×

NMB BANK
NIC ASIA

पौडेलको युरोप भ्रमण : संगठन कि गुट विस्तारमा केन्द्रित ?

असोज ८, २०७५

NTC
Premier Steels

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला युरोपका विभिन्न मुलुकमा नेपाली जनसम्पर्क समितिद्वारा आयोजना गरिएका कार्यक्रममा सहभागी भइरहेका छन् । पौडेलको सचिवालयका अनुसार २५ सेप्टेम्बरसम्म आयोजित कार्यक्रममा सहभागी भएर २६ सेप्टेम्बरमा उनी नेपाल फर्कने कार्यक्रम रहेको छ । यसबीचमा वरिष्ठ नेता पौडेल लग्जम्बर्ग, बेल्जियम, फ्रान्स, पोर्चुगल र स्विट्जरल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भइसकेका छन् भने जर्मनी र नेदरल्यान्ड्सको कार्यक्रममा सहभागी हुँदैछन् । यसका अतिरिक्त वरिष्ठ नेता पौडेल युरोपका पर्यटकीय स्थलहरूको घुमफिरमा समेत सहभागी हुनेछन् ।

Muktinath Bank

युरोप भ्रमणमा रहेका नेता पौडेल जतिपनि कार्यक्रममा सहभागी भए, ती कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेतृत्वका कारण कांग्रेसले यो नियति भोग्नुपरेको बताए । त्यतिमात्र होइन, पार्टी विधान र प्रक्रियाअनुसार चल्न नसकेको गुनासो समेत पौडेलले गरेका छन् । पौडेलले आफूले कहिल्यै पनि पार्टीको शिर झुकाउने काम नगरेको दाबी समेत गरेका छन् । युरोप पुगेर पार्टीका विषयमा पौडेलले जुन किसिमको चिन्ता जाहेर गरेका छन्, त्यो एक हिसाबले सही नै छ । तर युरोप पुगेर पार्टी नेतृत्वले केही गर्न सकेन भनेर चोर औंला ठड्याउँदै गर्दा बूढी औंलाले वरिष्ठ नेता पौडेललाई पनि देखाइरहेको अवस्था छ । यस्तो अवस्थामा पार्टी संगठन कमजोर हुनुमा पार्टी नेतृत्व मात्र दोषी छ भनेर औंला ठड्याउनुको कुनै औचित्य देखिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस पार्टीको विगतलाई फर्केर हेर्ने हो भने  पार्टी सभापति शेरबहादुर  देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरू दोस्रो कालखण्डका नेताहरू हुन् । कालक्रममा पार्टी हाँक्ने दायित्व देउवा र पौडेलको काँधमा आइपुगेको छ । सोहीअनुरूप अघिल्लो महाधिवेशनमा देउवा र पौडेल सभापतिका लागि भिडेका थिए । तर देउवाले बाजी मार्न पुगे । सभापतिमा देउवाले बाजी मारेपनि सोचेअनुरूप पार्टी हाँक्न नसकिरहेको आरोप देउवामाथि लाग्दै आइरहेको अवस्था छ । यहीबीचमा पार्टीभित्र आगामी महाधिवेशनको दौड समेत शुरू हुन थालेको छ । यो दौडमा वर्तमान सभापति देउवासहित वरिष्ठ नेता पौडेल, कोइराला परिवारका सदस्यहरू डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला, पार्टीका पूर्व महामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहले समेत सभापतिमा दाबेदारी गरेको अवस्था छ । यस्तो अवस्थामा वरिष्ठ नेता पौडेलको सभापति बन्ने सपना कसरी पूरा होला ? त्यो निकै सोचनीय विषय बन्न पुगेको छ ।


Advertisment
Nabil box
Kumari
युरोपका सुकिलामुकिला कार्यकर्ताको सहयोगले मात्र उनी कांग्रेसको सभापति बन्न निकै कठिन छ । साँच्चिनै सभापति बन्ने हो भने देशका सतहत्तरै जिल्ला घुमेर कांग्रेसका लागि भनेर प्राण हत्केलामा राख्ने कार्यकर्तालाई भेट्नुपर्दछ ।

