×

NMB BANK
NIC ASIA

लोकान्तर सम्पादकीय

झण्डा हल्लाउनमै सीमित नहोस् नयाँ मन्त्रीको काम

मंसिर ६, २०७६

NTC
Premier Steels

गठनको २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन गरेका छन् । औपचारिक रुपमा केही नभनिएपनि कार्यक्षमता कमजोर देखिएको भन्दै ६ जना मन्त्री र ३ राज्यमन्त्री फेरिएका छन् तर हटाइएका मन्त्रीले आफूलाई किन हटाइयो भन्ने जानकारी नपाएको बताएका छन् । 

Muktinath Bank

प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीको हेरफेर प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो तर राम्रो काम गरिरहेका मन्त्रीलाई हटाउने र कार्यक्षमता कमजोर देखिएका मन्त्रीलाई राखिराख्नु उपयुक्त मानिँदैन । हटाइएका केही मन्त्री र बहालवाला केही मन्त्रीबारे सामाजिक सञ्जालमा प्रश्न गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको २१ महिना पूरा भएको छ अर्थात् प्रतिनिधि सभाको कार्यकालको एकतिहाइ समय गुज्रिएको छ । गठन भएको २१ महिनामा पनि सरकारले अपेक्षित गति लिन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

प्रमुख प्रतिपक्षी दल कांग्रेसले २१ महिनामा सरकारका २१ गल्ती औंल्याएको छ । प्रधानमन्त्री र मन्त्रीले सरकारको कामको जतिसुकै बखान गरेपनि जनताले त्यसको अनुभूति गरेका छैनन् । सार्वजनिक सेवा प्रवाहमा बेथिति बढेको बढ्यै छ । केही महिनामै काठमाडौंलाई धुलोमुक्त बनाउने सरकारी घोषणा मजाक भएको छ । 

Vianet communication

सरकारको कामलाई लिएर जनतामा निराशा बढेको समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् र आफ्नै सचिवालयमा आशिंक फेरबदर गरेर नयाँ संकेतको शुरूवात गरेका छन् । मन्त्रिपरिषद् फेरबदल पनि सरकारका कामलाई गति दिनको लागि भनेर भनिएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को महत्त्वकांक्षी नारा बोेकेपनि सरकारका मन्त्रीको कार्यशैली लोकेन्द्रबहादुर चन्दको पालाको भन्दा फरक छैन ।

सरकारप्रति आमजनताको अपेक्षा बढेको समयमा नवनियुक्त मन्त्रीले जनतालाई परिवर्तनको अनुभूति दिने गरी काम गरुन् । मन्त्रीको काम झण्डा हल्लाउँदै सिंहदरबार–पुल्चोकको सडक जाम गर्ने मात्र नहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x