फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
साउन ३, २०७६
काठमाडौं –राजधानीकोबल्खुस्थित तरकारी बजारभित्रै बिचौलियाको बिगबिगी रहेका पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुमगनका क्रममा बल्खु तरकारी बजारमै बिचौलियाहरूको बिगबिगी रहेको पाइएको हो ।
बल्खु तरकारी बजारकै एक पसलबाट तरकारी किनेर अर्को पसमा बिक्री गर्ने र त्यसमा पनि अत्यधिक नाफा लिने गरेको अनुमगनका क्रममा पाइएको छ ।
बल्खु तरकारी बजारका व्यवसायी गोविन्दमान श्रेष्ठ बजारभित्रै अर्को पसलबाट तरकारी खरिद गरी ३३ प्रतिशत भन्दा बढी नाफा राखेर बिक्री गरिरहेको अवस्थामा फेला परे ।
उनले बल्खु तरकारी बजारकै एक पसलबाट तरकारी खरिद गरेर अत्यधिक नाफा लिई बिक्री गर्दै आइरहेका थिए ।
शुक्रवार विभागले गरेको अनुगमनका क्रममा उनले प्रतिकिलो ८० रुपैयाँका दरले खरिद गरेको चिप्ले भिण्डी १ सय २० रुपैयाँका दरले बेचिरहेको पाइयो ।
उनले बजारभित्रै किनेको तरकारी कम्तिमा ३३ प्रतिशत नाफा राखेर बेचिरहेका थिए ।
बाहिरैबाट खरिद गरेर ल्याउने हो भनेपनि २० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने विभागका अधिकारीहरू बताउँछन् ।
अधिकारी सप्लायर्स नामक पसल सञ्चालन गरी बल्खुको तरकारी बजारभित्रै व्यापार गर्दै आएका उनले अनुगमन अधिकारीहरूले आवश्यक कागजात माग गर्दा समेत देखाउन सकेका थिएनन् ।
बल्खुभित्रै बिचौलियको काम गरेको र व्यवसाय दर्ता लगायतका आवश्यक प्रमाण पत्र देखाउन नसकेपछि श्रेष्ठलाई २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन अधिकारी पवनकुमार प्याकुरेलले जानकारी दिए ।
श्रेष्ठले उपभोक्ता संरक्षण ऐन २०७५ को खण्ड (घ) बमोजिम कसूर गरेको देखिएकाले उनलाई सोही ऐनको दफा ३९ अनुसार जरिबाना गरिएको प्याकुरेलले लोकान्तरलाई जानकारी दिए ।
उनलाई व्यवसाय दर्ताको सक्कली प्रमाण पत्र लिएर एक हप्ताभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिइएको छ ।
१९ व्यवसायीलाई जरिवाना
विभागले कालीमटी फलफूल तथा तरकारी बजार र बल्खु तरकारी बजारका गरी १९ व्यवसायीलाई जरिवाना गरेको छ ।
तरकारी खरिद–बिक्रीको बिलबिजक नराखेको र जथाभावी तरकारीको कारोवार गरेको भन्दै व्यवसायीहरूलाई कारवाही गरिएको विभागले जानकारी दिएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारोवारको बिलबिजक राख्नुपर्ने भएपनि तरकारी व्यवसायीले नराख्ने गरेको पाइएपछि सोही ऐन अनुसार कारवाही गरिएको विभागको भनाइ छ ।
त्यसरी जरिवाना गरिएका मध्ये बल्खुका ११ र कालीमाटीका ८ व्यवसायी छन् ।
विभागले बल्खुमा १० व्यवसायीलाई पाँच/ पाँच हजार रुपैयाँका दरले र एक व्यवसायीलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।
विभागका अनुसार कालिमाटी तरकारी बजारमा २ व्यवसायीलाई १०/१० हजार रुपैयाँका दरले र ६ व्यवसायीलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...