×

NMB BANK
NIC ASIA

चाडबाडमा गरीबको भान्सा महंगो, मूल्यवृद्धिलाई सरकारी संरक्षण !

भदौ २२, २०७६

NTC
Premier Steels

काठमाडौं– सरकारले गत साउन २४ गते बजारबाट संकलन गरिएको दैनिक उपभोग्य वस्तुको मूल्य सार्वजनिक गर्‍यो । गत ३१ जेठअघि र त्यसपछि २१ साउनसम्मको दैनिक उपभोग्य वस्तुको मूल्य संकलन गरी सार्वजनिक गरिएअनुसार दैनिक उपभोग्य वस्तुको मूल्य २२ प्रतिशतसम्म वृद्धि भएको पाइयो ।

Muktinath Bank

उक्त अवधिमा स्टिम जिरा मसिनो चामलको मूल्य ६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको थियो । जेठ ३१ मा प्रतिकेजी ७५ रुपैयाँका दरले रहेको स्टिम जिरा मसिना चामल २१ साउनमा ८० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको पाइएको थियो । स्टिम जिरा मसिना चामलको मूल्य अहिलेपनि ८० रुपैयाँ प्रतिकेजीका दरले नै रहेको खुद्रा व्यापारीहरू बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेठ ३१ मा प्रतिकिलो ४५ रुपैयाँका दरले रहेको आटाको मूल्य २१ साउनमा ५५ रुपैयाँ पुगेको सरकारी तथ्याङ्कमा उल्लेख थियो ।


Advertisment
Nabil box
Kumari

सूजीको मूल्य ६० रुपैयाँ प्रतिकेजीबाट बढेर ६५ रुपैयाँ पुगेको थियो, यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । सरकारी तथ्याङ्क अनुसार सो अवधिमा अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको पाइएको थियो ।

Vianet communication

पछिल्लो समय पनि उस्तै मंहगी रहेको र यो अवधिमा बढेको मूल्य सरकारी विश्लेषणपछि नघटेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, ‘सरकारले नै मूल्यवृद्धि सार्वजनिक गरेको थियो, उक्त वृद्धि भएको मूल्य कायम नै छ, अब कसरी घट्छ?’ सरकारले मूल्यवृद्धिको विश्लेषण मात्रै गरेको तर मूल्य घटाउनतर्फ बजार हस्तक्षेप नगरेकाले मूल्यवृद्धि नियन्त्रण हुन नसकेको महर्जनको आरोप छ ।

मूल्यवृद्धिका कारण नेपालीहरूको महान चाडपर्व दशैं, तिहार, छठ लगायतमा उपभोक्ताले महंगीको मार खेप्ने उपभोक्ता अधिकारकर्मी महर्जन बताउँछन् ।

बढिसकेको मूल्य नघटेको सरकारले पनि जानकारी दिएको छ । जेठ अन्तिमदेखि साउन तेस्रो सातासम्मको अवधिमा वृद्धि भएको मूल्य नघटेको मूल्यवृद्धि विश्लेषण गर्दै सार्वजनिक गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । 

‘हामीले अहिले पनि मूल्य विश्लेषण गरेका छौं,’ उनले भने, ‘तरकारीबाहेक अन्य उपभोग्य वस्तुको मूल्य घटेको छैन ।’ 

चामल लगायतका वस्तुको मूल्य त्यति धेरै वृद्धि पनि नभएको र तरकारीको मात्रै मूल्य घटेको पछिल्लो विश्लेषणले देखाएको गौचनले बताए । तर पछिल्लो समय अनुगमन नरोकिएको र चाडपर्वमा उपभोक्तालाई कसरी राहत दिने भन्ने विषयमा छलफल भइरहेको गौचनको भनाइ छ ।

‘संसद्को उपभोक्ता (उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण) समितिमा पनि चाडपर्व लक्षित छलफल थियो,’ उनले भने, ‘चाडपर्वमा कसरी उपभोक्तालाई सहज पार्ने भन्ने विषयमा छलफल चलिरहेको छ । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएपनि दूधका उत्पादनको मूल्य नबढाउन हामीले प्रस्ताव गरेका छौं ।’

उपभोक्ताकै हितका लागि भन्दै सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । सुपथ मूल्य पसल सञ्चालनमा आएपछि उपभोक्तालाई राहत हुने र चर्को मूल्य तिर्न नपर्ने महानिर्देशक गौचनले बताए । 

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा दुग्ध विकास संस्थानमार्फत चाडपर्व लक्षित सुपथ मुल्य पसल सोमवारदेखि सञ्चालनमा ल्याउने भएको छ ।

मूल्यवृद्धिलाई सरकारी संरक्षण

दशैं, तिहार, छठजस्ता ठूला चाडबाड नजिकिँदै गर्दा सरकारले दूधको मूल्य समेत बढाएको छ । प्रतिलिटर ६ रुपैयाँका दरले बढाइएको दूधको मूल्य शनिवारदेखि लागू भएको छ ।

दूधको मूल्यवृद्धि भएसँगै बजारमा दूधबाट बन्ने अन्य उत्पादनहरूको मूल्य समेत वृद्धि हुने निश्चित भएको उपभोक्ता अधिकारकर्मी महर्जनले बताए । दूधका उत्पादनहरू दही, मोही, घिउ लगायतका दुग्ध वस्तुको मूल्यवृद्धि भसकेको र चाडपर्वका बेलामा बढी माग हुने पनिर, रसमलाई, आइसक्रिम, मिठाइ लगायतका दुग्धजन्य वस्तुको मूल्यवृद्धि हुने पनि निश्चित भएको महर्जनको दाबी थियो ।

‘सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पनि पहल गरेन । त्यसमाथि दूधको मूल्य पनि वृद्धि गर्‍यो, यसबाट सरकारले नै मूल्यवृद्धिलाई प्रश्रय दिएको पुष्टि हुन्छ,’ महर्जनले भने, ‘दूधको मूल्य बढेपछि दही, मोहीको मूल्य बढिसकेको छ, अन्य उत्पादनको मूल्यवृद्धि पनि हुने नै भयो ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गौचनले दूधको मूल्य बढाउने निर्णय माथिल्लो तहबाटै भएको भन्दै त्यसमा आफूले केही भन्न नमिल्ने बताए । ‘दूधको मूल्य बढाइदिएको छ,’ उनले भने, ‘चाडपर्वपछि बढाएको भएपनि हुन्थ्यो । त्यो माथिल्लो तहबाट भएको निर्णय भएकाले हामीलाई थाहा हुँदैन ।’

सुपथ मूल्य पसलमार्फत घिउ, पनिर लगायतका वस्तु गत वर्षकै मूल्यमा बिक्री गर्न डीडीसीलाई विभागले प्रस्ताव गरेको भन्दै मूल्यवृद्धिलाई सरकारी संरक्षण भन्न नमिल्ने महानिर्देशक गौचनको भनाइ थियो । 

उनका अनुसार विभागले डीडीसीसँग घिउमा प्रतिकिलो ५० रुपैयाँ छूट मागको प्रस्ताव गरेको छ । त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खसीबोकामा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ गरी चाडपर्वमा छूटको व्यवस्था मिलाउन प्रस्ताव गरिएको गौचनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x