×

NMB BANK
NIC ASIA

३३ किलो सुन प्रकरण : पूर्व डिआईजी निरौलालाई बिराटनगर झिकाइयो, २२ जनामाथि अनुसन्धान चल्दै

बैशाख १०, २०७५

NTC
Premier Steels

बिराटनगर, १० वैशाख–  गत माघमा तस्करी गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्याएर हराइएको भनिएको ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पुर्ब डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याएको छ । 

Muktinath Bank

साडे ३३ किलो सुनसँगै सुनसँग सम्बन्धित भरिया उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका बिषयमा अनुसन्धान गर्न उनलाई बिराटनगर ल्याइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका पूर्व डिआइजी निरौलालाई बुद्ध एयरलाइन्समार्फत आज दिउँसो २ः३० बजे विराटनगर ल्याएको हो । निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङको बा. १ झ १२९१ नम्बरको प्रहरीको भ्यानमा राखि प्रहरी कार्यालय लगिएको थियो । निरौलालाई लिन विराटनगर विमानस्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापा पुगेका थिए । निरौलालाई जिल्ला अदालत मोरङमा आजै म्याद थप गरी अनुसन्धानमा राखिएको छ । 


Advertisment
Nabil box
Kumari

निरौलालाई गृह मन्त्रालयको छानवीन समितिले आइतबार पक्राउ गरेको थियो । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।

Vianet communication

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो । तस्करीको साढे ३३ किलो सुन लुकाउन संलग्न रहेको भन्दै तस्करहरुकै समूहले गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या गरेको थियो । 

घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानवीन थालेको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको समितिले छानवीन गर्दै आएको छ । सहसचिव पौडेले नेतृत्वको समितिको निर्देशनमा अहिलेसम्म २२ जनालाई नियनत्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x