कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
देश सञ्चालन राजनीतिले गर्छ । चुनावको प्रयोग गरेर आम नागरिकले सरकार गठन गर्न सहयोग गर्छ । लोकतन्त्रको यो एउटा सौन्दर्य पनि हो । लोकतन्त्र बहालीको बेलादेखि नै नेपालमा पनि यो प्रक्रिया चल्दै आएको छ । अहिले त झन् संघीयता र गणतन्त्र पनि आइसकेको छ नेपालमा । र एक दशकपश्चात् दुईतिहाइको सरकार छ । दुईतिहाइ अर्थात् सरकारले सम्पूर्ण निर्णय गर्नसक्ने वातावरण ।
तर नेपालमा अहिलेको दुईतिहाइ भने ‘दुई खेमा’ मा विभाजित भएको छनक भेटिन थालिएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्रको शीतयुद्ध महसूस गर्न लायक छ । कारण हो, अस्तित्वको टकराव । यो यस्तो मानवीय मनोवैज्ञानिक अवयव हो जसको व्यवस्थापन भएन भने विद्रोह सिर्जना हुन समय लाग्दैन । र विद्रोहको सिर्जना भइसकेको छ अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र ।
अब चर्चा गरौं अस्तित्वमा देखिएको राजनीतिक खलबलीको । प्रधानमन्त्री विदेश गएको बेला नेकपाका अर्का वरिष्ठ नेता माधव नेपालले संसदमा कवितात्मक लयमा ‘देश डुब्न लाग्यो’ भन्ने जस्ता अभिव्यक्ति दिएका थिए । र प्रधानमन्त्रीज्यूले त्यहीँबाट जवाफ फर्काउनुभयो – म आउँदैछु, देश डुब्दैन । यो फगत नेताहरूको जुहारी होइन । यसको अन्तर्यमा थोरै पनि खोतल्दा पार्टीभित्र भएको विद्रोहको बीजारोपणको अंकुरणका रूपमा यसलाई हेर्न सकिन्छ । बेलाबखत नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई लक्षित गर्दै दिइराख्ने अभिव्यक्तिले पनि अर्थ राख्छ । सरकारको आफ्नै मतियारहरूले असन्तुष्टि प्रकट गर्नु दुःखद हुन्छ । अहिले प्रतिपक्षको भूमिका पनि सरकारकै खेमाले गरिरहेको कुरा बुझ्न राजनीतिको कखरा बुझ्नेलाई कठिन छैन ।
भनिन्छ, राजनीतिमा जिम्मेवार नेताहरूले सत्यकुरा कहिले राख्दैन ‘पब्लिक डोमेन’ मा । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको चुनावी गठजोड हुँदै अस्पष्ट एकीकरणको बखत पालोपालो सरकार चलाउने भनी गरिएको भद्र सहमतिलाई प्रचण्ड वा केपी ओलीले किन दोहोर्याइरहनुपर्यो ?
