×

NMB BANK
NIC ASIA

कृषि मन्त्रालयको वार्षिक उपलब्धि– ५ किसिमका बालीको उत्पादन लक्ष्य अनुसार भएन

साउन १६, २०७६

NTC
Premier Steels

काठमाडौं– गत आर्थिक वर्ष २०७५÷०७६मा गहुँ, मकै, आलु र फलफुल उत्पादन लक्ष्य अनुसार हुन सकेको छैन । कृषि तथा पशुपञ्छि विकास मन्त्रालयले गत आर्थिक वर्षमा लिएको लक्ष्य अनुसार गहुँ, मकै, आलु र फलफुलको उत्पादन हुन नसकेको हो ।

Muktinath Bank

मन्त्रालयले गत आर्थिक वर्षमा गहुँको उत्पादन लक्ष्य भन्दा १ लाख ८२ हजार मेट्रिक टनले कम उत्पादन भएको हो । मन्त्रालयले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत २२ लाख १९ हजार मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, बिहीवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गहुँको उत्पादन २० लाख ३७ हजार मेट्रिक टन मात्रै हुन सकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सो आर्थिक वर्षमा मकैको उत्पादन लक्ष्य भन्दा ५२ हजार मेट्रिक टनले कम भएको छ । २६ लाख ९६ हजार मेट्रिक टन मकै उत्पादन गर्ने मन्त्रालयको लक्ष्य भएपनि २६ लाख ४४ हजार मेट्रिक टन मात्रै उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै आलुको उत्पादन ३० हजार मेट्रिक टन र फलफुलको उत्पादन ३ लाख २७ हजार मेट्रिक टनले लक्ष्य भन्दा कम उत्पादन भएको छ ।
आलुको उत्पादन ३२ लाख ५० हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य भएपनि ३२ लाख २० हजार मेट्रिक टन मात्रै उत्पादन हुन सकेको छ ।

Vianet communication

त्यस्तै फलफुलको उत्पादन १४ लाख ८० हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य भएपनि ११ लाख ५३ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । त्यस्तै दलहनको उत्पादन पनि लक्ष्य भन्दा ७५ हजार मेट्रिक टनले कम उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

सरकारले कृषिका लागि स्थानीय सरकारलाई जिम्मेवार बनाएर लैजानुपर्नेमा त्यस्तो नगरेका कारण उत्पादन लक्ष्य अनुसार नभएको कृषि विश्लेषकहरुले बताएका छन् । कृषि विश्लेषक सोमत घिमिरेले कृषि क्षेत्रका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर लैजान नसकेको र केन्द्रिकृत कार्यक्रम मात्रै गरेका कारण उत्पादन लक्ष्य अनुसार नभएको बताए ।

त्यस्तै सरकारले दिने अनुदान समेत वास्तविक किसानकहाँ नपुग्ने भएकाले सरकारी लक्ष्यमा धक्का लागेको उनको भनाई थियो । ‘स्थानीय सरकारलाई जिम्मेवार बनाएर लैजान सकेन । केन्द्रिकृत कार्यक्रमहरु मात्रै भए’ उनले भने, ‘पकेट क्षेत्रहरु पनि व्यवस्थित छैनन् र अनुदान पनि वास्तविक किसानले पाउँदैनन् । म आफैंले गरेको अध्ययनबाट ९२ प्रतिशत गैरकिसानले अनुदान लिने र ८ प्रतिशत मात्रै वास्तविक किसानले अनुदान पाउने गरेको भेटिएको थियो, ।’

समग्रमा सरकारी लक्ष्य हावादारी रहेका र लक्ष्य अनुसार सरकारको नीति, रणनीतिहरु नभएकाले उत्पादन लक्ष्य अनुसार नभएको घिमिरेको भनाई थियो । ‘लक्ष्य अनुसारको नीति चाहियो । रणनीति चाहियो । त्यही अनुसारका प्राविधिक कुराहरु चाहियो’ घिमिरेले भने, ‘हावा मात्रै होइन । यो त महाहावा छ, ।’

धान र तरकारी लक्ष्य भन्दा बढि उत्पादन

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा धान, तरकारी तेलहन र उखुको उत्पादन लक्ष्य भन्दा बढि भएको मन्त्रालयले जानकारी दिएको छ ।
तरकारी उत्पादनको लक्ष्य ४० लाख मेट्रिकटन रहेकोमा ४१ लाख ७५ हजार मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै तेलहन उत्पादनको लक्ष्य २ लाख ३६ हजार मेट्रिकटन भएकोमा २ लाख ५३ हजार मेट्रिकटन भएको छ । त्यसैगरी उखु उत्पादनको लक्ष्य ३४ लाख मेट्रिकटन रहेकोमा ३९ लाख ५० हजार मेट्रिकटन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।
कृषि विश्लेषक घिमिरेले उखुको उत्पादन कमर्सिलाइज हिसावले बढेको र त्यसरी बढेको उखुले नथेग्ने बताए ।

त्यस्तै मौसमले साथ दिएका कारण धानको उत्पादनमा वृद्धि भएपनि सरकारी कार्यक्रमले उत्पादन नबढेको उनले  बताए । ‘उखु चाँही कमर्सिलाइज हिसावले अलिकति बढेको छ । चिनी उद्योगीहरुसँगको लफडाले यो थेग्दैन । धान चाँही पानी परेर मौसमका कारणले बढ्छ कहिलेकाँही र नेपालीहरुले धानखेत चाँही अलि बाँझो पनि कम राख्छन्’ उनले भने, ‘धान चाँही सरकारी लक्ष्य अनुसार उत्पादन भएपनि स्वभाविक प्रयासले बढेको हो । सरकारी प्रयासले होइन । नेपालमा सरकारी प्रयासले काँहीपनि एउटा काउली पनि फल्दैन, ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x