माघ २०, २०७४
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – भारतको राजधानी दिल्लीमा लोकसभा निर्वाचनका लागि आम आदमी पार्टी (आप) र कांग्रेसबीच गठबन्धन नबन्ने भएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक बयान दिँदै कांग्रेस अध्यक्ष राहुल गान्धीले गठबन्धन गर्न नमानेको बताए । केजरीवालको यो बयानपछि राज्यमा अब त्रिकोणीय प्रतिस्पर्धा हुने भएको छ ।
आइतवार दिल्लीकी पूर्व मुख्यमन्त्री तथा प्रदेश कांग्रेस कमिटी अध्यक्ष शीला दीक्षितले सोमवारसम्म आप कांग्रेस गठबन्धनको तस्वीर स्पष्ट हुने बताएकी थिइन् । यसमा कांग्रेसको आधिकारिक बयान आउने उनको भनाइ थियो ।
कांग्रेसले आधिकारिक बयान जारी गर्नुअघि नै केजरीवालले कांग्रेस अध्यक्ष राहुल गान्धीले दिल्लीमा लोकसभा चुनावका लागि आपसँग गठबन्धन गर्न अस्वीकार गरेको बताए । केजरीवालले भने, ‘हामीले राहुल गान्धीसँग बैठक गरेका थियौं तर उनले गठबन्धन बनाउन अस्वीकार गरे ।’
केजरीवालले आफ्ना तर्फबाट भाजपालाई हराउनका लागि गठबन्धनको अफर बारम्बार दिँदै आएका थिए । केजरीवालले दिल्लीसँगै पञ्जाब र हरियाणामा पनि कांग्रेससँग गठबन्धनको अफर दिएका थिए ।
दिल्ली कांग्रेसमा पनि गठबन्धनका विषयमा एकमत छैन । पीसी चाको गठबन्धन गर्नुपर्ने भन्छन् अनि शीला दीक्षित यसको विरुद्ध छिन् ।
शनिवार कांग्रेस प्रदेश कमिटी बैठकमा आपसँगको गठबन्धनका विषयमा अन्तिम फैसला राहुल गान्धीले लिने सहमति बनेको थियो । केजरीवालको आजको बयानपछि कांग्रेस र आपबीचको गठबन्धनको आशा तुहिएको छ ।
अब दिल्लीका सात सीटमा त्रिकोणीय प्रतिस्पर्धा हुने भएको छ । सन् २०१४ को लोकसभा निर्वाचनमा भाजपाले सबै सात सीट जितेको थियो ।
आपले दिल्लीका सातै क्षेत्रबाट उम्मेदवार उठाएको छ ।
एजेन्सी
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् । एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...