×

NMB BANK
NIC ASIA

विश्वकप समापन समारोह पनि ३० मिनेटकै : गुञ्जिने छ ‘लिभ इट अप’

असार ३१, २०७५

NTC
तस्वीर: रासस
Premier Steels

काठमाडौं– विश्वकप फुटबलको फाइनल खेल आइतबार बेलुका पौने ९ बजे हुँदैछ । फ्रान्स र क्रोएसिया बीचको खेलसँगै सम्पन्न हुने २१औं संस्करणको विश्वकप फुटबलको समापन समारोह पनि छोटो हुने जनाएका छन् । 

Muktinath Bank

लुझनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया उपाधिको अन्तिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रनु ३० मिनेटअघि सांगीतिक कार्यक्रम सुरु हुनेछ । यसअघि गत जुन १४ मा भएको विश्वकपको उद्घाटन समारोह मात्र ३० मिनेटको गरिएको थियो । समापन समारोह पनि ३० मिनेट सम्मको हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटनमा जस्तै समापन समारोहमा पनि नायक तथा  र्‍यापर विल स्मिथ, अमेरिकन गायक निक्की जाम र कोसोभियन गायिका इरा इस्टेरिफीले सांगीतिक प्रस्तुति दिनेछन् । उनीहरूले जारी विश्वकपको आधिकारिक गीत ‘लिभ इट अप’ गाउनेछन् ।


Advertisment
Nabil box
Kumari

सांगीतिक प्रस्तुति सकिएपछि जर्मनीलाई सन् २०१४ मा विश्वकपको उपाधि दिलाएका रक्षक एवं कप्तान फिलिप ल्हाम विश्वकपको ट्रफीसहित मैदानमा प्रवेश गर्नेछन् । उनलाई रुसी मोडल नाटालिया भोदियानोभाले साथ दिनेछिन् ।

Vianet communication

विश्वकप ट्रफीलाई विशेष सुरक्षाका साथ रुस पुर्‍याइएको हो । ल्हाम र भोदियानोभाले ट्रफी सार्वजनिक गरेपछि रुस विश्वकपको अन्तिम अर्थात् फाइनल खेल शुरु हुनेछ । 

फाइनल खेलपश्चात् मेडल र ट्रफी वितरण समारोह हुनेछ । त्यससँगै २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न हुनेछ । यसको चार वर्षपछि सन् २०२२ मा कतारले २२औं संस्करण आयोजना गर्नेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x