त्यो प्रत्युत्पादक हुन सक्छ ।
यसरी घटनाक्रम विकसित हुँदा भारत चिन्तित भएको छ किनकि यसले दक्षिण एसियामा क्षेत्रीय महाशक्तिका रूपमा भारतको स्थितिमा गम्भीर असर पार्नसक्छ ।
- डेलीओ डट् इनबाट
भावानुवाद - विन्देश दहाल
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...