फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
बिहान पौने नौ बजे विद्यालय जाने विद्यार्थीको लस्कर देखिन्छ । कलिला दिमागहरूलाई अनमोल विद्याले सिंचित गर्ने अठोटसहित विद्यालय हिँडेका बालबालिका सजिलै छुट्याउन सकिनेगरी दुईवटा कित्तामा विभाजित देखिन्छन् । एकथरी टल्केका काला जुत्ता, आइरन लगाएका सुकिला ड्रेस र घाँटीमा चट्टसँग झुन्ड्याइएको टाइमा सजिएका हुन्छन् । अर्काथरी भने तुना फुस्किन लागेका चप्पल, दशैँमा बुवा-आमाले हालिदिएको र कतैकतै फाटेको / कतै फाट्न नदिई सिलाइएको ड्रेस लगाएका र हातमा दुई चारवटा किताब र कापी बोकेका देखिन्छन् ।
जो कोहीलाई पनि यी दुईथरीमध्ये कुन सरकारी स्कूल र कुन निजी (बोर्डिङ ) स्कूलतर्फ गइरहेका छन् भन्ने छुट्याउन रत्तिभर अप्ठ्यारो हुँदैन । समाजले यी दुई थरीलाई दुईवटै नजरले हेर्छ । एकथरीसंग आशा राख्छ भविष्यको, अर्कोथरीलाई भविष्यको आभारा/गुण्डा देख्छ । १०-१२ वर्षपछि को अमेरिका र युरोप जान्छ र को खाडी मुलुक जान्छ भनेर समाजले देखेरै बताइदिन्छ । दुईथरी कर्णधार उत्पादनका लागि प्रत्येक दिन मेसिन चल्छ- आफ्नै तालमा, विना रोकावट ।
बोर्डिङ स्कूलको कुरा गरी हुनेखानेलाई चिढ्याउनुभन्दा गरीब दु:खी र अधिकतम नेपाली जनताका छोरा-छोरीले पढ्ने सरकारी स्कूलको चर्चा गरौँ । सरकारको समाजवादी, जनकल्याणकारी जे नाम दिए पनि नि:शुल्क शिक्षा प्रदान गर्ने हेतुले सरकारले खोलेका विद्यालय हुन्, सरकारी स्कूल । सरकारी तलब, सरकारी भत्ता खान्छन् यहाँका प्रत्येक शिक्षक र कर्मचारीले ।
प्रत्येक स्कूलको एउटा व्यवस्थापन समिति हुन्छ, जसलाई हेरेर तपाईं सजिलै भन्न सक्नुहुन्छ- त्यो ठाउँमा कुन राजनीतिक पार्टी र कुन लोकल नेताको बर्चस्व छ । अभिभावकहरू एकदम निरीह हुन्छन्, उनीहरूलाई स्कूलमा हुने पढाइ-लेखाइबारे आवाज उठाउने कुनै अधिकार रहँदैन, किनभने समाजको नजरमा उनीहरू गरीब र अनपढ हुन्छन् । प्रधानाध्यापक बन्नलाई पार्टीनिकट हुनुपर्छ, एकै पार्टीका नजिक दुई दाबेदार छन् भने जो व्यवस्थापन समितिसँग नजिक छ, त्यसैले अवसर पाउँछ । धेरै निर्णय व्यवस्थापन समितिद्वारा गरिने हुनाले समिति चुन्न कतिपय ठाउँमा चुनाव हुनेगर्छ र मारकाट नै चल्छ । विद्यार्थीको पठनपाठनको विषय गौण हुने गर्दछ सरकारी स्कूलमा । हावी त राजनीति हुन्छ । मै हुँ भन्ने ठालुका छोराछोरीचाहिँ सजिएर निजी स्कूलतर्फ हानिन्छन् ।
आधा जीवन र बाल्यकाल खेल, दौड, विवाह र घुमफिरमा बित्ने गर्दछ धेरैजसो नेपालीको । जब मातापिता बन्दछन्, तब खास जिम्मेवारी थपिन्छ काँधमा ।
