माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौं, १९ असार– प्रहरीले अहिले राजधानीसहित देशभर गुण्डागर्दीमा संलग्न व्यक्तिको सूची तयार गरेर उनीहरुविरुद्धको कारबाही शुरु गरेको छ ।
प्रहरीको टार्गेट सूचीमा गुण्डा नाइके, छोटो समयका लागि ऋण परिचालन गरी चर्को ब्याज असुल्ने मिटरब्याजीदेखि लुटेरासम्म छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह गुण्डाको ग्रेड छुट्याएर निगरानी बढाएको बताउँछन् । ‘कानूनलाई मुठ्ठीमा लिएर समाजमा आतंक फैलाउने कसैले पनि उन्मुक्ति पाउँदैनन्,’ सिंह भन्छन्, ‘त्यस्ता व्यक्ति ढीलो चाँडो कानुनी दायरामा आउँछन् ।’
अपराध महाशाखाले पछिल्लो तीन सातामा गुण्डागर्दीविरुद्ध ५ वटा अपरेशन गरेको छ ।
अपराध महाशाखाले असार ७ गते काठमाडौंका मुलपानीमा खुँडे भनिने अमरबहादुर तामाङलाई नियन्त्रणमा लियो । उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु पर्यो ।
जेठ २८ गते काठमाडौंको शंखमुलमा पनि अपराध महाशाखाको टोलीले गोली नै चलाएर गुण्डा नाइके अशोक लामालाई पक्राउ गर्यो । यस्तै गत शनिवार (असार १५ गते) कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।
अपराध महाशाखाले गत जेठ २७ गते मिटरब्याजीका नाइके मानिने बलराम सापकोटा, आङकाजाी शर्पा र रघुनाथ पुरीले प्रशासनबाट लाइसेन्स लिएर राखेका हतियार जफत गर्यो । लाइसेन्स लिएर राखेका हतियारको दुरुपयोग गरेको भन्दै अपराध महाशाखाले उनीहरुबाट हतियार जफत गरेको थियो ।
महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंहबाट ६ जान हतियार जफत गर्यो । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर सिंहले मिटर ब्याजको धन्दा चलाइरहेका थिए ।
अपराध महाशाखा प्रमुख एसएसपी सिंह अहिलेको अपरेशन भनेको सुरुवाती चरण मात्र भएको बताउँछन् । ‘प्रहरीले तयार गरेको सूची अनुरुप गुण्डाहरु निगरानीमा पर्छन्, उनीहरुले कानून मिच्ने कुनै काम गरे तत्काल एक्सन लिइन्छ,’ सिंह भन्छन् ।
गुण्डागर्दीविरुद्धको कारबाहीका लागि अपराध महाशाखासँगै महानगरीय प्रहरी परिसर काठमाडौंले पनि विशेष अभियान थालिसकेको छ । काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल गुण्डागदी नियन्त्रणका लागि विशेष कार्यविधि नै बनाइएको बताउँछन् ।
‘राजधानीलाई गुण्डामुक्त बनाउने योजनका साथ कार्यविधि बनाएर अगाडि बढेका छौं,’ एसएसपी पोखरेल भन्छन्, ‘अव कसैले पनि गुण्डागर्दीको बलमा आतंक मच्चाउन सक्दैन ।’
प्रहरीले राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा आसपासका काभ्रे, नुवाकोट, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा गरी गुण्डागर्दीमा सक्रिय रहेका २५० जनाको सूची तयार पारेको छ । उनीहरुले गर्ने काम, दैनिक गतिविधि, सम्पर्क सम्बन्ध, उजुरी लगायतका आधारमा प्रहरीले सूची तयार गरेको हो ।
यस्तो छ गुण्डाहरुको सञ्जाल
ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खाली मातहत तीन दर्जन गुण्डा संगठित छन् । विजय कुमार गच्छदारको राजनीतिक संरक्षणमा गुण्डागर्दीमा संलग्न रहेर हाल हातहतियार तथा खरखजना मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका काभ्रेली समूहका गुण्डा नाइके गणेश लामाको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् । बाघे लामाको समूहमा ११ सदस्य छन् । अर्का गुण्डा नाइके प्रवीण प्रधानको समूहमा १० सदस्य छन् । त्यस्तै मिनकृष्ण महर्जन, समिरमान सिंह वस्नेत, रोज राणा, दावा लामा, राधे भण्डारी, साजन महर्जन, अभिमानसिंह बस्नेत, आशिष राई, युद्ध लामा, अनिले हेक्का, कृष्ण खड्का लगायत पनि सानो–सानो गिरोह बनाएर गुण्डागर्दीमा संलग्न छन् ।
राजधानी बाहिर पनि अहिले सिन्धुपाल्चोकमा केही नेताको आडमा सगुन श्रेष्ठको समुहले आतंक मच्चाइरहेको भन्दै प्रहरीले निगरानी बढाएको छ । सुरुमा तत्कालीन माओवादी नेताको संरक्षणमा हुर्किएका सगुनलाई अहिले नेपाली काँग्रेसका एक नेताले संरक्षण रहेको प्रहरी स्रोत बताउँछ ।
प्रहरी स्रोतका अनुसार, सगुनबाहेक बमबहादुर श्रेष्ठ, निरन्जन खड्का, राहजु श्रेष्ठ, प्रेम श्रेष्ठ, रवि सिलवाल लगायतले पनी छुट्टै समूह बनाएर धन्दा चलाइरहेका छन् ।
गुण्डा नाइकेको धन्दा : मिटर ब्याज, ठेक्काको कमिसनदेखि जुवा ताससम्म
प्रहरीको सूचीमा रहेका गुण्डा नाइकेहरुले बाहिरबाट देखिने गरी कोही रेस्टुरेन्ट त कोही क्रसर व्यवसायमा संलग्न छन् । केहीले ढुङ्गा–बालुवाको डिपो पनि सञ्चालन गरेका छन् । तर उनीको भित्री धन्दा भनेको छोटो समयका लागि ऋण दिएर चर्को ब्याज असुल्ने (मिटर ब्याज), ठेक्का–पट्टाबाट कमसिन लिने, जुवा खेलाउनेदेखि अपहरण गरेर फिरौती असुल गर्नेसम्मका छन् ।
सर्वसाधारणको उजुरीका आधारमा केही गुण्डानाइकेहरु थुनामा परेपनि प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताको दवावमा छाटो समयमै रिहा हुन्छन् । थुनाबाट रिहा भएपछि उनीहरु पुनः गुण्डागर्दीमै संलग्न हुन्छन् ।
‘सामान्यतया गुण्डाहरुको विरुद्धमा उजुरी गर्न सर्वसाधारण पनि डराउने अवस्था छ । यदि कसैले हिम्मत जुटाएर उजुरी दिएमा राजनीतिक दलका नेता र प्रहरीका केही उच्च अधिकारी पक्राउ परेका गुण्डाहरुलाई छुटाउन लागिपर्छन्,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारी भन्छन् ।
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दका अनुसार गुण्डाबाट पीडित भएपनि सर्वसाधारणहरु त्रास कै कारण प्रहरीकोमा जाहेरी दिन पुग्दैनन् ।
अपराध महाशाखाका प्रमुख एसएसपी सिंह पनि गुण्डाहरुको राजनीतिक पहुँच र उच्च नेताबाट पाउने संरक्षणले कतिपय अवस्थामा उनीहरुमाथि शुरु गरिएको कारबाही गर्ने प्रक्रियामा अवरोध सिर्जना हुने गरेका स्वीकार्छन् ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...