 
वरिष्ठ नेता पौडेल आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने निश्चित छ । शायद त्यही उम्मेदवारीलाई हरहिसाबले बलियो  बनाउनका लागि वरिष्ठ नेता पौडेल युरोप यात्रामा निस्किएको हुनुपर्छ । तर पौडेलले सोच्नुपर्ने विषय के छ भने युरोपका सुकिलामुकिला कार्यकर्ताको सहयोगले मात्र उनी कांग्रेसको सभापति बन्न निकै कठिन छ । साँच्चिनै सभापति बन्ने हो भने देशका सतहत्तरै जिल्ला घुमेर कांग्रेसका लागि भनेर प्राण हत्केलामा राख्ने कार्यकर्तालाई भेट्नुपर्दछ । उनीहरूले भोगेका पीडा र व्यथाहरूलाई मलम लगाउन सक्नुपर्दछ । तबमात्र पौडेलप्रति कार्यकर्ताको सहानुभूति रहनेछ । र आगामी महाधिवेशनमा सभापति बन्नका लागि पौडेलका लागि  मार्ग खुल्नेछ । जबसम्म त्यतातिर पौडेलको ध्यान पुग्दैन,  तबसम्म सभापति पद पौडेलका लागि ‘आकाशको फल, आँखा तरी मर’ सरह हुने निश्चित छ ।

Vianet communication

यतिखेर वरीयताका हिसाबमा वरिष्ठ नेता पौडेल पार्टीभित्र दोस्रो स्थानमा रहेका छन् । पार्टीभित्र हरेक निर्णय हुँदा वरिष्ठ नेता पौडेलको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । निर्वाचनमा टिकट वितरणमा होस् या पार्टीभित्र केन्द्रीय सदस्यको बाँडफाँड अनि भ्रातृसंस्थाहरूको कार्यसमिति गठन हुँदा होस्, उनको नाममा भागबण्डा हुने गरेको छ । त्यस्तै २०४६ सालको परिवर्तनपछि लामो समय पौडेल सत्तामा रहेर मन्त्री, उपप्रधानमन्त्रीदेखि सभामुखसम्मको अवसर पाइसकेको अवस्था छ । प्रधानमन्त्री र पार्टी सभापति भने उनकै क्षमताले हुन नसकेको विषय हो । तैपनि आफूले केही नपाएको गुनासो पौडेल गर्ने गर्दछन् । यसरी गुनासो गर्नु कहाँसम्मको न्यायसंगत विषय हो, त्यो त पार्टीभित्र मूल्याङ्कन हुने विषय हो ।

पौडेल अन्तरघातका कारण चुनाव हारेको भन्दै दोष थोपर्नमा नै व्यस्त छन् । यो उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हो ।

पौडेल कांग्रेसभित्र आजका मितिसम्म कुनै दाग नलागेका नेता हुन् । तैपनि कार्यकर्ताको भावनाअनुरूप चल्न नसक्दा पछिल्लो समयमा उनको व्यक्तिगत जीवन र कांग्रेस पार्टीले ठूलो क्षति बेहोर्नुपरेको छ । त्यसको ज्वलन्त उदाहरणका रूपमा अघिल्लो वर्ष भएको संसदीय निर्वाचनलाई लिन सकिन्छ । निर्वाचनमा गृहजिल्लामा पौडेल आफू त पराजित भए भए, जिल्लाका ६ वटै सीट कांग्रेसले गुमाउन पुग्यो । वरिष्ठ पौडेल समानुपातिकमा बसेर देश दौडाहामा निस्किएको भए के कांग्रेसको हविगत यो हुने थियो त ? कदापि हुने थिएन । तर पनि पौडेल अन्तरघातका कारण चुनाव हारेको भन्दै दोष थोपर्नमा नै व्यस्त छन् । यो वरिष्ठ नेता पौडेलको राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हो ।

युरोप भ्रमणपछि पनि  वरिष्ठ नेता पौडेलको सोचमा कुनै परिवर्तन हुन्छ कि हुन्न ? त्यो त समयले नै बताउनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x