×

NMB BANK
NIC ASIA

भाडा बढेपछि मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने व्यसायीको तयारी

असोज ७, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् ।

Muktinath Bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुहरूका लागि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यातायात व्यवस्था विभागले शनिवार सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरे पनि व्यवसायीहरूले आधिकाकि पत्र नपाएको भन्दै सोमवार मात्रै टुंगो लाग्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

महासंघका महासचिव सरोज सिटौलाले सरकारको आधिकारिक चिट्ठी पाएपछि बैठक बसेर अग्रिम टिकट खोल्ने बताए ।

Vianet communication

उनले भने, ‘लामो समयदेखि नबढेको भाढा बढेको भन्ने सुनेका छौं, सम्भावतः आज आधिकारिक चिट्ठी पाउँछौं, सोमबार हामी बैठक बसेर टुंगो लगाउछौं ।’ मंगलबारदेखि बुकिङ खुल्ने उनको संकेत ।

व्यवसायीहरूले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि यातायातको भाडा नबढाएको भन्दै बुकिङ खोल्न असहमति जनाएका थिए । 

सरकारले भने दशैंको मुखमा भाडा बढाउँदा सरकार र व्यवसायी दुवैका लागि राम्रो नहुने भन्दै यसमा सहमति जनाएको थिएन । अन्तत: व्यवसायीहरूको अडानसामु सरकारको केही लागेन ।

एक महिनामा दुई पटक गरेर डिजेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

वृद्धि भएको भाडा आइतवार (७ असोज) बाट लागू भएको छ  । २०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x