अहिलेको सरकारसँग देश कल्याणको लागि काम गर्नुपर्छ भने चाहना नभएको होइन । दुईतिहाइको जगमा उभिएको सरकारले आमजनतालाई महसूस हुनेगरी केही गरेर देखाउन नसक्नु केपी ओली सरकारको दुर्भाग्य हो । देशमा बलात्कार, महिला हिंसा, न्यायालयभित्र राजनीति जस्ता मुद्दा एकाएक बढ्दै गएको हुनाले यो सरकार जनअपेक्षित भएन भनी आलोचना गर्नेहरूले छुट पाएका छन् । र यो छुट जायज पनि छ । र अर्को छुट पाएका छन् माधव नेपाल र प्रचण्डले । प्रचण्डलाई प्रधानमन्त्री नै बनिहालौं भने अहिले लागेको छैन होला । तर विशाल भनिएको नेकपाको मुखिया बन्ने चाहनाको आयतन उनमा बढी हुनुपर्छ ।
तत्कालीन नेकपासँग एकीकरण गर्नेबेला उनले यथेष्ट आलोचना खेपेका थिए । प्रचण्डको एमालेकरण भयो भनेर । तर गिरिजाप्रसाद कोइराला मृत्युशय्या मा भएको बेला वहाँले देश आफूलाई सुम्पेर जानुभयो भन्ने अभिव्यक्ति प्रचण्डको आइराखेको हुन्छ । गिरिजाबाबु अर्थात् नेपाली राजनीतिका खप्पिस खेलाडी । स्वाभाविक छ, प्रचण्डले आफ्ना आलोचकलाई जवाफ दिनका लागि पनि नेकपाका मुखिया बन्न लागेको हुनुपर्छ ।
एमाले खेमाका पछिल्लो निर्वाचनमा पराजित नेतालाई मध्यावधि चुनावको माध्यमबाट चुनाव जिताउने कसरत प्रचण्डले त्यत्तिकै गरिरहेका होइनन् । एमालेभित्र वामदेव गौतमको आफ्नै प्रभाव र दबदबा थियो । उनको खेमा अहिलेको नेकपाभित्र हुने नै भयो । ओली खेमाको बढ्दो अहंकारका कारण माधव नेपालभित्र उत्पादित हीनताबोधले पनि प्रचण्डलाई सघाइरहेकै छ ।
प्रचण्डको भर्खरै सम्पन्न विदेश भ्रमणपश्चात् उनको अनुहारमा देखिएको हाउभाउभित्र भूराजनीतिक खुशीको झलक बुझ्न कठिन छैन । उनले भारत भ्रमणको बेलामा हिन्दुस्तान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म प्रधानमन्त्री भएको बेला भारत आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मा १५ मिनेट दिनुभएको थियो र यसपालि एकघण्टा १५ मिनेट समय दिएर कुरा गर्नुभयो’ । प्रचण्डको यो अभिव्यक्तिमा पनि गाम्भीर्य लुकेको छ । यसमा छुट्टै लेख लेख्न सकिन्छ ।
यसै सन्दर्भमा, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकार निर्माण भएकै बेलादेखि नेकपा सरकारलाई समर्थन दिँदै आएको छ । समर्थन गरेको हप्ता पनि नबित्दा ‘ओठे धम्की’ दिँदै आइरहेको थियो, सरकारबाट समर्थन फिर्ता लिने भनेर । र केही दिनअघि मात्रै राजपा संयोजक महन्थ ठाकुरले प्रधानमन्त्रीलाई सरकारबाट समर्थन फिर्ता लिने भनेर अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका छन् ।
यता प्रदेश—२ मा राजपाका प्रदेश सांसदहरू संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारको हिस्सा भएर पनि आजभोलि आफ्नै सरकारप्रति आक्रामक भइरहेका छन् । केन्द्रको राजनीतिमा खैलाबैला मच्चेको बेला प्रदेश—२ को राजनीति तरंगित हुनु फगत संयोग मात्र हुनसक्दैन । सल्किँदै गइरहेको राजनीतिक आगोले कुन रूप लेला त्यो कालान्तरमा देखिने नै छ ।
अहिलेलाई यति बुझ्न सकिन्छ, नेपालीले अपेक्षा गरेको स्थायी सरकार र देशको समृद्धिको सपनामा तत्कालका लागि कालो बादल नै लागेको छ । मौका अहिले पनि सरकार र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा छ । आफूलाई फराकिलो राख्नुपर्छ उहाँले, कुनै किसिमको गिरोहको चंगुलमा फस्नु बेठीक हुन्छ । संविधानमा आम सीमान्तीकृतले खोजेको संशोधनलाई सार्थकता दिई देशको नेता बन्ने मौका पनि यही हो, सम्भावना कम भएपनि । प्रचण्ड र माधव नेपाललाई शुभकामना दिने मौका पनि आउने सम्भावना व्यापक छ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...