पुस २, २०८०
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
बैशाख १६, २०७६
काठमाडौं– शहरी विकास तथा भवन निर्माण विभागको स्वामित्वमा ३९ वटा चारपांग्रे सवारी छन् । त्यसमध्ये ६ वटा गाडी मन्त्रालय (शहरी विकास मन्त्रालय)को प्रयोजनमा रहेको देखिन्छ । एक-एक गाडी गृह मन्त्रालय, प्रदेश ५ र प्रदेश २ मा पठाइएको छ ।
२०७४ असार असार २५ गतेको मितिमा ९६ लाख ९० हजारमा खरिद गरिएको गाडी मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले चढ्छन् । उनका लागि यो जगेडा गाडी हो ।
विभागबाटै हस्तान्तरण भएको बा१झ ९४४९ नम्बरको गाडी पनि सचिव सिंहले नै चढ्दै आएका छन् । यद्यपि विभागबाट उपलब्ध गराइएको विवरणमा यो गाडी उल्लेख छैन ।
उक्त गाडी प्रोजेक्टबाट प्राप्त भएको र प्रोजेक्ट सकिएपछि सचिव सिंहले प्रयोग गर्दै आएको विभागका प्रवक्ता पदमकुमार मैनालीले बताए ।
मन्त्री मोहम्मद इश्तियाक राईले चढ्ने बा२झ ३८४२ नम्बरको गाडी पनि विभागबाटै प्राप्त भएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा देखिन्छ, तर विभागले उपलब्ध गराएको विवरणमा उक्त गाडी पनि उल्लेख छैन । सो गाडीको स्वामित्व नै हस्तान्तरण भइसकेकाले विभागको विवरणमा उल्लेख नरहेको प्रवक्ता मैनाली बताउँछन् ।
विभागले बा२झ ३६३८ र बा२झ ३०९२ नम्बरको गाडी पनि मन्त्रालयमा पठाएको छ । ती दुवै गाडी मन्त्रीको स्वकीय सचिवालयले प्रयोग गर्दै आएको छ ।
बा२झ ८२५ र बा२झ २९६४ नम्बरका गाडी मन्त्रालयका सह–सचिवहरूले प्रयोग गर्दै आएका छन् ।
लोकान्तरमा समाचार प्रकाशित भएपछि एक गाडी फिर्ता !
शहरी विकास मन्त्रालयबाट प्राप्त विवरण सहितको समाचार लोकान्तरमा प्रकाशित भएपछि एउटा गाडी भने विभागमा फिर्ता भएको देखिन्छ ।
हामीलाई मन्त्रालयले सूचना उपलब्ध गराउँदाको बखत मन्त्रीको निजी सचिवालयमा प्रयोग भइरहेको देखिएको बा२झ ९७० नम्बरको गाडी हाल विभागअन्तर्गतको डिजाइन तथा निर्माण शाखाले प्रयोग गरिरहेको विवरणमा उल्लेख छ । 'उक्त गाडी हालसालै फिर्ता भएर विभागमा आएको हो, डिजाइन तथा निर्माण शाखाले नै प्रयोग गरिरहेको छ,' प्रवक्ता मैनालीले भने ।
विभागका महानिर्देशक मणिराम गेलालले बा२झ३८४३, प्रवक्ता एवं उपमहानिर्देशक पदमकुमार मैनालीले बा२झ २९८४ र अर्का उपमहानिर्देशक द्वारिका श्रेष्ठले बा२झ २२६४ नम्बरको गाडी चढ्ने गरेका छन् ।
महानिर्देशक गेलालले चढ्ने गाडी आयोजनाबाट प्राप्त भएको देखिन्छ । सो गाडी र उपमहानिर्देशक श्रेष्ठले चढ्ने गाडीको मूल्य हामीलाई उपलब्ध गराएको विवरणमा उल्लेख छैन । प्रवक्ता समेत रहेका उपमहानिर्देशक मैनालीले चढ्ने गाडी भने ९६ लाख ९० हजारमा खरिद गरिएको हो ।
विभागको काम गाडी किनेर बाँड्ने हो ?
मन्त्रालयकै विभाग भएकाले मन्त्रालयमा विभागको गाडी प्रयोग हुने कुरा सामान्य रहेको प्रवक्ता मैनाली बताउँछन् । 'मन्त्रालय र विभाग एउटै हो,' प्रवक्ता मैनालीले भने- 'मन्त्रालयले गाडी किनर बस्दैन । विभाग योजना कार्यान्वयन गर्ने निकाय भएकाले यसले खरिद गरेका गाडी मन्त्रालयले पनि आवश्यकताअनुसार प्रयोग गर्ने हो ।'
गृहमन्त्रालय पठाइएको गाडीको सन्दर्भमा मैनालीले भने- 'गृहमन्त्रालयले मागेपछि उपलब्ध गराउनुपर्ने हुन्छ ।
अफिस आउन र फर्किन ६० लिटर इन्धन, काममा जाँदा अतिरिक्त !
विभागले चारपांग्रे सवारीको हकमा मासिक ६० लिटर इन्धन उपलब्ध गराउने गरिएको जनाएको छ । साइट आयोजनाका लागि आवश्यकता अनुसार थप इन्धन प्रदान गरिने विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
उक्त ६० लिटर इन्धन कार्यालय आउन र घर फर्किनका लागि मात्र भएको प्रवक्ता मैनालीले बताए । 'त्यो ६० लिटर इन्धन कार्यालय आउन र घर फर्किनका लागि हो,' मैनालीले भने- 'आयोजनाको काममा बाहिर जाँदा खल्तीबाट पैसा निकालेर इन्धन हाल्ने कुरा त हुँदैन । किलोमिटर अनुसार अतिरिक्त इन्धन विभागले उपलब्ध गराउँछ ।'
चार गाडी लिलाम गर्नुपर्ने !
विभागले ४ वटा गाडी लिलाम गर्नुपर्ने अवस्तामा रहेको जनाएको छ ।
हेर्नुहोस्, विभागमा रहेका चारपांग्रे सवारीको विवरण :
६६ वटा दुईपांग्रे, मासिक १० लिटर इन्धन
विभागको स्वामित्वमा ६६ वटा दुईपांग्रे सवारी साधन छन् । तिनका प्रयोगकर्ताले मासिक १० लिटर इन्धन विभागबाट पाउने गरेका छन् ।
हेर्नुहोस् शृंखलाका १६ भाग :
भाग- १६ : ‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !
भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग
भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !
भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !
भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !
भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ
भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा
भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !
भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !
भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी
भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?
भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !
भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !
भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !
भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !
भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...