पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बस्दै आएको मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा–राजपाबीच बुधवार भएको सहमतिले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ ।
२ बुँदे सहमतिको एउटा बुँदामा राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ का चारवटै सीटमा भागबण्डा गर्ने उल्लेख छ । अर्को बुँदा अलि अमूर्त छ– ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमितरूपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने ।’ राष्ट्रिय राजनीतिमा त अन्य राजनीतिक दलले पनि सहकार्य गरिरहेकै छन्, यसलाई सहमतिको बुँदामा उल्लेख गरिनुले पनि नयाँ धु्रवीकरणको संकेत गरेको हो ।
राष्ट्रियस्वरूप ग्रहण गर्दै गरेको मूलतः मधेशकेन्द्रित समाजवादी पार्टी अहिले सरकारमा सहभागी छ । सत्ता साझेदार दलसँग सहमति नगरी संविधान संशोधनको मुद्दालाई लिएर पटक–पटक संसद् अवरुद्ध गरेको प्रतिपक्षी दलसँग सहकार्यको सहमतिले राष्ट्रिय राजनीतिमा आगामी दिनमा केही प्रभाव पर्ने ठानिएको छ ।
बुधवारको सहमतिसँगै सरकारमा रहिरहेको समाजवादी पार्टीमाथि नैतिक संकट थपिएको छ ।
कतिपयले पछिल्लो सहमतिपछि राजपा सरकारमा सहभागी हुनसक्ने संकेत गरेका छन् । नेकपा–राजपा सहमतिको 'साइड इफेक्ट' प्रदेश नम्बर २ को सरकारमा पनि पर्न सक्छ ।
अहिले प्रदेश २ मा राजपाको सहभागिता र समर्थनमा समाजवादी पार्टीका मुख्यमन्त्री छन् । प्रदेश नम्बर २ को सरकार र केन्द्र सरकारबीच बेलाबखत विवाद उत्पन्न हुने गरेका छन् ।
प्रदेश सरकारले क्षेत्राधिकारको विषयलाई लिएर केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ ।
संघीयता कार्यान्वयनको चरणमै रहेको समयमा केन्द्र सरकारसँग खटपट गरिरहेको विषय नेकपाको नेतृत्व र सिंहदरबारले मन पराएको छैन ।
मुख्यमन्त्री लालबावु राउतले केन्द्र सरकारविरुद्ध बेलाबखत आगो ओकल्ने गरेका छन् ।
बुधवारको सहमतिपछि प्रदेश २ मा भविष्यमा राजपा र नेकपाको सरकार बन्ने सम्भावनालाई समेत नकार्न सकिँदैन ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...