×

NMB BANK
NIC ASIA

महाकालीमा घाट बनाउन चार करोडको ठेक्का

चैत २२, २०७४

NTC
Premier Steels

महेन्द्रनगर, २२ चैत– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीमा अन्त्येष्टि घाट बनाउने प्रक्रिया शुरु गरिएको छ । महाकाली नदीको ऐरीघाट निर्माण हुने अन्त्येष्टि घाटका लागि ठेक्का आव्हान गरिएको छ  । 

Muktinath Bank

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि चार करोड ५० लाखको ठेक्का आव्हान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले डिभिजन कार्यालयले ठेक्का आव्हान गरी अन्त्येष्टि घाट निर्माणको प्रक्रिया शुरु गरिएको बताए । ‘यो लामो समयदेखि माग हुँदै आएको एजेण्डा हो, अहिले टेण्डर भएको छ, अब सम्झौता गरी अघि बढ्छ,’ नगर प्रमुख विष्टले भने ।


Advertisment
Nabil box
Kumari

तीन वर्षसम्म सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम अन्र्तगतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ । यस बाहेक कार्यक्रम अन्तर्गत विभिन्न वडामा सडक कालोपत्रेका योजना छन् । 

Vianet communication

भीमदत्त नगरपालिकाको सहरी विकास शाखाका इन्जिनियर गोरख बहादुर सिंहले गुरुयोजना बनाएर अन्तेष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताए ।

‘अन्त्येष्टि घाट कस्तो बनाउने भन्ने गुरु योजना तयार गरी टेण्डर गरिएको छ,’ उनले भने, ‘अब योजान अनुसार घाट निर्माण कार्य शुरु हुन्छ ।’

चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चार/चार घर हुने गुरु योजनामा उल्लेख गरिएको छ । यसैगरी हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

महाकाली परमधाम शान्ति घाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणको सपना पूरा हुन लागेको बताए । ‘महाकाली नदीमा घाट निर्माणका लागि वर्षौदेखि माग गर्दै आएका छौं,’ उनले भने, ‘यस पटक बल्ल पूरा हुने भयो । यसले खुसी छौ, योजना अनुसार राम्रो घाट बनोस् ।’

समितिले घाट निर्माणका लागि नगरपालिकालाई दबाव दिन तीन वर्ष अघि कुशको शव बनाएर नगरपालिका कार्यालयको कोठामा राखेका थियो । घाट निर्माण प्रक्रिया
शुरु गरिएपछि शव जलाउने तयारी गरिएको छ । ‘घाट निर्माणका लागि शव राखेका थियौ, अब प्रक्रिया शुुरु भएकाले जलाउँछौ,’ उनले भने ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशी लगायतले घाट निर्माणका लागि अभियान चलाएका थिए । 

२०६७ मा महाकाली परमधाम शान्ति घाट निर्माण समिति गठन गरिएको थियो । यसैबीच ऐरी घाटमा घाट निर्माण प्रक्रिया शुरु गरिएपछि तीन वर्षदेखि नगरपालिकाको कोठामा राखिएको कुशको शवको दाहसंस्कार गरिने भएको छ ।

महाकाली परमधाम शान्ति समितिले बुधबार महाकाली नदीमा शव जलाउन लागेको छ । अन्त्येष्टि घाट नभएसम्म शव नलजाउने माग सहित तीन वर्ष अघि कार्यालयको कोठामा राखिएको थियो । समितिका अध्यक्ष जोशी सहितले कपाल मुन्डन गरी शवलाई कोठामा राखेका थिए ।

समितिका अध्यक्ष जोशीले अन्त्येष्टि घाट निर्माणको प्रक्रिया शुरु गरिएकाले बुधबार शवको दाहसंस्कार गरिने बताए । ‘माग पूरा हुन लागेको छ, मेयर सापले पनि शव जलाउन आग्रह गर्नु भयो,’ उनले भने, ‘त्यसै अनुसार भोलि (बुधबार) शवको शव यात्रा गरी महाकालीमा अन्त्येष्टि गर्नेछौ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x