×

NMB BANK
NIC ASIA

वीर अस्पतालको सफाइ र रंगरोगनमा खटिएका धुर्मुस भन्छन्, ‘१५ दिनमा ‘वाह !’ भन्ने बनाउँछौं’

जेठ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ जेठ– देशकै जेठो अस्पताल हो, वीर । ठूलो संख्यामा बिरामीको उपस्थिति हुने भएकाले यहाँ हमेसा भीडभाड रहन्छ । अहिले अस्पतालको सरसफाइ तथा ममर्तसम्भार अभियान जारी रहेकाले अस्पतालको दाहिनेपट्टिको भर्‍याङ बन्द गरिएको छ ।

Muktinath Bank

अस्पतालको आकस्मिक कक्षतर्फ रहेको भर्‍याङबाट अर्को तलामा जाने व्यवस्था मिलाइएको छ । हामी सोमबार दिउँसो अस्पतालको दोस्रो तलामा पुग्दा त्यहाँ भित्ता तथा झ्यालहरूमा रंगरोगनको काम भइरहेको थियो । हामी अस्पतालको अवलकोन गर्दै तेस्रो तलातर्फ लाग्यौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो तलामा रहेको नाक, कान तथा घाँटी विभागतर्फ भित्तामा असरल्ल परेका तारहरूलाई लिष्टीले छोपिँदै थियो । हास्य कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस) ब्रस लिएर भित्तामा रंग लगाउँदै थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

रातो रंगको ब्रस लिएर बाल्टीमा रहेको फिक्का निलो रंग भित्तामा दल्दै गरेका उनलाई हामीले ‘नमस्कार !’ भन्यौं ।

उनले ब्रस हातमै लिएर मुसुक्क हाँस्दै नमस्कार फर्काए ।

‘कसरी अगाडि बढ्दै छ सरसफाइ र रंगरोगन अभियान ?’

‘हेर्नुस् न, यसरी नै गरिरहेका छौं, रंगरोगन, तार छोप्ने काम हुँदैछ, अस्पताललाई नै नयाँ रूप दिन लागिपरेका छौं,’ उनले भित्तामा रंग लगाउँदै जवाफ दिए ।

‘केही समय कुराकानी गरौं है,’ हाम्रो आग्रहलाई स्वीकार गर्दै उनले ब्रसलाई बाल्टिमा राखे ।

‘अहिले हामीले अस्पताललाई नै नयाँ बनाउने गरी कामहरू अगाडि बढाइरहेका छौं, अस्पतालमा अव्यवस्थित रहेको तारहरू लिष्टिङ गरिरहेका छौं, इलेक्ट्रोनिक्स, प्लम्बिङ, शौचालयको धारा मर्मत लगायतका काम हुँदैछ,’ अस्पतालमा भइरहेको काम देखाउँदै उनले भने, ‘वीर अस्पतालको सम्बन्धित विभागका कर्मचारीहरूसँग समन्वय गरेर हामीले काम गरिरहेका छौं ।’

सफाइ गर्न आउँदा रूप नै फेर्न मन लाग्यो

गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले अस्पतालको शौचालय सफा गरी शुरु भएको अस्पताल सफाइ अभियानले वीर अस्पतालको रूप नै फेरिँदै गएको छ । नेपाल सरकारका सरसफाइ दूत समेत रहेका धुर्मुस, सरसफाइकर्मी खेम शर्मा लगायतको टोलीले वीर अस्पतालमा बृहत रूपमा सरसफाइ र मर्मत सम्भार अभियान चलाएपछि वीर अस्पतालको काँचुली फेरिन लागेको  छ । 

शुरुमा अस्पतालको सरसफाइ मात्रै गर्ने योजना रहे पनि वीर अस्पतालको पुरानो अवस्थालाई देखेर रंगरोगन र स्वरूप परिवर्तन गर्न धुर्मुस आफैँ अस्पतालमा खटिएका छन् ।

