×

NMB BANK
NIC ASIA

फितलो अध्ययनको जगमा निजगढ विमानस्थल : विज्ञ भन्छन्– पहिले स्पष्ट योजना बनाऊ

असोज ४, २०७५

NTC
Premier Steels

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले दुई दशकअघि पूर्व सम्भाव्यता अध्ययन भएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरू गर्ने अठोट लिएसँगै विभिन्न पक्षलाई लिएर यसको विरोध हुन थालेको छ । 

Muktinath Bank

सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने गरी ग्लोबल टेण्डर आह्वानको तयारी गरिरहँदा पर्यावरणबारे विभिन्न मन्त्रालयबीच समेत मतभेद शुरू भएको हो । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणका क्रममा काट्नुपर्ने करीब ८ लाख रुखबारे सबैतिर बहस हुँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गत जेठ ९ गते विमानस्थल निर्माणको असरबारे वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको थियो । 


Advertisment
Nabil box
Kumari

(ईआईए) अनुसार नै निजगढ विमानस्थल निर्माणका क्रममा तत्कालका लागि करीब २ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वातावरणीय क्षति हुने अनुमान गरिएको छ । आयोजनाले १ रुख बराबर २५ रुख अन्यत्र रोप्नुपर्ने प्रावधान छ । तर अहिलेको अवस्थामा निगढमा धेरै रुख काटिने भएकाले त्यो सम्भव नभएको विज्ञहरू बताउँछन् । पूर्व वनमन्त्री गणेश शाह भन्छन्, ‘अहिलेको अवस्थामा त्यो सम्भव छैन, तर रोप्नैपर्छ ।’

Vianet communication

ईआईए प्रतिवेदनअनुसार कार्बन अन्वेषणबाट हुने वार्षिक क्षति १ करोड ८९ लाख ८० हजार, अक्सिजन रिलिजबाट वार्षिक २ खर्ब ३० अर्ब ४७ करोड, गैरकाष्ठ वन उत्पादन ७० करोड ४४ लाख, अर्गानिक मेटरमा २० करोड ३० लाख गरी जम्मा जम्मा २ खर्ब ३१ अर्ब ४० करोडको क्षति हुनेछ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वातावरणीय क्षति भएपनि आयोजनाको काम अगाडि बढाउने प्रतिबद्धता पटक–पटक जनाइरहेका छन् । 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले भनेका थिए, ‘साना बिरुवालाई कति पुनर्स्थापना गर्ने, त्यो रुख कटानसँगै बजार व्यवस्थापन, शतप्रतिशत उपयोग हुने गरी मोडल निर्धारण गर्छौं । रुखको संख्याभन्दा आवश्यकताको कुरा हो । काट्नै पर्ने रुख मात्र काट्छौं ।’

प्रतिवेदनअनुसार पहिलो चरणमा ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफल भूभाग खाली गराउनुपर्नेछ । सो क्षेत्रफलका लागि १ लाख ८६ हजार ठूला रुख र ५ लाख ८५ हजार साना रुख गरी करीब ८ लाख रुख काट्नुपर्ने भनियो ।

यस्तै १४ सय ९४ घरपरिवार पुनःस्थापना गर्नुपर्ने निष्कर्ष प्रतिवेदनको छ । विमानस्थल आयोजना क्षेत्रको ११ हजार ८ सय ७९ दशमलव ७२ बिगाहा जग्गामध्ये १ सय १० बिगाहा अधिग्रहण गर्न २०७३ चैत १४ मा मुआब्जा समितिले दररेट निर्धारण गरेको थियो । 

जसअनुसार मूल सडकले छोएको जग्गाको प्रतिकठ्ठा ४६ लाख, सहायक बाटोले छोएको जग्गा प्रतिकठ्ठा ३३ लाख ९ हजार २ सय ५० र बाटोले नछोएको जग्गा प्रतिकठ्ठा २४ लाख १ हजार ५ सय निर्धारण गरियो । हाल मुआब्जा वितरण कार्य चालू रहेको र हालसम्म जम्मा १ सय १० बिगाहामध्ये ५५ बिगाहा १२ कठ्ठा जग्गा नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा नामसारी भइसकेको छ ।

सन १९९५ पूर्व सम्भाव्यता सर्वेक्षण गरिएको विमानस्थलको प्रस्ताव २०७१ फागुन २९ को मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएसँगै काम अगाडि बढाउने बहस शुरू भएको थियो ।

विमानस्थलका लागि चार किल्ला तोकी दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणाको बेहोरा सहित चैत ३० गतेको राजपत्रमा सूचना प्रकाशित गरिएको थियो ।

सूचनाअनुसार विमानस्थलका लागि उत्तरमा महेन्द्र राजमार्गको पसाहा खोलादेखि बकैया नदीसम्म, पूर्वमा महेन्द्र राजमार्गको बकैया नदीको पूलबाट नदी हुँदै ८ किमी दक्षिण नदीको सिमानामा सपहीसम्म, पश्चिममा महेन्द्र राजमार्गको पसाहा खोलाको पुलबाट खोला हुँदै ६ किमी दक्षिण खोलाको सिमाना हरैया र दक्षिणमा पसाहा खोलाको हरैयाबाट सिधा पूर्वतर्फ करैया, ककडी गढीमाई नगरपालिकासम्म सिमाना तोकिएको छ ।

दुई दशकपछि विमानस्थल निर्माणका विषयमा भएको बहसमा नै मतभेद छ । खासगरी यो विषयमा यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, अर्थमन्त्रालय लगायतका आ–आफ्नै तर्क छन् । 

अहिले रुखको विषय मात्रै नभएर सरकार नै स्पष्ट हुन निसकेको विज्ञहरू बताउँछन् । पूर्व वनमन्त्री गणेश शाह भन्छन्, ‘यो विषयमा सरकार नै प्रस्ट छैन । कस्तो बनाउने भन्नेबारे स्पष्ट कार्ययोजना बन्नुपर्छ । कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहायक भन्ने, कहिले एसियाकै ट्रान्जिट हब बन्ने कुरा गरेर त भएन नि !’

उनले अहिलेको अध्ययन नै फितलो भएकाले हतार नगरी अध्ययनका लागि विज्ञसहितको उच्चस्तरीय अधिकार सम्पन्न समिति बनाउनुपर्नेमा जोड दिए ।  

अर्का विज्ञ डा. शंकर शर्मा रुखसँगै वन्यजन्तु संरक्षण पनि महत्वपूर्ण कुरा भएको बताउँछन् । ‘रुख मात्रै बहसको कुरा होइन, यहाँ वन्यजन्तु संरक्षणको कुरा महत्त्वपूर्ण हो । गिट्टी, बालुवा, पानीको स्रोतबारे अध्ययन गर्नुपर्छ । प्रभावित क्षेत्रका मानिसलाई कस्तो एयरपोर्ट भन्ने कुरा स्पष्ट पार्नुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x