×

NMB BANK
NIC ASIA

सेवासुविधामा मनपरी

सांसदको ‘लूट’ : २ पांग्रेमा गुड्ने, ४ पांग्रे गाडीको भाडा बुझ्ने !

जेठ २०, २०७६

NTC
Premier Steels

जनकपुरधाम – नेपाल संघीय समाजवादी पार्टीकी सांसद सावित्रीदेवी साहले प्रदेश सभाबाट प्रत्येक महिना गाडी भाडावापत ६० हजार रुपैयाँ मासिक बुझ्दै आइरहेकी छन् । 

Muktinath Bank

पार्टीको संसदीय दलको नेतासरह पाउने सुविधा अनुसार उनले गाडी भाडावापत रकम बुझ्ने गरेकी छिन् । ४ पांग्रे सवारीसाधन भाडामा लिएको भन्दै रकम बुझ्ने गरेकी छिन् तर ४ पांग्रे गाडीबाट उनी प्रदेशसभा आएको हालसम्म कहिल्यै देखिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका स्वकीय सचिव समेत रहेका उनका पति सीताराम साहले हाक्ने गरेको मोटरसाइकलमा सवार भएर प्रदेशसभा आउने गरेकी छिन् । ना२०प ७२३२ नम्बरको मोटरसाइकलमा चढेर पतिपत्नी प्रदेशसभा आउने–जाने गर्छन् ।


Advertisment
Nabil box
Kumari

मोटरसाइकलमा मात्र आउने–जाने गरेका सांसद साहका पति सीताराम साहले भने, ‘हुन त भारतीय नम्बर प्लेटको कार नै किनेको छु तर छोराले लगेका कारण उक्त गाडी नल्याएको हो ।’

Vianet communication

भारतमा रहेका आफ्ना साला प्रमोद साहको नाममा रहेको बीआर ०६ बीआर ४४५८ नम्बरको भारतीय गाडी किनिसकेको उनले बताए । ‘नेपाली नम्बर प्लेटको गाडी धेरै महंगो भएकाले किस्ता तिर्न पनि अप्ठ्यारो पर्ने हुँदा भारतीय नम्बर प्लेटको नै गाडी किनेका हौं,’ उनले भने ।

इन्धनका लागि मासिक २ सय २५ लिटर डिजल र १० लिटर मोबिल समेत उनले बुझ्दै आएको प्रदेशसभा सचिवालयको अभिलेख रहेको छ । पार्टीबाट उनी प्रदेश सभामा एक्ली सांसद हुन् ।

‘गाडी सुविधा पाउने माननीयज्यूहरूमध्ये कुन माननीयज्यूले गाडी किन्नुभयो वा भएन त्यसको भरपाई भने राख्ने गरिएको छैन,’ प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादव भन्छन्, ‘प्रदेश सभाले गाडी उहाँहरूलाई उपलब्ध गराएको भए अर्को कुरा हुन्थ्यो तर गाडी दिन नसकेपछि गाडी नै भाडामा लिएर चढ्नका लागि उक्त रुपैयाँ दिने गरिएको हो । माननीयज्यूहरू ठूलो मान्छे हो, हामीले केही भन्न पनि मिल्दैन ।’

साह पतिपत्नी
मोटरसाइकल प्रयोग गरेर गाडी भाडा लिने कुरा नैतिकताको कुरा भएको बताउँदै प्रदेशसभा सचिवालयका कर्मचारीले पदको मर्यादा कसरी राख्ने भन्ने कुरा सांसदले नै ख्इाल गर्नुपर्ने बताए । सांसद साह समानुपातिक सांसद हुन् । उनको पार्टीबाट कुनै पनि सांसद चुनाव जित्न सकेन तर समानुपातिकतर्फ एउटा सीट भने पाएको छ । पार्टीबाट एक्लै सांसद भएका कारण प्रदेश सभाले उनलाई संसदीय दलको नेताको सुविधा प्रदान गर्दै आएको छ ।

मासिक २ लाख ४५ हजार रुपैयाँ बुझ्दै 

सांसद साहले मासिक २ लाख ४५ हजार ७ सय ४० रुपैयाँ प्रदेश सभाबाट बुझ्दै आएकी छन् । दलको नेताले पाउने गरेको मासिक पारिश्रमिकवापत ५६ हजार ४ सय ९० रुपैयाँ, आवास सुविधावापत मासिक १८ हजार रुपैयाँ, गाडी भाडावापत ६० हजार रुपैयाँ मासिक पाउने गरेका छन् । त्यसका अतिरिक्त ३ हजार ३ सय रुपैयाँ फोनवापत, २ हजार २ सय रुपैयाँ निजी सचिवालय बन्दोबस्तवापत, २ हजार रुपैयाँ बिजुलीवापत, १० हजार रुपैयाँ अतिथि सत्कारवापत बुझ्दै आएकी छन् ।

निजी सचिवालयमा ‘बालिका’

उनले कर्मचारी सचिवालयवापत मासिक ७३ हजार ९ सय ५० रुपैयाँ बुझ्दै आएका छन् । कर्मचारी सचिवालयका लागि उनले आफ्ना पति सिताराम साह, कम्प्यूटर अपरेटरमा १७ वर्षीय निशाकुमारी महतो र अर्को कर्मचारीमा अजिताकुमारी साहलाई नियुक्त गरेका छन् । बालबालिकालाई कुनै पनि काममा लगाउन नपाइने अवस्थामा सांसद साहले सर्लाही कविलासी–७ की बिन्देश्वर महतोकी १७ वर्षीय छोरी निशाकुमारी महतोलाई कम्प्यूटर अपरेटरमा नियुक्त गरेको प्रदेशसभा सचिवालयको विवरणमा उल्लेख छ ।

गत २०७४ सालको माघ महिनादेखि नै सुविधा लिने गरेको भएपनि उनले पाएको संसदीय दलको कार्यालयमा कहिल्यै पनि कुनै निजी सचिवालयका अन्य कर्मचारी देखिएका छैनन् । 

बालिकालाई कर्मचारी सचिवालयमा किन राखेको भन्ने प्रश्नमा सांसद साहका पति सीताराम भन्छन्, ‘उमेरले के फरक पर्छ र ?’ प्रदेशसभा सचिवालयका सचिव यादवका अनुसार जागिर खानका लागि कम्तिमा पनि १८ वर्ष हुनैपर्छ । ‘यदि उहाँको सचिवालयका कर्मचारीले १७ वर्षको उमेरदेखि नै रकम बुझिरहेका छन् भने त्यो मिल्दैन, उपयुक्त पनि हुँदैन,’ प्रदेशसभा सचिवालयका सचिव यादवले भने । फर्निचरवापत ७० हजार रुपैयाँ समेत उनले एकमुष्ठ प्रदेश सभाबाट बुझिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x