×

NMB BANK
NIC ASIA

सुध्रिँदो मापदण्ड

नेपालमा चैतदेखि ‘युरो सिक्स’ मापदण्डको इन्धन: माइलेज र इञ्जिनको आयु बढ्ने, प्रदूषण घट्ने !

असोज १३, २०७६

NTC
Premier Steels

काठमाडौं–नेपालमा अब ‘युरो सिक्स’ मापदण्डको इन्धन प्रयोगमा ल्याइने भएको छ ।

Muktinath Bank

इन्धन आपूर्ति गर्दै आएको नेपाल आयल निगमले मार्च २० तारिख अर्थात् आगामी चैत ७ गतेदेखि ‘युरो सिक्स’ मापदण्डको इन्धन प्रचलनमा आउने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘युरो सिक्स’ मापदण्डको इन्धन प्रयोगमा आएपछि प्रदूषण कम हुने, इञ्जिनको आयु बढ्ने तथा माइलेज पनि बढी दिने नेपाल आयल निगमको दाबी छ । नेपालमा हाल ‘युरो फोर’ मापदण्डको इन्धन प्रयोग हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले २०२० मार्च २० तारिखदेखि ‘युरो–सिक्स’ मापदण्डको इन्धन कारोवार गरिने जानकारी दिए ।

Vianet communication

उनका अनुसार ‘युरो सिक्स’ मापदण्डको इन्धन वातावरणीय दृष्टिकोणले अत्यन्तै फाइदाजनक हुन्छ ।

‘मार्च २० पछि ‘युरो –सिक्स’ नै प्रयोगमा आउँछ,’ उनले लोकान्तरसँग भने, ‘युरो सिक्स’ इन्धन वातावरणमैत्री हो र यसले प्रदूषण उत्सर्जन कम गर्छ ।’

‘युरो– सिक्स’ मापदण्डको इन्धनमा सल्फरको मात्रा न्यून हुने भएकाले यसबाट चल्ने गाडीहरूले कम प्रदूषण उत्सर्जन गर्ने उनले बताए ।

यसमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ, जसले गर्दा प्रदूषण कम उत्सर्जन हुने निगमका अधिकारीहरू बताउँछन् । ‘युरो फोर’मा सल्फरको मात्रा ५० पीपीएम हुन्छ ।

‘युरो सिक्स’ मापदण्डको इन्धन प्रयोगमा आएपछि सवारी साधनको इञ्जिन चाँडै बिग्रिने सम्भावना कम हुने र माइलेज पनि बढ्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

‘युरो सिक्स मापदण्डको इन्धनले न्युन परिमाणमा धूवाँ उत्सर्जन गर्दा तुलनात्मक रूपमा प्रदूषण पनि कम हुन्छ,’ उनले भने, ‘सवारी साधनले माइलेज पनि 'युरो फोर'को भन्दा बढी दिन्छन्, ।’

उनका अनुसार ‘युरो सिक्स’ मापदण्डको इन्धन नेपालमा प्रयोगमा रहेका सबै किसिमका सवारी साधनमा प्रयोग गर्न मिल्छ । मोटरसाइकल, स्कूटर, बस, ट्रक, जीप, कार लगायतका सबै किसिमका सवारी साधनमा उक्त मापदण्डको इन्धन प्रयोग गर्न सकिन्छ । युरो सिक्स मापदण्डको इन्धनका लागि नेपालमा सञ्चालमा रहेको सवारी साधन र नेपाली सडक उपयुक्त रहेको निगमका अधिकारीहरू बताउँछन् ।

भारतको मथुराबाट करीब एक महिनाअघि ‘युरो सिक्स’ मापदण्डको इन्धन ल्याएर नेपालमा परीक्षण समेत भइसकेको कार्यकारी निर्देशक पौडेलले बताए ।

‘हामीले टेस्ट गरिसकेका छौं,’ पौडेलले भने, ‘हाम्रा यहाँका सवारी साधन र सडक त्यसका लागि उपयुक्त छन् ।’

नेपालमा सन् २०१७ अप्रिलदेखि ‘युरो फोर’ मापदण्डको इन्धन प्रचलनमा आएको हो । त्यसअघि ‘युरो थ्री’ मापदण्डको इन्धन नेपाली बजारमा चलनमा रहेको थियो । ‘युरो थ्री’ मापदण्डको इन्धनमा सल्फरको मात्रा ३५० पीपीएम हुन्छ ।

मूल्य केही बढ्ने 

इन्धनको गुणस्तर बढ्दा मूल्य पनि केही बढ्ने नेपाल आयल निगमले जनाएको छ । कति बढ्छ भन्ने कुरा भने अहिले नै भन्न नसकिने निगमका अधिकारीहरू बताउँछन् । 

‘आईओसीले नयाँ मूल्यसूची नपठाएसम्म कति बढ्छ भनेर भन्न सकिन्न,’ निगम प्रवक्ता गोइतले भने ।

भारतले गुणस्तर सुधार्दा नेपललाई पनि फाइदा !

नेपालको इन्धन बजार पूर्णरूपमा भारतमा निर्भर छ । भारतले जुन मापदण्डको इन्धन चल्तीमा ल्यायो नेपालले पनि त्यही मापदण्डको इन्धन प्रयोग गर्नुपर्ने अवस्था छ ।

भारतले पनि आगामी मार्च अन्तिमदेखि आफ्ना सबै शहरमा ‘युरो सिक्स’ मापदण्डको इन्धन प्रयोगमा ल्याउने भएको छ । अहिले भारतमा पनि ‘युरो– फोर’ मापदण्डकै इन्धन चल्तीमा छ । 

भारतले युरो फोरलाई ‘भारत स्टेज फोर’ 'युरो सिक्स'लाई ‘भारत स्टेज सिक्स’ भनेर परिभाषित गर्दै आएको छ ।

भारतमा ‘युरो– फोर’ मापदण्डको इन्धन पूर्ण रूपमा २०१७ देखि नै चलनमा आएको हो । भारतका केही शहरमा भने युरो फोर २०१० देखि नै चल्तीमा थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x