बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार छान्न नसक्दा प्रतिनिधि सभाको बैठक लामो समयदेखि सूचना टाँसेर स्थगित भएको छ ।
विधेयक अधिवेशनको रूपमा चिनिने हिउँदे अधिवेशनको दोस्रो बैठक नै सूचना टाँसेर स्थगित भएको थियो ।
पुस ४ गते शुरू भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको दोस्रो बैठक नै सूचनामार्फत स्थगित गरियो । पुस २७ गतेका लागि बोलाइएको संसद् बैठक बस्ने सुनिश्चितता समेत अझै भएको छैन ।
प्रतिनिधि सभाले आफ्नो सभामुख छान्न नसकेको कुरा राष्ट्रिय सभामा समेत चर्चाको विषय बनेको छ ।
प्रमुख प्रतिपक्षी दलका सांसदले प्रतिनिधि सभालाई सभामुख निर्वाचनको प्रक्रिया शुरू नगरेर संसदीय सर्वोच्चताको अवमूल्यन गरेको, संसद्को मानहानी गरेको आरोप समेत लगाएका छन् ।
बिहीवार राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद् जितेन्द्र नारायण देवले सभामुख चयन प्रक्रिया रोकेर संसद्को मानहानी भइरहेको र संसदीय लोकतन्त्रको प्रतिष्ठा एवं अधिकारको अवमूल्यन भइरहेको विषय अदलतमा जान सक्ने चेतावनी दिएका थिए ।
जनताका प्रतिनिधिको सर्वोच्च थलो प्रतिनिधि सभा बैठक लामो समयदेखि अवरुद्ध रहँदा जनप्रतिनिधिले जनताका आवाज बोल्न पाएका छैनन् ।
महंगी, भ्रष्टाचार र कालोबजारी तथा देशको सीमा मिचिएको विषयमा सांसदहरूले आफ्नो धारणा संसद्मा राख्न पाएका छैनन् । सीमाको रक्षाबारे संसद्मा दर्ता भएको संकल्प प्रस्तावमा छलफल हुन सकेको छैन ।
सामान्यतया पुसको दोस्रो साता बोलाइने हिउँदे अधिवेशन सभामुख निर्वाचनका लागि भन्दै केही छिटो अर्थात् पुस ४ गते नै बोलाइएको थियो, तर २३ दिन संसद् बिजनेसविहीन भयो ।
संसद्मा केही नयाँ र केही पुराना विधेयक विचाराधीन छन् । लामो समय संसद् कामकाजविहीन बन्ने र हतार–हतारमा कानून पारित गर्ने गलत परम्परा यसपटक पनि दोहोरिने संकेत देखिँदैछ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दलले नै संसद् अवरुद्ध गरिरहेको आरोप लगाएको छ । सत्तारुढ दलले उम्मेदवार छान्न नसकेर संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउनु शोभनीय विषय होइन ।
संसद्को गतिरोधलाई अन्त्य गरेर सभामुख निर्वाचन गर्ने कामलाई विलम्ब नगरौं । संसद्को बैठकलाई यति हल्का ढंगले स्थगित गरेर संसदीय गरिमाको हुर्मत लिने काम बन्द गरौं ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...