‘शुरुमा सफाइ मात्रै गर्ने हाम्रो योजना थियो । स्वास्थ्य मन्त्रालयको परिकल्पना अनुरूप हामी सरसफाइमा सहभागी हुँदै गर्दा सरसफाइले मात्रै अस्पताल राम्रो हुने देखिएन । भित्तामा उडिसकेको रंग, असरल्ल परेका तारहरूले अस्पताललाई अव्यवस्थित नै देखियो,’ धुर्मुस बोल्दै गए, ‘हामीले बनाएको नमुना बस्तीजस्तै यो अस्पताललाई पनि नमुना बनाउनुपर्छ भनेर मैले परिकल्पना गरें, सबैको साझा अस्पताललाई किन राम्रो नबनाउने, हामीले राम्रो बनायौं भने यहाँ आउने बिरामी र अस्पतालकै कर्मचारीलाई पनि छुट्टै इनर्जी दिन्छ भनेर सरसफाइसँगै रंगरोगनको काम पनि गर्न थाल्यौं ।’

उनले सिस्नुपानी, भद्रगोल, सरसफाइकर्मी खेम शर्मा, वाग्मती सफाइ अभियान लगायतका सम्पूर्ण समूह मिलेर वीर अस्पतालको स्वरूप परिवर्तन कार्य अगाडि बढिरहेको जानकारी दिए । वीर अस्पतालको सरसफाइ तथा रंगरोगनका लागि अभियान्ताहरूको पहलमा रकम संकलन कार्य भइरहेको उनले बताए । उनले भने, ‘यो अभियान सरकारकै अभियान हो, सरकारलाई सघाउन हामी लागेका छौं ।’

हामीसँग कुराकानी गर्दै उनले रंगरोगन र तार व्यवस्थापनको काम सकिएको चौथो तलामा लगे । वीर अस्पतालको चौथो तला निकै सुन्दर देखिन्थ्यो । अस्पताल प्रशासन जानेतर्फ रहेको भित्तामा सुन्दर चित्रसमेत बनिसकेको रहेछ ।

‘पाँच दिन मात्रै भयो रंगरोगनको काम गरेको, हामीले चौथो तलाको काम लगभग सक्काइसकेका छौं । धुर्मुसले अस्पतालको अवस्था देखाउँदै भने, ‘अबको १५ दिनभित्रमा वीर अस्पताललाई तपाईं हामी सबैले कल्पना गरेको ‘वाह’ भन्ने बनाउँछौं ।’

धुर्मुस बिहानैदेखि रातिसम्म अस्पतालमै हुन्छन् । धुर्मुससँगै ५० भन्दा बढी अभियान्ताहरू वीर अस्पतालको सफाइमा लागेको छन् । अभियानलाई व्यवसायिक पेन्टर, प्लम्बरहरूले पनि साथ दिएका छन् ।

‘हाम्रो देशमा भीआईपी, भीभीआईपीहरू उपचार गर्न विदेशमा वा अन्य अस्पतालमा जानुहुन्छ, देशको इतिहास बोकेको र दक्ष डाक्टरहरू रहेको यस अस्पतालमा नआएको अवस्था छ,’ धुर्मुसले भने, ‘यो सफाइसँगै अब हामीले भीआईपीहरू समेत यही अस्पतालमा सेवा लिन आउने बनाउनेछौं ।’

स्वास्थ्य मन्त्रालयको विषेश पहलमा सरसफाइ अभियान शुरु भएको वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले बताए । वीर अस्पतालमा भएको सरसफाइ अभियानले देशभर सकारात्मक सन्देश गएको उनको भनाइ छ ।

उनले भने, ‘धेरै राम्रो काम शुरु भएको भनेर हामीलाई सुझाव पनि आएको छ, यो अभियानले देशभरका सार्वजनिक सम्पत्तिहरू यस्तै सफा र राम्रो भएमा हामी सबैलाई राम्रो हुन्छ  भन्ने सन्देश गएको छ ।’
वीर अस्पताल फोहोर भएर सफा गर्न लागिएको भन्ने हल्ला चलेको भन्दै उनले त्यो सत्य नभएको बताए ।

‘हाम्रो अस्पताल पहिले पनि सफा नै थियो, नयाँ टेक्नोलोजीबाट र विज्ञहरूको उपस्थितिमा यसलाई अझै राम्रो बनाउन सरसफाइ गरिएको हो,’ उनले भने, ‘अस्पतालमा भएको यो अभियानले मलाई मात्रै होइन, हाम्रा कर्मचारीलाई पनि धेरै ऊर्जा मिलेको छ, नयाँ प्रविधिबाट सरसफाइ गर्ने तरिका सिकाइ राख्नुभएको छ, अब आउने दिनहरूमा यो सिकाइले धेरै फाइदा गर्नेछ ।’

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x