×

NMB BANK
NIC ASIA

सातदोबाटोमा बन्यो ट्राफिक प्रहरीको भव्य भवन, आईजी खनालले गरे उद्घाटन [फोटोफिचर]

असोज २४, २०७५

NTC
Premier Steels

काठमाडौं – ललितपुरको सातदोबाटोमा निर्मित महानगरीय ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गरिएको छ । स्थानीयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन् । 

Muktinath Bank

भवन उद्घाटनपछि  प्रहरी महानिरीक्षक सर्वेन्द्र खानालले प्रहरीको बोली र व्यवहार पनि भवनजस्तै राम्रो हुनुपर्ने बताए । ‘अभावको बीचमा पनि ट्राफिक प्रहरी र नेपल प्रहरी अहोरात्र खटिएको छ, यो नयाँ भवनजस्तै प्रहरीको बोली, वचन र व्यवहार पनि राम्रो हुन जरुरी छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी निरीक्षक सिताराम हाछेथुजस्तै राष्ट्रप्रति सर्मपित भएर इमान्दारिताका साथ लाग्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्र र नागरिकको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीको भएको भन्दै गलत कार्य गर्ने प्रहरी जवान प्रहरी संगठनमा नै रहन नहुने समेत बताए ।


Advertisment
Nabil box
Kumari

भवन उद्घाटन समारोहमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ललितपुरको ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने धेरै कुरा गर्न नसकिएको बताए ।

Vianet communication

ललितपुर क्षेत्रका सडक व्यवस्थापनमा आफू गम्भीर रहेको भन्दै महर्जनले निकट भविष्यमा ललितपुरमा साइकल लेन निर्माण तथा इलोक्ट्रोनिक्स सार्वजनिक बस सञ्चालन गरिने बताए । मेयर महर्जनले ललितपुरको ट्राफिक व्यवस्थापनलाई राम्रो बनाउन योगदान पु¥याएको भन्दै प्रहरी निरीक्षण सीताराम हाछेथुको प्रशंसा समेत गरे । 

२०७२ सालदेखि निर्माण थालिएको उक्त भवन २ करोड १६ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिले जनाएको छ । उक्त भवन निर्माणका लागि ३ करोड ५० लाख लागत लाग्ने अनुमान गरिएपनि २ करोड १६ लाखमा नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण समितिका कोषाध्यक्ष रामकाजी अवालेले जानकारी दिए  । उक्त भवन निर्माणका लागि ललितपुरका १ सय ९८ जनाले आर्थिक सहयोग गरेका छन् । 

भवन उद्घाटन समारोहमा समितिले भवन निर्माणका लागि अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रहरी निरीक्षक सीताराम हाछेथुलाई एक लाख एक हजार सहित सम्मान गरिएको छ ।

यस्तै ट्राफिक प्रहरी परिसरका हवल्दार ईश्वरप्रसाद बञ्जारालाई ५१ हजारसहित सम्मान गरिएको छ ।  कार्यक्रममा भवन निर्माणमा एक लाखभन्दा माथि सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी परिसर भवनको उद्घाटन समारोहका थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x