×

NMB BANK
NIC ASIA

गरुडा एयरलाइन्सद्वारा बोइङ ७३७ म्याक्स ८ को खरिद रद्द

चैत ८, २०७५

NTC
Premier Steels

काठमाडौं – इन्डोनेसियाको राष्ट्रिय ध्वजावाहक गरुडाले ४९ वटा बोइङ ७३७ म्याक्स ८ जेट विमानहरूको खरिद अर्डर रद्द गरेको छ । लगातार दुईवटा म्याक्स ८ विमान दुर्घटना भएपछि यात्रुहरूको विश्वास गुमेका कारण गरुडाले यसको अर्डर रद्द गरेको हो । 

Muktinath Bank

यो मोडलको विमान औपचारिक रूपमा रद्द गरिएको यो पहिलो अवसर हुनसक्छ । गरुडाका प्रवक्ता इख्सन रोसनले भने, ‘हामीले बोइङलाई पत्र लेखेर अर्डर रद्द गरिएको जानकारी दिएका छौं ।’ बोइङले पत्रको जवाफ दिन बाँकी रहेको गरुडाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इथियोपीयन एयरलाइन्स दुर्घटनापछि संसारभरिका म्याक्स ८ विमानमाथि एयरलाइन्सहरूले उडान प्रतिबन्ध लगाएपछि बोइङले यसका कमीकमजोरीलाई सुधार्ने प्रयास गरिरहेको छ । विमान खरिद गर्ने एयरलाइन्स कम्पनीहरूले


Advertisment
Nabil box
Kumari

दुईमध्ये एक वैकल्पिक सुरक्षा फीचरहरू जडान गर्नैपर्ने बाध्यता बोइङले गराउने आशयका रिपोर्टहरू आएका छन् । 

Vianet communication

सुरक्षा उपकरणले प्रमुख सेन्सरहरूबाट आउने गलत सूचनाका बारेमा पाइलटहरूलाई सचेत गराउनेछ । अहिले बनिरहेका सबै ७३७ म्याक्समा यो उपकरण जडान हुनेछ । बोइङले जेट विमानमा यो उपकरण राखेर अर्को हप्तासम्ममा पूर्णता दिने परिवर्तनका बारेमा जानकार दुई व्यक्तिले बताएका छन् । 

विमानमा गरिएका यी सुधारको पैसा तिर्ने कि नतिर्ने भन्ने निर्णय एयरलाइन्सहरू आफैंले लिनेछन् । विमान उद्योगमा उत्पादकहरूले थप केही सुधार वा जडानमा थप पैसा लिनसक्ने सामान्य अभ्यास हो । 

गरुडाले ५० वटा ७३७ म्याक्स ८ विमान अर्डर गरेकोमा एउटा पाइसकेको छ । सबै विमानको गरी मूल्य ४.९ अर्ब डलर पर्छ । 

गरुडाले पाइसकेको विमान फिर्ता गर्ने नगर्ने विषयमा पनि कुराकानी गरिरहेको एयरलाइन्सका प्रवक्ताले एएफपीलाई बताए ।

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x