×

NMB BANK
NIC ASIA

भाजपाका लोकसभा उम्मेदवारको ताजा सूची जारी, पुराना नेताले ठाउँ पाएनन्

चैत १०, २०७५

NTC
Premier Steels

काठमाडौं – भारतमा हुन लागेको आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीले शनिवार उम्मेदवारहरूको फेरि अर्को सूची जारी गरेको छ । 

Muktinath Bank

थप १०२ उम्मेदवारको नाम घोषणा गरिएको छ । केन्द्रीय मन्त्री रविशंकर प्रसादलाई बिहारको पटना साहिबबाट उठाइएको छ । सन् २०१४ मा त्यहाँबाट शत्रुघ्न सिन्हाले चुनाव जितेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झारखण्डको हजारीबागबाट जयन्त सिन्हा र उत्तरी गोवाबाट श्रीपद नाइकलाई पुनः जित्ने अवसर दिइएको छ । 


Advertisment
Nabil box
Kumari

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई यसपालि उम्मेदवार बनाइएको छैन । गुजरातको गान्धीनगर क्षेत्रबाट उठ्ने गरेका आडवाणीलाई हटाएर भाजपा अध्यक्ष अमित शाहलाई उठाइएको छ । उनलाई हटाएपछि मुरली मनोहर

Vianet communication

जोशी र कलराज मिश्रा जस्ता वरिष्ठ नेतालाई पनि टिकट नदिइने सम्भावना छ । टिकट नपाएपछि उनीहरूले सक्रिय राजनीतिबाट संन्यास लिन सक्छन् ।

भाजपाले केरला इकाइका महासचिव के सुरेन्द्रन हालै भएको सबरीमाला आन्दोलनमा महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने पक्षधर अभियन्ता थिए र उनलाई मन्दिर भएकै क्षेत्र पठानमथिट्टा क्षेत्रबाट उम्मेदवार बनाइएको छ । 

भाजपाका प्रमुख सचेतक अनुराग ठाकुरलाई हिमाचल प्रदेशको हमिरपुरबाट उठाइएको छ भने राष्ट्रिय प्रवक्ता सम्बित पात्रा उडिसाको पुरीबाट लड्दैछन् । 

बिहारमा भाजपा नेतृत्वको गठबन्धन एनडीएले राज्यका ४० मध्ये ३९ सीटमा उम्मेदवारीको घोषणा गरेको छ । उसले एक मुसलमान र तीन महिला उम्मेदवार उठाएको छ । सन् २०१४ को चुनावमा बिहारमा भाजपाका एक मात्र मुसलमान नेता शाहनवाज हुसेनले भागलपुरबाट चुनाव लडेर हारेका थिए । उनलाई उम्मेदवारको सूचीबाट हटाइएको छ । 

दी इन्डियन एक्सप्रेसबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x