छोरा-छोरीलाई बोर्डिङ स्कूल पढाउने धोको बोकेर धेरै नेपाली युवा विदेशिने गर्दछन् । विदेशमा भएको कमाइको मोटो रकम छोराछोरीको पठन/पाठन र घर खर्चमा प्रयोग हुने गर्दछ । कुनै युवा यसरी नै अधवैंसे र वृद्ध हुन्छन् । यहाँ भन्न खोजेको कुरा- बालबच्चाको पठनपाठन नेपाली समाज निर्माणका प्रत्येक पाटाको एउटा महत्त्वपूर्ण अंश हो ।
आखिर सामाधान के हुन सक्छ त ? नेपाल सरकारले गर्नुपर्ने केही महत्त्वपूर्ण निर्णय र सामाजिक सुधारले मात्रै शिक्षामा देखिएको यो असमानता अन्त्य गर्दछ । प्राथामिक तहका बालबालिकाले खेल्न सिक्न र रमाइलो कुराहरू सुन्न स्कूल जान पाउनुपर्दछ । प्राथमिक तहमा सबै विद्यार्थीलाई खेल, म्युजिक, भोजन उपलब्ध हुनुपर्दछ । विशेषगरी बाल-बालिकाले रमाइलो मान्ने पिङ, चिप्लेटीजस्ता पूर्वाधार दुर्गम क्षेत्रका विद्यालयहरूमा समेत उपलब्ध हुनुपर्दछ । बाजागाजा र नियन्त्रित कम्प्युटर गेमहरू साथै नेपालमा प्रचलित खेलहरू सिकाइनुपर्दछ । प्राथमिक तहमा कुनै विद्यार्थीलाई अनुतीर्ण गराइनु हुँदैन । प्रत्येक बालबालिकाले स्कूल जान रहर गरून, शिक्षक-शिक्षिकालाई त्यही अनुरूप तालिम दिइनुपर्दछ ।
जटिल पाटो भनेको राजनीति कसरी हटाउने भन्ने हो । व्यवस्थापन समिति भंग गरेर सरकारी संयन्त्रको प्रत्यक्ष निगरानी हुनुपर्छ । माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षक-शिक्षिकालाई आधुनिक तौरतरिका र अध्यापन विधिबारे अपडेट गराउन विशेष तालिमको व्यवस्था गर्नुपर्दछ । कतिपयले सरकारी स्कूलको हविगतका लागि शिक्षक/शिक्षिकालाई दोष दिने गर्दछन्, मलाई त्यस्तो लाग्दैन । अहिलेको नेपाल हेर्ने हो भने शिक्षकशिक्षिका मात्रै निस्वार्थ सेवामा लागेका र सबभन्दा कम विकृत देखिन्छन् ।
सरकारी शिक्षा अब्बल हुने हो भने छोराछोरी कसरी पढाउने भनेर चिन्तित युवाले आफ्नो दिमाग उद्योगधन्दा सञ्चालनतिर र विकास निर्माणतिर लगाउने छन् । यसले औसत नेपालीको खुशी बढाउने छ । सरकारी विद्यालयको स्तरोन्नति र सबैका लागि समान शिक्षा प्रदान गर्न अत्यन्त जरुरी छ । सरकार छ र अरु कुनै उपाय छ भने मैले माथि दिएका सुझावहरू नमान्दा पनि हुन्छ । तर सरकारी विद्यालय प्राइभेटभन्दा उत्तम हुन नसके पनि बराबर हुन जरुरी छ । सरकारले विज्ञहरूको टोली बनाई अनुसन्धान गरी तद-अनुरूप कार्य गर्न सक्छ । शैक्षिक समानता र अब्बल नेपाल र अब्बल नेपालीको निर्माणका लागि शीघ्र केही कदम चालिनुपर्छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...